सार्वजनिक सवारीको भाडा बढ्यो
१४ चैत्र २०६६
•
५ मिनेट पाठ
सार्वजनिक सवारीको भाडा बढ्यो
विज्ञान अधिकारी, काठमाडौं, चैत १५- सरकारले सार्वजनिक यातायातको भाडादर शनिबारदेखि लागू हुने गरी वृद्धि गरेको छ।
डिजेलबाट चल्ने सवारीसाधनमा ९ दशमलब ९ र पेट्रोलबाट चल्ने सवारीसाधनमा ५ प्रतिशत भाडा बढेको छ। अब यात्रुले छोटो दूरीको बसमा न्यूनतम ११ रुपैयाँ भाडा तिर्नुपर्छ। यसअघि १० रुपैयाँ थियो। काठमाडौं उपत्यकाका यात्रुले न्यूनतम ११ देखि अधिकतम १९ रुपैयाँसम्म भाडा तिर्नुपर्छ। ट्याक्सीमा प्रतिकिलोमिटर २३ रुपैयाँ तिनुपर्छ।




सरकारले २०६५ फागुन २० मा वैज्ञानिक भाडादर निर्धारण गरेको थियो जसअनुसार भाडामा इन्धनको हिस्सा ३५ प्रतिशत र लुब्रिकेन्ट्स, मोटर पार्टस्, कामदारको तलब, च्यासिस मूल्यलगायतको हिस्सा ६५ प्रतिशत राखिएको थियो। यातायात व्यवस्था विभागमा शुक्रबार भएको छलफलमा भाडा बढाउने निर्णय भएको हो। पेट्रोलियम पदार्थको मूल्यवृद्धिलगत्तै व्यवसायीले भाडा बढाउन दबाब दिएका थिए। तर सरकारले सामान्य मूल्यवृद्धिमा भाडा बढाउन नपर्ने भन्दै बेवास्ता गरेको थियो।

'तीनपटक गरेर डिजेलको मूल्य ६ रुपैयाँ बढ्यो,' यातायात व्यवस्था विभागका महानिर्देशक शरदचन्द्र पौडेलले नागरिकसँग भने, 'वैज्ञानिक भाडादर अनुसार भाडा निर्धारण गरिएको हो।'

विभागका अनुसार डिजेलको मूल्यमा १० दशमलब ९० प्रतिशतले वृद्धि भइसकेको छ। 'यस अवधिमा तेस्रो पक्ष बिमा, मर्मत सम्भार र ब्याट्रीको मूल्यमा वृद्धि भइसकेको छ,' विभागको विज्ञप्तिमा छ, 'यो अवस्थामा भाडा समायोजन गर्नुपर्ने अवस्था आइसकेको छ।'

काठमाडौं उपत्यकामा नयाँ भाडादर अनुसार ४ किलोमिटरसम्म ११, ५ सम्म १२, ६ सम्म १३ हुँदै अधिकतम भाडा १९ रुपैयाँ निर्धारण गरिएको छ। यो भाडादर चक्रपथ परिक्रमा, चक्रपथभित्रका सडक र चक्रपथ बाहिरको चार किलोमिटरसम्म लागू हुने विभागले जनाएको छ। विभागका अनुसार चक्रपथ बाहिर ४ किलोमिटरभन्दा बढी दूरीमा प्रतिकिलोमिटर १ रुपैयाँ ४३ पैसाका दरले भाडा थप हुनेछ।

तराईका लामो दूरीमा प्रतिकिलोमिटर १ रुपैयाँ ३० पैसा भाडा निर्धारण भएको छ। काठमाडौंदेखि पोखराको भाडा प्रतिकिलोमिटर १ रुपैयाँ ४६ पैसा तोकिएको छ। अब यो दूरीमा यात्रुले २ सय ९२ रुपैयाँ भाडा तिर्नुपर्नेछ। पोखरा-नारायणघाट खण्डमा समेत यही भाडादर छ। पहाडी क्षेत्रका पक्की र ग्राभेल बाटोमा संचालन हुने बस, मिनिबसको प्रति किलोमिटर १ रुपैयाँ ७६ पैसा भाडा कायम गरिएको छ। डिलक्स बस र डिलक्स मिनिबसले निर्धारित भाडादरभन्दा २० प्रतिशत थप गर्न पाउने व्यवस्था छ। त्रिभुवन विमानस्थलमा चल्ने पर्यटक ट्याक्सीमा ५ किलोमिटरसम्म ३ सय १५ रुपैयाँ भाडा निर्धारण गरिएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कोषाध्यक्ष सरोज सिटौलाले भने, 'तेलको भाउ तीन पटक बढ्यो, अन्य वस्तुको भाउ समेत बढिसकेकोले भाडा नबढाउँदा व्यवसायी मारमा थिए।'

उपभोक्तावादी संगठनले भने व्यवसायीको अनुचित लाभमा भाडा बढाएको आरोप लगाएका छन्। 'अहिले भाडा बढाउनुपर्ने अवस्था थिएन,' उपभोक्ताहित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँले भने, 'सरकारले उपभोक्तामाथि ठूलो अपराध गरेको छ।' उनका अनुसार ७० रुपैयाँसम्म डिजेलको भाउ हुँदा मूल्य बढाउन पर्दैन। नेपाल आयल निगमले पछिल्लो समयमा तीन पटक डिजेलको मूल्यवृद्धि गरेर प्रतिलिटर ६१ रुपैयाँ पुयाएको थियो।
अर्को समाचार
सार्वजनिक सवारीको भाडा बढ्यो
०२ भदौ २०७८
•
१ मिनेट पाठ
सार्वजनिक सवारीको भाडा बढ्यो
फाइल तस्बिर
प्रदेश १ का सार्वजनिक सवारी साधनको भाडा बढेको छ । प्रदेशस्तरमा सञ्चालनमा रहेका सार्वजनिक सवारी साधनको भदौ १ गतेदेखि लागू हुने गरी भाडादर बढाईएको छ ।  




प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले यात्रु बहाक र मालबहाक सवारी साधनको भाडा दरमा २३ प्रतिशतसम्म बढाइएको जनाएको छ । वृद्धि गरिएको भाडादर भदौ १ देखि प्रदेशभर सञ्चालन हुने सवारी साधनमा लागू भएको मन्त्रालयका सूचना अधिकारी इन्जिनियर ओमप्रकाश साहले बताए ।  

उनका अनुसार पहाडी रुटमा सञ्चालन हुने मालबहाक सवारीमा १६.५, यात्रुबहाक सवारीमा २२ र तराईमा सञ्चालन हुने मालबहाक सवारीमा २३ प्रतिशतसम्म भाडा वृद्धि गरिएको छ।  

प्रदेशको भाडा निर्धारण परामर्श समितिको गत साउन १७ गते बसेको बैठकले भाडा वृद्धिका लागि सरकारलाई सिफारिस गरेको थियो। संघीय सरकारले लामो दूरीमा अन्तर प्रदेश सञ्चालन हुने सवारी साधनको भाडामा २८ प्रतिशतसम्म वृद्धि गरेको थियो।  
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस