‘तत्काल पार्टी एकीकरण कसैसँग पनि सम्भव छैन । तत्काल त्यो अवस्था आएकै छैन,’ सम्मानित नेता खनालले भने, ‘तर कार्यगत एकता जोसँग पनि सम्भव छ । इस्युमाथि आधारित रहेर कार्यगत एकता गर्न सकिन्छ ।’
असन्तुष्ट रहेका खनालले ‘सामान्य सदस्य’ भन्दै केन्द्रीय समिति बैठकमा ‘गलत निर्णयलाई सच्याऔँ, पार्टीलाई एकताबद्ध बनाएर अघि बढाऔँ’ भन्ने शीर्षकमा फरक मत दर्ज गरेका हुन्।