न्यूनतम भाडा १३ रुपैयाँ
२३ भदौ २०७२
•
६ मिनेट पाठ
न्यूनतम भाडा १३ रुपैयाँ
काठमाडौं- उपत्यकामा सार्वजनिक सवारी साधनको न्यूनतम भाडा १३ रुपैयाँ कायम भएको छ। योभन्दा बढी लिनेलाई कारबाही हुन्छ। बुधबार सरकारले यातायात व्यवसायीसँग ६ बुँदे सहमति गर्दै उपत्यकाको न्यूनतम भाडा १३ रुपैयाँ कायम गरेको हो। सरकारले न्यूनतम भाडा दर कायम गर्न प्रभावकारी अनुगमन गर्ने जनाएको छ।यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले गत माघमा कायम भएको १३ रुपैयाँ ७२ पैसालाई आधार मानेर २.२२ प्रतिशत घटाउँदा १२.७१ पैसा हुने तर १ रुपैयाँभन्दा घटीको लेनदेन सम्भव नहुने हुँदा १३ रुपैयाँ भाडा कायम भएको बताए।

'उपत्यकामा सार्वजनिक सवारी साधनको न्यूनतम भाडा १३ रुपैयाँ कायम भएको छ,' श्रेष्ठले भने, 'यसलाई प्रभावकारी कार्यान्वयन गर्ने सहमति समेत भएको छ।' बुधबार विभाग, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र उपभोक्तावादीबीचको बैठकमा यस्तो सहमति भएको हो।

यसअघि न्यूनतम भाडा १३ रुपैयाँ भनिए सवारी साधनले १५ रुपैयाँ लिन्थे। यसपटकको सहमति अक्षरशः कार्यान्वयन हुने विभाग र व्यवसायीले बताएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सहमति भएको भाडालाई प्रभावकारी कार्यान्वयन गर्ने बताए। 'हामी जसरी पनि न्यूनतम भाडा कार्यान्वयन गराउँछौं,' सिटौलाले भने, 'प्रभावकारी अनुगमन गरेर सहमति उल्लंघन गर्नेलाई कडा कारबाही गरिनेछ।'

व्यवसायीका अनुसार अब काठमाडौं उपत्यकाको भाडा न्यूनतम १३ रुपैयाँदेखि २४ रुपैयाँसम्म हुनेछ। ४ किलोमिटरसम्मको १३ रुपैयाँ, १० किलोमिटरसम्मको १८ रुपैयाँ र त्यसभन्दा माथि यात्रा गरे २४ रुपैयाँ तिर्नुपर्ने सिटौलाले बताए।

उपत्यका बाहिर लामो दुरीमा चल्ने सार्वजनिक सवारी साधनको भाडा पनि २.२२ प्रतिशतले घटाइएको छ। पाँच सय रुपैयाँ लिइरहेको ठाउँमा ११ रुपैयाँ ५० पैसा घटेको छ हजार रुपैयाँ भाडा भइरहेको रुटमा २२ रुपैयाँ २० पैसा घटेको श्रेष्ठले बताए। त्यस्तै तराइका मालवाहक ट्रकमा ३.२४ प्रतिशत, काठमाडौं–पोखरा–नारायणघाट चल्ने ट्रकको भाडा ३.१०३ प्रतिशत र मिटरजडित र एरपोर्ट ट्याक्सीको भाडा १.६३५ प्रतिशतले घटेको छ।

यसअघि भाडा घटाउँदा पनि उपभोक्ताले भाडा घटेको महसुस गर्न नपाएकाले यसपालि घटेको मूल्यलाई प्रभावकारी कार्यान्वयन गर्न अनुगमन समिति बनाइएको छ।

विभागका प्रतिनिधिको संयोजकत्वमा यातायात व्यवसायी महासंघ, उपभोक्ता अधिकारकर्मी र ट्राफिकसहितको अनुगमन समिति बनाइएको छ। समितिले घटेको भाडा कार्यान्वयन भए, नभएको अनुगमन गर्नेछ। 'घटेको भाडा कार्यान्वयन नगर्नेलाई कडा कारबाही गर्छौं,' सिटौलाले भने।

वैज्ञानिक भाडादर कायम गर्ने नीति अनुसार यो समायोजन भएको र दसैं–तिहारपछि पुनः समायोजन गर्ने सिटौलाले बताए। उनका अनुसार वैज्ञानिक भाडा कायम गर्न दुई पक्षलाई आधार मानिन्छ। पहिलो– पेट्रोलियम पदार्थको मूल्य र अर्को– सवारी साधनमा प्रयोग हुने पार्टपुर्जा, ज्याला, कर्मचारी लगायतको खर्च।

'यसपटकको समायोजन पेट्रोलियम पदार्थको मूल्यमा भएको गिरावटको नतिजा हो,' सिटौलाले भने, 'चाडपर्वपछि सवारी पार्टपुर्जा र खर्चमा कस्तो असर परेको छ, त्यसको अध्ययन गरेर पुनः समायोजन गरिनेछ।' दोस्रो तरिकाबाट पछिल्लो समय २ वर्षसम्म भाडा समायोजन हुन नसकेको उनले बताए। सबै मूल्यांकन गर्दा तिहारपछि भाडा बढ्न सक्ने उनले संकेत गरे। ६ बुँदे सहमतिमा चाडवाडपछि पुनः समायोजन गर्ने बुँदा रहेको उनले बताए।

पेट्रेलियम पदार्थको मूल्य लगातार घटिरहे पनि लामो समयसम्म सार्वजनिक सवारी साधनको वैज्ञानिक भाडा कायम हुन सकेको थिएन। निगमले ४–४ पटक डिजेलको मूल्य घटाए पनि विभागले न्यूनतम भाडा दर कायम गर्न सकेको छैन।

यसपटक सरकारले सार्वजनिक यातायातको भाडा घटाउन डिजेलमा मूल्य घटाउन प्रस्ताव गरेकाले ५–६ दिनकै अन्तरालमा १ रुपैयाँ घटाएको निगमले जनाएको छ। वैज्ञानिक भाडा कायम गर्न एक समायोजनपछि अर्को समायोजन हुन इन्धन मूल्यमा ५ रुपैयाँ अन्तर हुनुपर्ने नियम छ। त्यही पाँच रुपैयाँ अन्तर बनाउन निगमले डिजेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो। यसअघि पटकपटक गरेर निगमले डिजेलको मूल्य ४ रुपैयाँ ५० पैसा घटाएको थियो। निगमले सामेबारदेखि डिजेलको भाउ प्रतिलिटर ८१ रुपैयाँ बनाएको छ।
अर्को समाचार
सुर्खेत–काठमाडौं जहाज भाडा बढ्यो
०९ असार २०८१
•
१ मिनेट पाठ
सुर्खेत–काठमाडौं जहाज भाडा बढ्यो
सुर्खेत–काठमाडौं चल्ने जहाजहरूले भाडा बढाएका छन्। जहाज कम्पनीहरूले न्यूनतम भाडा पाँच सय रुपैयाँ बढाएकाे बुद्ध एयर सुर्खेतका स्टेसन प्रमुख नरबहादुर बस्नेतले बताए।

उनका अनुसार सुर्खेतको भाडा न्यूनतम ६ हजार ५ सय तोकिएको थियो, तर जहाज कम्पन्नीले ५ सय रुपैयाँ बढाएर सात हजार पुर्‍याएको छ।

अहिले न्यूनतम भाडा दर सात हजार रहेको जनाइएको छ। यसअघि बुद्धले एकाधिकार भाडादर बनाएर महँगो लिएको थियो भने श्री एयर आएपछि भाडादर सस्तो बनेको थियो।

बस्नेतका अनुसार सुर्खेतमा दुईवटा बुद्ध र श्री एयरले बिहान र साँझ गरी चार फ्लाइट गर्दै आइरहेका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस