लामो समयदेखि विवादमा अल्झिएको गैरआवासीय नेपाली संघको निर्वाचन गर्न बाटो खुलेको छ। १० औं महाधिवेशनको लागि प्रतिनिधि विवादमा भएको लामो किचलो साम्य पार्न संघभित्र सहमति जुटेपछि निर्वाचन हुने निश्चित भएको...
प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार समन्वय समितिको बैठकले निश्चित समय सम्मका लागि कोरोनाविरुद्धको खोप पनि अरु खोपजस्तै नियमित र साप्ताहिक रुपमा सञ्चालन गर्न नगरपालिकालाई अनुरोध गरेको हो।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, नेपाल प्रहरीका सर्लाही प्रमुख एसपी सन्तोष सिंह राठौर र सशस्त्र प्रहरी बल सर्लाहीका प्रमुख एसपी गंगाराम श्रेष्ठसहित भोज आयोजना गरिएको छ।
आफ्नो कार्यकालमा गुल्मीलाई देशकै तेस्रो वरियतामा पार्न सफल भएको स्मरण गर्दै उनले अव भक्तपुरलाई शान्ति सुरक्षाको हिसाबले उत्कृष्ट जिल्ला बनाउन आफू प्रतिवद्ध रहेको बताएकी हुन्।
महामारीको अवस्थामा लागू भएको निषेधाज्ञा हाल परिस्थिति केही सहज भएका कारण खुकुलो भए पनि स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गरी व्यवसाय गर्नुपर्नेमा उनले जोड दिइन्।
आइतबार सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेल नेतृत्वको अनुगमन टोलीले न्युरोड, बसन्तपुर, सुन्धारालगायतका बजार क्षेत्रको अनुगमन गरी कोरोनाबाट बच्न जारी स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न व्या...