नियमित रुपमा कोरोनाविरुद्धको खोप सञ्चालन गर्न आग्रह
११ मंसिर २०७८
•
२ मिनेट पाठ
नियमित रुपमा कोरोनाविरुद्धको खोप सञ्चालन गर्न आग्रह
जिल्ला खोप अनुगमन तथा समन्वय समिति ताप्लेजुङले अरु खोपजस्तै अब प्रत्येक सातामा एकदिन नियमित रुपमा कोरोनाविरुद्धको खोप सञ्चालन गर्ने वातावरणका लागि फुङ्लिङ नगरपालिकालाई अनुरोध गरेको छ।




जिल्ला खोप अनुगमन तथा समन्वय समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार समन्वय समितिको बैठकले निश्चित समय सम्मका लागि कोरोनाविरुद्धको खोप पनि अरु खोपजस्तै नियमित र साप्ताहिक रुपमा सञ्चालन गर्न नगरपालिकालाई अनुरोध गरेको हो।

ताप्लेजुङमा अहिलेसम्म कोरोनाविरुद्धको खोप तालिका बनाएर अभियानको रुपमा मात्र सञ्चालन हुँदै आएको छ। ‘कम्तिमा सातामा एकदिन सदरमुकाममा कोरोनाविरुद्धको खोप लगाउने वातावरण बन्दा अझ राम्रो हुन्छ भनेर बैठकले नगरपालिकाको कार्यालयलाई अनुरोध गर्ने निर्णय गरेको हो’, पाण्डेले भने।

जिल्लाभरका खोपकेन्द्रमार्फत अभियानको रुपमा कोरोनाविरुद्धको खोप सञ्चालनको क्रममा अपेक्षाकृत नागरिकले खोप नलगाएको पाइएपछि जिल्ला खोप अनुगमन तथा समन्वय समितिले जिल्ला सदरमुकाममा कोरोनाविरुद्ध नियमित खोप अभियान सञ्चालन गर्दा राम्रो हुने ठहर गरेको छ।

बैठकले पालिकातहमा कोभिडशिल्ड/एक्सट्राजेनेका खोपको दोस्रो मात्रा तथा भेरोसिलको पहिलो र दोस्रो मात्राको खोप अभियान सञ्चालन गर्ने गरी मिति समेत निर्धारण गरेको छ।

स्वास्थ्य कार्यालय ताप्लेजुङका खोप सुपरभाइजर दिनेश रायका अनुसार फुङ्लिङ नगरपालिका, पाथीभरा याङ्वरक गाउँपालिका र आठराइ त्रिबेणी गाउँपालिकामा मंसिर १२, १३ र १४ गते खोप अभियान सञ्चालन हुने छ।

यस्तै मिक्वाखोला गाउँपालिका, सिरिजंगा गाउँपालिका, सिदिङ्वा गाउँपालिका, मैवाखोला गाउँपालिका, फक्ताङ्लुङ र मेरिङ्देन गाउँपालिकामा कात्तिक १४, १५ र १६ गते खोप अभियान सञ्चालन गर्ने भएको छ।

खोप समन्वय समितिको बैठकले ताप्लेजुङमा १८ बर्ष उमेर पूरा भएका सबै नागरिकका लागि पर्याप्त मात्रामा खोप भएपनि सो उमेर समूहका सबै नागरिकले कोरोनाविरुद्धको खोप लगाउन गरिरहेको आनाकानी प्रति दुःख व्यक्त गरेको छ।

स्वास्थ्य कार्यालयका निमित्त प्रमुख राजकुमार पोखरेलले कोरोनाबाट बच्ने एकमात्र उपाय भनेकै यस विरुद्धको खोप भएकोले मापदण्ड पूरा भएका सबै नागरिकलाई खोप लगाइदिन आग्रह गरेका छन्। यस्तै आ–आफ्नो क्षेत्र, पालिका, वडा, टोल र समुदायमा कोरोनाविरुद्धको खोप लगाउन छुटेका नागरिकलाई सम्बन्धित क्षेत्रको खोप केन्द्रमार्फत अनिवार्य खोप लगाउने कार्यमा सहजीकरण गरिदिन खोप समन्वय समितिको बैठकले जिल्लाका जनप्रतिनिधि, राजनीतिक दल, शिक्षक, बुद्धिजीवि, समाजसेवी, लब्धप्रतिष्ठित व्यत्तित्व र आम सञ्चार संस्था तथा सञ्चारकर्मीहरुलाई अनुरोध समेत गरेको छ।
अर्को समाचार
मास्क लगाउन अटेर गर्नेलाई कारबाही
२६ पौष २०७८
•
१ मिनेट पाठ
मास्क लगाउन अटेर गर्नेलाई कारबाही
मास्क लगाउन अटेर गर्नेलाई कारबाही गर्ने भएको छ। कोरोना भाइरसको बढ्दो संक्रमण न्यूनीकरण गर्न मास्क अभियानलाई प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालयले सो निर्णय गरेको हो।




प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले मास्क लगाउन अटेर गर्नेलाई कानून बमोजिम कारबाही गर्ने बताइन्। उनले जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उत्तः निर्णय गरिएको बताउँदै निर्णयको कार्यान्वयनका लागि अनुगमन समेत थालिएको बताइन्। ‘मास्क अभियान सञ्चालन गरी मास्क लगाउन अटेर गर्नेलाई कारबाही गर्ने निर्णय गरेका छौं, त्यसको अनुगमन समेत भइरहेको छ।’ उनले भनिन्।

यसैगरी मास्क अभियान सञ्चालन गर्न नगरपालिकाहरुलाई अनुरोध गर्ने, सार्वजनिक यातायातका साधनमा मास्कलाई कडाई गर्ने, घर बाहिर निस्कँदा अनिवार्य मास्क लगाउन अभिप्रेरित गर्ने निर्णय समेत निर्णय भएको छ।

यसैगरी बैठकले कोरोना भाइरस विरुद्धको खोप अभियानलाई समेत प्रभावकारीरुपमा सञ्चालन गर्ने निर्णय गरेको छ।

भक्तपुरमा हाल १४० सक्रिय संक्रमित रहेका छन्। जसमध्ये ५ पुरुष र एक महिला अस्पतालमा उपचाररत छन्। यहाँ ७२ हजार ६६१ जनाको परीक्षण गरिएकोमा १६ हजार ४४६ पुरुष र १४ हजार १६ जना महिलासहित ३० हजार ४६२ जनामा संक्रमण पुष्टि भएको छ। भक्तपुरमा कोरोना संक्रमणका कारण १३२ महिला र २२४ पुरुष गरी कुल ३५६ जनाको मृत्यु भइसकेको छ।

भक्तपुरमा पछिल्ला केही दिन यता दैनिक संक्रमण दर बृद्धि भइरहेको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ। मंसिर अन्तिम साता संक्रमण दर ४ प्रतिशत रहेको भक्तपुरमा पुसको पहिलो साता १०, दोस्रो साता १५, तेस्रो साता २० र शनिबार २८ प्रतिशत संक्रमण दर रहेको भक्तपुर अस्पतालका मेसु डा. सुमित्रा गौतमले बताइन्।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ४४ सेकेन्ड अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस