काठमाडौं, जेठ ७ (नागरिक)- हालसम्म भएको आन्दोलनको समीक्षा गर्दै संविधान सभाको म्याद थप लगायतका विषयमा पार्टीको भावी रणनीति तय गर्न एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको बैठक आज बस्दैछ। संविधान सभाको अवधि सकिन एक सातामात्र बाँकी रहेको बेला संविधान सभाको सबभन्दा ठूलो दल माओवादीले कस्तो निर्णय गर्नेछ भन्ने चासो बढेको छ।
संविधानसभाको म्याद थप्ने या नथप्ने बारे माओवादीले यो बैठकबाट ठोस निर्णय गर्ने बताइएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठक शनिबारसम्म लम्बिनसक्ने बताइएको छ। बैठकमा सहभागी हुन आआफ्नो क्षेत्रमा रहेका सबै केन्द्रीय सदस्यहरु बिहीबार साँझ काठमाडौं आइसकेका छन् ।
बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमाथि छलफल सकेर भावी रणनीति तय गर्नेछ । धुलिखेलको रिसोर्टमा एक रात बसेका दाहालले राजनीतिक प्रतिवेदन तयार पारेका हुन्। बुधबार दिउँसो धुलिखेल पुगेका दाहाल बिहीबार दिउँसो काठमाडौं फर्केका थिए।