ट्रम्प-सी-पुटिन भेटको तयारी, विश्व शक्ति सन्तुलनमा नयाँ बहस
३० कार्तिक २०८३
•
४ मिनेट पाठ
ट्रम्प-सी-पुटिन भेटको तयारी, विश्व शक्ति सन्तुलनमा नयाँ बहस
अमेरिका, चीन र रूसका राष्ट्र प्रमुख अर्को साता चीनको प्रविधि केन्द्र सेन्जेनमा हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा संयुक्त बैठकमा बस्ने भएका छन्। विश्वका तीन ठुला आणविक शक्ति राष्ट्रका नेता एकै ठाउँमा भेट्न लागेको यो अभूतपूर्व घटना हो।




अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, चिनियाँ राष्ट्रपति सी जिनपिङ र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबिचको त्रिपक्षीय बैठकको योजना ह्वाइट हाउसले शुक्रबार पुष्टि गरेको हो। तर विश्लेषकहरूले यस बैठकबाट ठुला उपलब्धि हासिल हुने सम्भावना कम रहेको बताएका छन्। उनीहरूका अनुसार बैठक ठोस उपलब्धिभन्दा बढी प्रतीकात्मक हुने देखिन्छ।

ट्रम्पले सीसँगको सम्बन्ध सुधार्दै लगेका छन्। गत वर्ष अमेरिका र चीनबिचको व्यापार युद्ध अन्त्य गर्न अस्थायी सहमति भएपछि दुई देशका नेताबिच सम्बन्ध सुधार भएको हो। यद्यपि इरानसँगको अमेरिकी युद्धलगायत विषयमा दुई देशबिच मतभेद कायमै छ।

त्यस्तै ट्रम्पले पुटिनसँग पनि सम्बन्ध सुधार्ने प्रयास गरिरहेका छन्, तर रूसले युक्रेनविरुद्धको युद्ध जारी राखेको छ भने इरानसँगको सैन्य र कूटनीतिक सम्बन्ध थप बलियो बनाएको छ। ट्रम्पले तीन नेताबिचको बैठकमा इरान युद्ध र आणविक हतियार नियन्त्रणबारे छलफल गर्ने बताएका छन्, तर ह्वाइट हाउसका एक वरिष्ठ अधिकारीका अनुसार ट्रम्पले बैठकमा युक्रेन युद्धको विषय उठाउने छैनन्।

अमेरिका र रूसबिचको अन्तिम आणविक हतियार नियन्त्रण सम्झौता ‘न्यु स्टार्ट’ गत फेब्रुअरीमा समाप्त भएको थियो। यससँगै आधा शताब्दीभन्दा बढी समयपछि पहिलोपटक यी दुई देशका आणविक हतियारको संख्यामा लगाइएको सीमा हटेको छ। सम्झौताको म्याद सकिएपछि रूसले त्यसलाई एक वर्ष थप गर्न प्रस्ताव गरेको थियो, तर ट्रम्पले उक्त प्रस्ताव अस्वीकार गर्दै चीनलाई समेत समेटेर नयाँ र आधुनिक सम्झौता गर्नुपर्ने बताएका थिए।

अमेरिकी अधिकारीका अनुसार प्रस्तावित बैठक आणविक हतियार नियन्त्रणबारे छलफल सुरु गर्ने अवसर हुनेछ, तर बैठकबाट कुनै सम्झौता हुने अपेक्षा गरिएको छैन। अमेरिकी रक्षा मन्त्रालयको अनुमानअनुसार चीनसँग ६ सय भन्दा बढी आणविक हतियार छन्। अमेरिका र रूससँग भने पाँच हजारभन्दा बढी हतियार रहेको अनुमान छ। अमेरिका र रूसको तुलनामा आफ्नो आणविक हतियारको संख्या निकै कम भएकाले चीनले यस्तो सम्झौतामा खासै चासो देखाएको छैन।

चीनका लागि यो बैठक आफ्नो बढ्दो अन्तर्राष्ट्रिय प्रभाव देखाउने अवसर हुन सक्छ। त्यस्तै, रूसका लागि अमेरिका र चीनकै स्तरको शक्तिका रूपमा आफूलाई प्रस्तुत गर्ने मौका हुनेछ। मलेसियाका लागि पूर्वअमेरिकी राजदूत एडगार्ड कागनले पुटिनका लागि यो बैठक अमेरिका र चीनसँग युक्रेनको भविष्यबारे छलफल गर्न चाहेको संकेत दिने अवसर भएको बताएm तर युक्रेन र युरोपेली देशहरूलाई यस्तो छलफल मन नपर्ने उनको भनाइ छ।

तीन नेताबिचको बैठकले एपेक शिखर सम्मेलनलाई समेत ओझेलमा पार्न सक्ने विश्लेषण गरिएको छ। यसपटकको एपेक सम्मेलनमा २१ अर्थतन्त्रका प्रतिनिधि सहभागी हुँदैछन्। चीनले सेन्जेन सहरलाई विश्वकै प्रमुख प्रविधि र आर्थिक केन्द्रका रूपमा चिनाउने अवसरका रूपमा पनि सम्मेलनलाई लिएको छ। तर त्रिपक्षीय बैठकले स्वतन्त्र व्यापारका पक्षमा आफूलाई उभ्याउने चीनको प्रयासलाई कमजोर बनाउन सक्ने नान्याङ टेक्नोलोजिकल युनिभर्सिटीका चिनियाँ विदेश नीतिका प्राध्यापक हु टियाङ बुनले बताएका छन्। उनले भने, ‘यो चीनले समर्थन गर्दै आएको बहुपक्षीयताको अवधारणाविपरीत देखिन्छ।’

सी र पुटिनबिच लामो समयदेखि घनिष्ट सम्बन्ध छ। सी सन् २०१३ मा राष्ट्रपति बनेयता उनीहरूले ४० पटकभन्दा बढी भेट गरिसकेका छन्। दुवैले एकअर्कालाई ‘प्रिय मित्र’ भनेर सम्बोधन गर्छन्। ट्रम्प र पुटिनबिच सातपटक तथा ट्रम्प र सीबिच आठपटक प्रत्यक्ष भेटवार्ता भइसकेको छ। सन् २०२२ मा रूसले युक्रेनमाथि आक्रमण गरेपछि चीन र रूसबिचको व्यापारिक सम्बन्ध थप बलियो बनेको छ। पश्चिमा देशहरूले रूसलाई आर्थिक रूपमा एक्ल्याउने प्रयास गरे पनि चीनले रूसी ऊर्जा स्रोतको खरिद बढाएको छ। साथै, रूसी हतियार उद्योगलाई आवश्यक पर्ने उच्च प्रविधिका सामग्रीसमेत चीनले आपूर्ति गर्दै आएको छ।

सी र पुटिनले यसअघि दुई देशबिच ‘सीमाविहीन मित्रता’ रहेको घोषणा गरेका थिए। चीनले युक्रेन युद्धमा आफू तटस्थ रहेको बताउँदै आए पनि युक्रेनका पश्चिमा सहयोगीहरूले रूसको सैन्य कारबाहीमा चीनको भूमिका रहेको आरोप लगाउँदै आएका छन्। रूसले भने ताइवानसम्बन्धी विषयमा चीनको नीतिलाई समर्थन गर्दै आएको छ। यसैबिच ट्रम्पले हालै रूसमाथिका केही प्रतिबन्ध हटाएर लाखौं टन डिजेल बिक्री गर्न अनुमति दिएका छन्। उनले रूसी तेल प्रशोधन केन्द्रमा युक्रेनले गरेको आक्रमणका कारण ऊर्जा मूल्य बढेको बताएका थिए, तर विश्लेषकहरूका अनुसार विश्व बजारमा कच्चा तेलको मूल्य बढ्नुको मुख्य कारण इरान युद्ध हो।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने तीन नेताबिचको बैठकमा युक्रेनलाई जानकारी नदिई उसको भविष्यबारे सम्झौता हुन सक्ने चिन्ता व्यक्त गरेका छन्। प्रस्तावित बैठकलाई सन् १९४५ को याल्टा सम्मेलनसँग पनि तुलना गरिएको छ। उक्त सम्मेलनमा अमेरिका, बेलायत र सोभियत संघका नेताहरूले जर्मनी र बर्लिनलाई चारवटा सैन्य नियन्त्रण क्षेत्रमा विभाजन गर्ने सहमति गरेका थिए। त्यही सम्मेलनमा संयुक्त राष्ट्रसंघ स्थापनाको योजनालाई पनि अन्तिम रूप दिइएको थियो।

