माओवादीको रणनीति
२१ वैशाख २०६७
•
९ मिनेट पाठ
माओवादीको रणनीति
प्रजातन्त्र पुनःस्थापनाका लागि आन्दोलनरत सात राजनीतिक दल र नेकपा (माओवादी) बीचको १२ बुँदे समझदारीपछि नेपालको शान्ति प्रक्रियाको थालनी भएको हो। यही समझदारीलाई आधारविन्दु मानेर भएको जनआन्दोलनबाट लोकतन्त्रको स्थापना भएको हो।

लोकतन्त्रको स्थापनापछि सरकार र माओवादीबीच भएको विस्तृत शान्ति सम्झौताले नेपाली राजनीतिलाई अग्रगामी निकास दिने विश्वास गरिएको थियो। यिनै सहमती र सम्झौताका आधारमा देशमा संविधान सभाको निर्वाचन भयो। तर, संविधानको प्रावधानअनुसार तोकिएको संविधान सभाको समयावधि बित्न लाग्दासमेत देशमा न संविधानको निर्माण हुन सक्यो, न जनअपेक्षअनुसार शान्ति नै स्थापना हुन सक्यो। यसबाट विगतका ती सहमति र सम्झौता साँच्चै शान्ति स्थापनाका लागि थिए वा सत्ता प्राप्तिका रणनीति मात्रै थिए भन्ने प्रश्न अहिले उत्पन्न भएको छ।

अचेल 'शान्ति प्रक्रियाको तार्किक निष्कर्ष' र 'जनचाहनाअनुसारको संविधान' निर्माण भन्ने शब्द बढी नै चल्तीमा छन्। शान्ति प्रक्रियाको तार्किक निष्कर्ष र जनचाहनाअनसारको संविधान निर्माण भनेको के हो? के गर्दा नेपालमा शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा लैजान सकिन्छ? यसको चित्त बुझ्दो उत्तर कसैले दिएका छैनन्। जनभावनाअनुसारको संविधान कस्तो हो? के गर्दा शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुर्‍याउन सकिन्छ भन्ने विषयमै राजनीतिक दलहरूबीच एकमत छैन। अहिलेको समस्याको मूल जड यही हो।

माओवादीले विगतका सम्झौता कार्यन्वयन गरेमात्रै दलहरूबीच विश्वासको वातावरण बन्छ। त्यसका लागि छलफलको थाली १२ बुँदे समझदारी र विस्तृत शान्ति सम्झौताबाट हुनुपर्छ। अनिमात्र शान्ति प्रक्रिया सुल्टो बाटामा हिँड्छ। संविधान शान्ति प्रक्रियाकै एउटा अंग हो। साथै लडाकुको व्यवस्थापन, विस्थापितको पुनःस्थापना, कब्जा गरिएको सम्पत्ति फिर्ता र वाईसीएलको अर्ध सैनिक संरचनाको विघटन शान्ति प्रक्रियाका अभिन्न अंगमात्रै नभई पूर्वसर्त पनि हुन्। यी प्रतिबद्धता पूरा नगर्दासम्म संविधान निर्माण हुनै सक्तैन। यी विषयमा गरिएका प्रतिबद्धता पूरा गरेर संवाद सुरु गरिएमा मात्र शान्ति प्रक्रिया सुल्टो हुनेछ।

अहिले २२ दल एकातिर र माओवादी अर्कोतिर भएका छन्। त्यसैले २२ दलका प्रतिनिधिले माओवादीसँग वार्ता गर्दा माओवादी यी प्रतिबद्धता पूरा गर्न तयार छ? भनेर पहिले सोध्नुपर्ने हुन्छ। सहमति र शान्ति प्रक्रिया माओवादीका लागि सत्ता हत्याउने रणनीति होइन भने यी प्रतिबद्धता पूरा गरेर दलहरूबीच विश्वासको वातावरण बनाउन अप्ठेरो नहुनु पर्ने हो। सहमति र शान्ति प्रक्रिया माओवादीको सत्ता कब्जा गर्ने रणनीति मात्रै हो भने वार्तामा त्यहीँबाट अवरोध उत्पन्न हुन्छ।

संविधानको निर्माण पनि शान्ति प्रक्रियाकै अभिन्न अंग हो। संविधान कुनै एउटा दलले अझ माओवादीले चाहेन भने बन्नै सत्तै्कन। तीन दलबीच वार्तामा बस्नुअघि संविधानमा सहमति हुन सक्ने र नसक्ने विषयमा स्पष्ट हुनुपर्छ। माओवादीले भनेको जनसंविधान कस्तो हो? त्यसबारेमा पनि स्पष्ट हुनु जरुरी छ। सैद्धान्तिक सबालमै सहमति नभए वार्तामा बसेर समय खेर फाल्नु बुद्धिमानी हुँदैन। माओवादी बहुलवादमा आधारित बहुदलीय व्यवस्थामा विश्वास गर्छ कि गर्दैन? लोकतन्त्रका विश्वव्यापी मान्यताप्रति माओवादीको धारणा के हो? संविधानमा बहुलवाद भन्ने शब्दै राख्न नमान्ने हो भने माओवादीसँग वार्ता गर्नुको कुनै औचित्य देखिँदैन। त्यस्तो अवस्था आउने नै हो भने माओवादी र लोकतन्त्रवादी दलहरूबीच कित्ताकाट गर्ने समय आयो।

माओवादी र सरकारलाई समर्थन गर्ने दलहरूबीच मौलिक भिन्नता छन्। त्यही कारण वर्तमान परिस्थिति सिर्जना भएको हो। अहिले देशको प्राथमिकता संविधानको निर्माण हो। तर अझसम्म संविधानका मौलिक चरित्रका बारेमा समेत माओवादी र अन्य दलबीच सहमति हुन सकेको छैन। माओवादीले सहमतीय पद्धतिमा गएर आफ्नो नेतृत्वमा सरकार गठन गर्ने र त्यसलाई बहुमतले पनि हटाउन नपाउने व्यवस्था संविधानमा राख्नुपर्ने माग राख्न थालेको छ। संविधान सभामा ठूलो दल भएकाले अरू दलले माओवादीले भनेकोभन्दा दायाँबायाँ गर्न नपाएने कस्तो लोकतन्त्रको हो माओवादीको?

नेपालका दलहरू आआफ्नै राजनीतिक सिद्धान्तमा विश्वास गर्छन्। माओवादीको उग्रवामपन्थी विचार र विश्वासका कारण उनीहरूप्रति अहिलेसम्म अरूको विश्वास र भरोसा हुन नसकेको हो।

माओवादीलाई सरकारको नेतृत्व दिएरमात्रै नभई सहमतिबिना हटाउन नपाइने प्रावधान पनि संविधानमा राख्नुपर्ने माग राख्न थालेका छन् । यो प्रावधान संविधानमा राख्न सके निर्वाचनै नगरी माओवादीले २०औं वर्ष शासन गर्ने दाउमा छन्। यो विषयमा अन्य राजनीतिक दलका लागि मान्य भएन। अहिलेको माओवादीसँगको समस्याको चुरो यही हो।

बहुलवादमा आधारित बहुदलीय व्यवस्था अहिलेको अभीष्ट हो। त्यहीँबाट वार्ता प्रारम्भ गर्नुपर्छ। सरकार त अहिले गौण विषय हो। जेठ १४ गतेवाट अहिलेको जनादेश समाप्त हुन्छ। जनादेश समाप्त भएको संविधान सभाले संविधान सशोधन गरेर प्रविधिक किसिमबाट म्याद थपेर नैतिकरूपमा जनादेशको म्याद थपिँदैन। जेठ १४ गतेपछि सबै दलको हैसियत बराबर हुन्छ।

 

जहाँसम्म सहमतीय पद्धतिको सबाल छ, त्यो जनआन्दोलनपछिको संक्रमणकालीन अवस्थामा अवलम्बन गरिएको पद्धति हो। बहुमतले निर्णय गर्न नपाउने पद्धति बहुलवादमा आधारित बहुदलीय व्यवस्थामा विश्वास गर्नेका लागि मान्य हुँदैन। समयसमयमा विशेष विषयमा सहमति गर्न सकिन्छ। तर, सधैँ सहमति शासनकै पद्धति भने बन्न सत्तै्कन। त्यसैले अब विगतको गल्ती दोहोर्‍याउनु हुँदैन।
अर्को समाचार
जातीय मोर्चामा नयाँ रणनीति ल्याउन पार्टी नेतृत्वलाई सुझाव
०२ भदौ २०६९
•
३ मिनेट पाठ
जातीय मोर्चामा नयाँ रणनीति ल्याउन पार्टी नेतृत्वलाई सुझाव
इटहरी, भदौ २ (नागरिक) - नेकपा-माओवादीको सुनसरी-मोरङ्का अगुवा कार्यकर्ताले जातीय मोर्चालाई सक्रिय बनाउँन नयाँ रणनीति तय गर्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन्। यदि नयाँ रणनीति नल्याएमा पार्टी कमजोर हुने जातीय मोर्चामा आबद्ध अगुवा कार्यकर्ताले बताएका छन्।

आज इटहरीमा भएको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा एकीकृत माओवादीका जातीय नेता-कार्यकर्तालाई आफ्नो पक्षमा पार्ने रणनीति ल्याएर योजना ल्याउँनुपर्ने बताए। भेलामा एकीकृत माओवादीले पछिल्लो समयमा ल्याएको रणनीतिलाई चिर्ने ढंगले योजना ल्याउँनुपर्ने सुझाव दिइयो।

जातीय मोर्चा मौलाउँनु भनेको पार्टी मजबुद हुनु हो। जातीय मोर्चाका नेताको सही मूल्याङकन गरिएन भने त्यस्ता नेता मोर्चाबाट राजनीति गर्न हिचकिचाउँने गरेका छन,' माओवादीका मोरङ् जिल्ला इन्चार्ज लालबहादुर सुसलिङ् मगरले भने, 'पार्टी फुटपछि एकीकृत माओवादीले पनि जातीय मोर्चालाई सक्रिय बनाउँन खटेको छ। विगतमा पार्टीभित्र भएका गलत कार्यलाई उजागार गरी आफ्नो पक्षमा कार्यकर्ता पार्न अब लाग्नुपर्छ।'

उनले अब विभिन्न जातीय मोर्चासँगै आदिवासी पनि प्रशिक्षण दिएर आफ्नो समुहको पकड बलियो पानुपर्ने र त्यसका लागि पार्टीबाट जातीय र आदिवासी नेताको अपेक्षा पुरा हुनुपर्ने बताए।

प्रशिक्षण कार्यक्रममा विभिन्न जातीय मोर्चामा आबद्ध कार्यकर्तालाई प्रशिक्षण दिन आएका सचिव देव गुरुङ्ले सहभागी नेता-कार्यकर्ताको सुझावपछि जातीय मोर्चामा राजनीति गर्नेको उचित मूल्याङ्कन गरिने हुदाँ बिना हिचकिचावट काम गर्न आग्रह गरे। उनले अधिकांस समय एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईको विरोध गर्न खर्चेका थिए। दाहाल र भट्टराई संघीयता पक्षधर होइनन,' उनले भने, 'प्रचण्ड, बाबुराम, काँग्रेस र एमालेबीच नमिल्दा संविधानसभा विघटन भो।' अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा दुई जिल्लाका दुई सयको हाराहारीमा कार्यकर्ता सहभागी थिए।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस