नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले 'सम्मानित नेता केन्द्रीय कमिटीले चुन्ने' भन्ने विधानमा आफू कन्फ्यूज भएको बताएका छन्।
शुक्रबार (आज) सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। नेता खनाललाई उद्धृत गर्दै केन्द्रीय प्रचार विभागका उपप्रमुख दामोदर अर्यालले नागरिकसँग भने, 'म कन्फ्यूज भएछु।'
बैठकअघि छापिएको पार्टीको विधानको धारा ४० मा सम्मानित नेता केन्द्रीय कमिटीले चुन्ने व्यवस्था गरिएको छ। उक्त प्रावधान देखेपछि गत ६ गते बसेको पार्टीको सचिवालय बैठकमा नेता खनाल मञ्चमा जानै मानेका थिएनन्।
पछि महासचिव घनश्याम भुसालहरूले मनाएर नेता खनाललाई मञ्चसम्म पुर्याएका थिए। यतिसम्म कि नेता खनालले त्यसपछि आफूलाई सम्मानित नेता नभएर 'सामान्य सदस्य' लेख्न थालेका थिए।
तर, आज सुरु भएको बैठकमा महासचिव घनश्याम भुसालले यसमाथि स्पष्ट पारेपछि नेता खनालले आफू कन्फ्यूज भएको बताएका हुन्।
प्रचार विभाग उपप्रमुख अर्यालका अनुसार विधानको यो प्रावधान अहिलेका लागि नभइ आउँदा महाधिवेशनहरूका लागि व्यवस्था गरिएको हो। 'अध्यक्ष, सम्मानित नेता र महासचिव त महाधिवेशनले नै निर्वाचित गरेको हो। त्यसमा झलनाथ कमरेड पनि हुनुहुन्छ। यो व्यवस्था अर्को महाधिवेशनका लागि गरिएको हो,' उनले भने।
शुक्रबार (आज) सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। नेता खनाललाई उद्धृत गर्दै केन्द्रीय प्रचार विभागका उपप्रमुख दामोदर अर्यालले नागरिकसँग भने, 'म कन्फ्यूज भएछु।'
बैठकअघि छापिएको पार्टीको विधानको धारा ४० मा सम्मानित नेता केन्द्रीय कमिटीले चुन्ने व्यवस्था गरिएको छ। उक्त प्रावधान देखेपछि गत ६ गते बसेको पार्टीको सचिवालय बैठकमा नेता खनाल मञ्चमा जानै मानेका थिएनन्।
यो पनि पढ्नुहोस्
जब झलनाथले भने- सम्मानित नेता तोकिएपछि मात्रै मञ्चमा जान्छुपछि महासचिव घनश्याम भुसालहरूले मनाएर नेता खनाललाई मञ्चसम्म पुर्याएका थिए। यतिसम्म कि नेता खनालले त्यसपछि आफूलाई सम्मानित नेता नभएर 'सामान्य सदस्य' लेख्न थालेका थिए।