नेकपा एकीकृत समाजवादीको दुई दिनदेखि जारी केन्द्रीय समिति बैठकमा सम्मानित नेता झलनाथ खनालले ६ पेजको फरक मत राखेका छन्। पार्टीको भर्खरै छापिएको विधानका विषयमा असन्तुष्ट रहेका खनालले ‘सामान्य सदस्य’ भन्दै केन्द्रीय समिति बैठकमा ‘गलत निर्णयलाई सच्याऔँ, पार्टीलाई एकताबद्ध बनाएर अघि बढाऔँ’ भन्ने शीर्षकमा फरक मत दर्ज गरेका हुन्।
१० औँ महाधिवेशनमा खनाललाई सम्मानित नेता भनेर सर्वसम्मत चयन गरेको थियो। पछिल्लो पटक विधान छापिएर आउँदा सम्मानित नेता केन्द्रीय समितिले चयन गर्ने प्रावधान राखेर आएपछि खनाल रिसाएका छन्। मङ्गलवार स्थायी कमिटी बैठकमा उनी अध्यक्ष माधवकुमार नेपालसहितको अग्र भागमा नबसेर सदस्यको ठाउँमा बसेका थिए। त्यसयता आफूलाई उनी ‘सामान्य सदस्य’ भन्दै परिचय दिँदै आएका छन्।
यता केन्द्रीय समितिको फरक मतमा उनले अनेरास्ववियू र युवा संघका हकमा नयाँ नीति लिनुपर्ने भन्दै फरक मत दर्ज गरेका हुन्। उनले सबै जन वर्गीय संगठन जनवादी ढङ्गले रूपान्तरित र हस्तान्तरित गर्नुपर्ने भन्दै फगत केन्द्रीयतावादी, निरंकुशतवादी वा टीकेवादी तरिकाले गर्न नहुने भनेका छन्।
जनसंगठनका प्रमुखलाई ठाडो निर्देशनमा हटाउने, जनवादी ढङ्गले निर्णय गर्न नदिने, अपानी जारी गरेर हटाउने, पक्षपातपूर्ण र पूर्वाग्रह व्यवहार गर्ने कुराको विरोध फरक मतमा छ।
उनले फरक मतमा अध्यक्ष नेपाललाई लक्षित गर्दै गुटबन्दीपूर्ण, विभाजनकारी र विघटनकारी तरिका अपनाइको र त्यसको दृढतापूर्वक विरोध र अस्वीकार गर्नुपर्ने भनेका छन्।
पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले देश चौतर्फी राजनीतिक सङ्कटमा रहेको बताएका छन्। शुक्रबार (आज) काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित नेकपा एकता अभियान र एकीकृत समाजवादीबीचको एकता कार्यक्रमलाई सम्बोधन गर्दै खनालले यस्तो बताएका हुन्।
'चौतर्फी सङ्कट फैलिरहेको छ। देश भयावह राजनीतिक सङ्कटमा छ। सामाजिक र सांस्कृतिक सङ्कट व्यापक रूपमा बढिरहेको छ। भ्रष्टाचार उसैगरी बढिरहेको छ। क्याबिनेटमा रहेका मन्त्रीहरू मुछिरहेका छन्। देश सङ्कटमा छ,' उनले भने।
खनालले अब वैज्ञानिक समाजवादमा जान सके मात्रै समस्याहरूको हल सम्भव हुने बताए। 'आजको गरिबीको अवस्थाबाट अगाडि बढाउँदै हामीले हाम्रै देशमा उद्योगहरूको विकास गर्ने, शिक्षाको रूपान्तरण गर्ने, हाम्रा युवाहरूलाई यहीँ कायम गर्न सक्ने काम हामीले गर्न सक्छौँ। त्यसका लागि वैज्ञानिक समाजवाद हो,' उनले भने।
उनले दुईवटा ठूला दल सरकारमा भए पनि जनता र देशका लागि केही राम्रो नभएको दाबी गरे। 'दुईवटा ठूला दल सरकारमा छन्। तर, त्यो नीति र कार्यक्रम, बजेटमा जनता र नेपाल राष्ट्रको हित गर्ने कुरा एउटा पनि छैन। त्यसैले आज देश सङ्कटमा छ,' उनले भने।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...