माधव ढुङ्गेल, काठमाडौं, असोज १८ - एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई राष्ट्रिय सरकारको नेतृत्व दिन विपक्षी दलहरु तयार भए प्रधानमन्त्री बाबुराम भट्टराईले निकासका लागि राजीनामा दिने रणनीति पार्टीले अघि सारेको छ। कांग्रेस-एमालेदेखि आफैंबाट फुटेको नेकपा-माओवादीले भट्टराईको पद त्यागलाई सहमतिको पहिलो सर्त बनाएपछि माओवादीले यस्तो विकल्प अघि सारेको हो।
यस विषयमा दाहाल र भट्टराईबीच समझदारी बनिसकेको जनाइएको छ।
एमाले-कांग्रेसले उम्मेदवार नतोकी 'कांग्रेसलाई प्रधानमन्त्री' भनेर दाबी गरिरहेको प्रति एकीकृत माओवादी स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले नागरिकसँग भने, 'हिजो गिरिजाप्रसाद कोइरालाको नेतृत्व सबैलाई स्वीकार्य थियो, अहिले माओवादी अध्यक्ष प्रचण्डजी सर्वस्वीकृत व्यक्ति हुन सक्नुहुन्छ।'
राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने हुनाले कुन पार्टीको भन्दा पनि सर्वस्विकार्य व्यक्ति हुनुपर्ने माओवादीको तर्क छ। शान्ति प्रक्रियाका हस्ताक्षरकर्ता कांग्रेस सभापति कोइराला विगतमा सर्वस्वीकार्य भएझँै अहिले त्यसका अर्का हस्ताक्षरकर्ता दाहाल राष्ट्रिय सहमतिका उपयुक्त पात्र हुने माओवादी धारणा छ।
एकीकृत माओवादीको पहिलो प्राथमिकता भने बाबुराम भट्टराईकै नेतृत्वमा राष्ट्रिय सरकार बन्नुपर्नेमै छ। 'बाबुरामजी संविधानसभाबाट चुनिएको प्रधानमन्त्री हुनुहुन्छ, उहाँकै नेतृत्वमा अरु दलका मन्त्रीहरू थपेर राष्ट्रिय स्वरुप दिई चुनावमा जानु राम्रो विकल्प हो', पोखरेलले भने, 'नयाँ सरकार बनाउने सहमति गर्ने हो भने एकीकृत माओवादीकै अध्यक्ष सर्वस्वीकृत व्यक्ति हुन सक्नुहुन्छ।' त्यो विकल्प पनि नस्विकारे स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार बनाएर अघि बढ्न आफ्नो दल तयार रहेको पनि उनले बताए।
राजनीतिक दलहरूबीच नयाँ सहमति नभएसम्म चुनावअघि भट्टराईले नछाड्ने सो पार्टीको 'बटम लाइन' हो। पोखरेलले भने, 'भट्टराईको नेतृत्व दुई परिस्थितिमा मात्र फेरिनसक्छ- नयाँ चुनाव भएपछि वा राजनीतिक सहमति भएपछि।'
कांग्रेसले दाबी गरिरहेको सत्ताको नेतृत्व बृहत् शान्ति सम्झौताको भावनाअनुसार पनि नमिल्ने माओवादी तर्क छ। जेठ १४ भित्र संविधान जारी गर्न नसकेपछि सर्वोच्च अदालतको फैसलाअनुसार संविधानसभा विघटन भएपछि अहिलेको सरकार 'चुनावी सरकार' मा परिणत भएको पनि एकीकृत माओवादी दाबी छ।
नयाँ संविधानसभा चुनावमा जाने सहमति गरिसकेका प्रमुख दलहरूबीच संवैधानिक जटिलता कसरी हटाउने भन्नेबारे भने गम्भीर असहमति छ।
एकीकृत माओवादी तीनवटा अवस्थामा सहमति भएमात्र प्रधानमन्त्री फेर्न तयार हुने देखिएको छ। 'संविधानका अन्तर्वस्तुमा सहमति गरेर सरकार फेर्ने हो भने कांग्रेसलाई नै नेतृत्व दिन पनि सकिन्छ', पार्टीको धारणा पोखरेलले बताए, 'संविधानमा सहमति नहुँदा बृहत् शान्ति सम्झौताअनुसार पनि कांग्रेसलाई दिन मिल्दैन।' कांग्रेसबाटै निर्वाचित राष्ट्रपति भएकाले नयाँ संविधानका अन्तर्वस्तुमा सहमति नगरी उसैलाई प्रधानमन्त्री पनि दिन नसकिने माओवादीको तर्क छ। यसबारे माओवादी अध्यक्ष दाहाल स्वयंले सार्वजनिक रूपमा अभिव्यक्ति दिइसकेका छन्।
दलहरूले संविधानसभाको दोस्रो चुनाव गर्ने साझा धारणा बनाए पनि मंगलबारको सर्वदलीय बैठकमा पनि संविधान संशोधनका लागि पनि पुनर्स्थापनाकै विकल्प रोज्नुपर्ने तर्क जोडदार रूपमा आएको छ। विघटित संविधानसभाले चार वर्ष गरेका कामको स्वामित्व परिवर्तनका पक्षधरहरूले नै लिनुपर्ने बताउँदै पोखरेलले भने, 'संघीयता र गणतन्त्रविरोधीहरूले लाभ लिन नसकून् भनेर ख्याल गर्नुपर्छ, त्यसबाट जोगाउने सर्वोत्तम उपाय संविधानसभा पुनर्स्थापना हो।'
संविधानका अन्तर्वस्तुमा सहमति नगरी कांग्रेसलाई प्रधानमन्त्री दिनै नसकिने पनि उनले बताए।
संविधानका विवादित विषयमा सैद्धान्तिक सहमति नगरी नयाँ चुनावमा जाने सहमति हुन नसक्ने र संविधान संशोधन गर्नका लागि संविधानसभा पुनर्स्थापना गर्नै पर्ने मत सशक्त रूपमा उठेको छ। एकीकृत माओवादी अध्यक्ष दाहालले पनि आफ्नो प्राथमिकता पुनर्स्थापना भएको बताउँदै यो नै छिटो संविधान पाउने उपाय भएको बताउँदै आएका छन्।