तर क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले सेन्जेन बैठकलाई याल्टा सम्मेलनसँग तुलना गर्न नमिल्ने बताएका छन्। उनका अनुसार रूस, चीन र अमेरिकाजस्ता देशका नेताहरूबिचको बैठक निकै महत्वपूर्ण छ, तर विश्व व्यवस्थाको कुनै एउटा दृष्टिकोण अरूमाथि लाद्न मिल्दैन। यो आपसी लाभ र सम्मानमा आधारित हुनुपर्छ। 

–एजेन्सी
अर्को समाचार
हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नी र दुई साला पक्राउ
५६ मिनेट अघि
•
१ मिनेट पाठ
हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नी र दुई साला पक्राउ
काठमाडौं। बंगलादेशको ढाका महानगरीय प्रहरीको गुप्तचर शाखाले पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनकालका प्रभावशाली प्रहरी अधिकारी मोनिरुल इस्लामकी पत्नी र दुई सालालाई हिंसा तथा तोडफोडको योजना बनाएको आरोपमा आइतबार बिहान पक्राउ गरेको छ।




पूर्वविशेष शाखा प्रमुख तथा प्रहरीका अतिरिक्त महानिरीक्षक इस्लाम फरार रहे पनि सामाजिक सञ्जालमार्फत उनले सन् २०२४ को जुलाईमा भएको जनविद्रोहको विरोध र हसिनाको समर्थनमा अन्तर्वार्ता दिँदै आएका।

पक्राउ पर्नेमा इस्लामकी पत्नी सायला फारजाना र उनका दुई भाइमध्ये रेजाउल आलम शाहिन पनि हुन्। फारजाना सार्वजनिक प्रशासन मन्त्रालयकी पूर्वअतिरिक्त सचिव हुन्।

प्रहरी स्रोतका अनुसार गुप्तचर टोलीले राजधानीका मिरपुर डीओएचएस र राकिन सिटीमा आइतबार बिहान एकैसाथ छापा मारेको थियो। 

फरार श्रीमान्को निर्देशनमा फारजानाले हिंसा तथा तोडफोडको योजना बनाउन भूमिका खेलेको प्रहरीको आरोप छ।

कारबाहीका क्रममा एक सालाकी पत्नीलाई पनि केही समय नियन्त्रणमा लिइएको थियो। तर स्तनपान गराइरहेको शिशु भएकाले उनलाई पछि रिहा गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

बंगलादेश निजामती सेवाको १७औँ समूहकी प्रशासनिक अधिकारी फारजानालाई सन् २०२४ सेप्टेम्बर ८ मा विशेष जिम्मेवारीमा राखिएको थियो।

उनका श्रीमान् इस्लामलाई भने सोही वर्षको जुलाईमा भएको जनविद्रोहपछि अनिवार्य अवकाश दिइएको थियो। त्यसयता उनी फरार रहँदै आएका छन्।एएनआई
सात वर्षदेखि अलपत्र हाक्पारा पुल एक वर्षभित्रै पूरा गर्न मुख्यमन्त्रीको निर्देशन
राजनीति
Clock २२ मिनेट अघि | ० मिनेट पाठ
सात वर्षदेखि अलपत्र हाक्पारा पुल एक वर्षभित्रै पूरा गर्न मुख्यमन्त्रीको निर्देशन
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँचथर र तेह्रथुम जिल्लाको सीमास्थित तमोरमाथि निर्माणाधीन हाक्पारा पुल एक वर्षभित्र पूरा गर्न निर्देशन...
Whatsapp
चार पटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण
अर्थ
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
चार पटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण
‘स्वच्छन्द–सपना–वर्ल्डवाइड जेबी’ले चार लेनको उक्त सडक बनाउने जिम्मा पाएको थियो।
Whatsapp
भाषा र लोकसंस्कृति जोगाउँदै गण्डकी प्रज्ञा–प्रतिष्ठान
समाज
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
भाषा र लोकसंस्कृति जोगाउँदै गण्डकी प्रज्ञा–प्रतिष्ठान
युवा पुस्तालाई आफ्नो मातृभाषाप्रति गर्वानुभूति गराउँदै मातृभाषा बोल्नका लागि प्रेरित गर्ने उद्देश्यले भाषा कक्षा सञ्चालन गर्न लागिएको सदस्य सचिव श्रेष...
Whatsapp
रत्ननगरको सभाहल अस्पताललाई हस्तान्तरण गर्ने तयारी
समाज
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
रत्ननगरको सभाहल अस्पताललाई हस्तान्तरण गर्ने तयारी
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रत्ननगरमा निर्माणाधीन सभाहल बकुलहर रत्ननगर अस्पताललाई हस्तान्तरण गर्न सक्दो प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरे...
Whatsapp
काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्रीको मासु बिक्रीवितरण गरी कालोबजारी, प्रहरीद्वारा अनुसन्धान सुरु
समाज
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्रीको मासु बिक्रीवितरण गरी कालोबजारी, प्रहरीद्वारा अनुसन्धान सुरु
काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री वितरण गरेको आरोपमा आठ जना पक्राउ परेका छन्।
Whatsapp
हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नी र दुई साला पक्राउ
अन्तर्राष्ट्रिय
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नी र दुई साला पक्राउ
पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनकालका प्रभावशाली प्रहरी अधिकारी मोनिरुल इस्लामकी पत्नी र दुई सालालाई हिंसा तथा तोडफोडको योजना बनाएको आरोपमा पक्राउ...
Whatsapp
यो पनि पढौँ
गण्डकीमा शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्य
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
गण्डकीमा शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्य
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङको निसेलढोरमा यसै वर्ष केन्द्रीय विद्युत् सेवा विस्तार गर्ने बताएका छन्।
Whatsapp
सामुदायिक पशु व्यवस्थापनमा धनगढीको उदाहरणीय प्रयास
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सामुदायिक पशु व्यवस्थापनमा धनगढीको उदाहरणीय प्रयास
बस्ती र सडकमा छाडा छोडिएका पशुचौपायाले निम्त्याउने दुर्घटनाको त्रास र बालीनाली जोगाउनुपर्ने बाध्यताबाट आजित कैलालीको धनगढी उपमहानगरपालिकाका बासिन्दाका...
Whatsapp
पुरुष फुटबलतर्फ सेमिफाइनल समीकरण पूरा, बाँकी खेलहरू जुम्लामा हुने
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष फुटबलतर्फ सेमिफाइनल समीकरण पूरा, बाँकी खेलहरू जुम्लामा हुने
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइतबार भएको पुरुष फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशले १–१ गोलको बराबरी खेलेका छन्...
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : सुदूरलाई हराउँदै आर्मी फाइनल प्रवेश
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : सुदूरलाई हराउँदै आर्मी फाइनल प्रवेश
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला क्रिकेट अन्तर्गत विभागीय टोली त्रिभुवन आर्मी क्लब सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ।
Whatsapp
दुर्गममा पनि आधुनिक र गुणस्तरीय स्वास्थ्य पूर्वाधार पुर्‍याउँदै याङवरक पाँचथर
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दुर्गममा पनि आधुनिक र गुणस्तरीय स्वास्थ्य पूर्वाधार पुर्‍याउँदै याङवरक पाँचथर
दूरदराजका नागरिकलाई गाउँघरमै गुणस्तरी स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यसहित जिल्लाको याङवरक गाउँपालिकाले स्वास्थ्य क्षेत्रको विकास र विस्तार...
Whatsapp
रारा ताल पुग्यो दशौं राष्ट्रिय खेलकुदको ट्रफी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रारा ताल पुग्यो दशौं राष्ट्रिय खेलकुदको ट्रफी
कर्णालीको पर्यटन प्रवर्धन र राष्ट्रिय खेलकुदको प्रचारप्रसारलाई एकैसाथ अघि बढाउने उद्देश्यले सुरु गरिएको टर्च तथा ट्रफी टुरले रारासम्मको यात्रा तय गरेक...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस