नेकपा एकीकृत समाजवादीका सम्मानित नेपाल झलनाथ खनालले अहिले राष्ट्रियतामाथि खतरा बढेको भन्दै त्यसमा कार्यगत एकता गर्न सकिने बताएका छन्। मङ्गलवार धनुषामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै खनालले कम्युनिस्ट पार्टी बिचमा तत्काल एकीकरणको सम्भावना नरहे पनि राष्ट्रियताको सन्दर्भमा भने कार्यगत एकता गर्न सकिने बताएका हुन्।
‘तत्काल पार्टी एकीकरण कसैसँग पनि सम्भव छैन । तत्काल त्यो अवस्था आएकै छैन,’ सम्मानित नेता खनालले भने, ‘तर कार्यगत एकता जोसँग पनि सम्भव छ । इस्युमाथि आधारित रहेर कार्यगत एकता गर्न सकिन्छ ।’
त्यस्तो कार्यगत एकता राष्ट्रियताको विषयमा हुनसक्ने उनले जिकिर गरे। ‘जस्तो आज राष्ट्रियतामाथि खतरा बढेको छ । सबै वामपन्थीहरू मात्र होइन अरुपनि किन एकताबद्ध भएर उभिन सकेका छैनन् । चुच्चे नक्सा नेपालले बनायो । त्यसलाई कार्यान्वयन गरियोस् । भने हामी उभिन सक्दैनौँ ?,’ खनालले भने।