दाङ - हिजोदेखि दाङमा जारी नेकपा-माओवादीको केन्द्रीय कमिटी बैठक चुनाव बहिस्कारको रणनीति तय गर्दै आज सकिँदै छ। एकदिनका लागि मात्रै तय गरीएको बैठकमा हिजो अबेरसम्म पनि छलफल नसकिएपछि बैठक लम्बिएको माओवादी नेताहरुले बताएका छन्।चुनाव बहिस्कारको कार्यक्रमलाई कसरी अघि बढाउने भन्ने विषयमा रणनीति तय गर्दै माओवादी बैठक आज सकिने एक नेताले बताए। हिजोको बैठकमा पार्टी अध्यक्ष मोहन वैद्य,उपाध्यक्ष सिपी गजुरेल, महासचिव रामवहादुर थापा र सचिव नेत्रविक्रम चन्दले पार्टीको आगामी कार्यदिशा र चुनाव वहिस्कारको रणनीतिका बिषयमा केन्द्रीय सदस्यहरुलाई ब्रिफिङ गरेका थिए।
यसैगरी बैठकमा सहभागी पश्चिमका ६ राज्य समितिका केन्द्रीय सदस्यहरुले आ-आफ्नो क्षेत्रमा भैरहेका चुनावी चहलपहल र आफ्नो पार्टीका तर्फबाट भइरहेको बहिस्कारको कार्यक्रमबारे रिपोर्टिङ गरेका थिए। माओवादी स्रोतका अनुसार बैठकले हिंसात्मक नभइ शान्तिपूर्ण तवरबाट चुनाव बहिस्कारको कार्यक्रम बनाउने छ। बैठक आज पनि दाङको लमहीमा बिहानैदेखि चलिरहेको छ।