नेपाली फुटबल टोलीमा पाँच नयाँ अनुहार
१६ चैत्र २०८२
•
२ मिनेट पाठ
नेपाली फुटबल टोलीमा पाँच नयाँ अनुहार
युवा मिडफिल्डर पेम्बादोर्जे लामासहित पाँच नयाँ खेलाडीलाई समेट्दै नेपाली राष्ट्रिय फुटबल टोली घोषणा भएको छ।




अखिल नेपाल फुटबल संघ (एन्फा) ले एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत लाओसविरुद्धको खेलका लागि केही नयाँ खेलाडीसहित आइतबार नेपाली टोली घोषणा गरेको हो। कुल २३ सदस्यीय नेपाली टोलीमा पाँच जना नयाँ छन्। छनोटको समूह ‘एफ’ मा रहेको नेपालले गत नोभेम्बरमा आफ्नो पाँचौं खेल मलेसियासँग खेलेको थियो।

उक्त टोलीका सात खेलाडी लाओससँगको खेलमा समावेश छैनन्। एरिक विष्ट, अञ्जन विष्ट र लाकेन लिम्बूजस्ता अनुभवी खेलाडी यसपालि टोलीमा छैनन्। गोलकिपर दीप कार्की, दिनेश हेञ्जन, कुशल देउवा र सुवास बम पनि लाओस भ्रमण गर्ने टोलीमा छैनन्।

नवनियुक्त मुख्य प्रशिक्षक गुग्लिएल्मो एरिनाले उनीहरूलाई टोलीमा राखेनन्। एरिक सर्जरीपछि आराम गरिरहेका छन्। लाकेनले कम्बोडिया प्रिमियर लिग खेल्दै छन्। अञ्जन भने पछिल्ला समय लयमा देखिएका छैनन्। सुवासले नेपाली यु–२० टोलीबाट राम्रो खेलिरहेका छन्।

माल्दिभ्समा जारी साफ यु–२० च्याम्पियनसिपमा सुवासले दुई गोल गरिसकेका छन्। नेपाली युवा टोली सेमिफाइनलमा पुगेको छ। त्यसैले पनि उनी सिनियर टोलीमा अटाउन सकेनन्। प्रशिक्षक एरिनाले युवा मिडफिल्डर पेम्बा, मिलन राई, युवराज खड्का, रोमन भुजेल र गोलकिपर योगेश धिमाललाई पहिलोपल्ट अवसर दिएका छन्।  पेम्बाले त्रिभुवन आर्मी क्लब, मिलन राईले चर्च ब्वाइज युनाइटेड, युवराजले एपिएफ तथा रोमन र योगेशले प्लानिङ ब्वाइज युनाइटेडबाट व्यावसायिक फुटबल खेल्छन्।

उनीहरूले हाल स्थगित राष्ट्रिय लिगमा राम्रो प्रदर्शन गरेका थिए। सोही प्रदर्शनका आधार इटालियन प्रशिक्षक एरिनाले उनीहरूलाई राष्ट्रिय टोलीमा नै अवसर दिएका छन्। उनले चैत १ गते ४९ खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाएका थिए। नेपाल एसियन कप छनोटबाट दोस्रो चरणमा पुग्ने सम्भावनाबाट बाहिरिसकेको छ।

अब नेपालले आगामी मार्च ३१ गते लाओससँग खेल्दै छ। नेपाली टोली शनिबार नै त्यसतर्फ प्रस्थान गरिसकेको छ। गोलकिपर किरणकुमार चेम्जोङको कप्तानीमा रहेको नेपाली टोलीमा अभिषेक लिम्बू, आदित्य शाक्य, अनन्त तामाङ, आयुष घलान, विमल पाण्डे, विशाल सुनार, दीपेश गुरुङ, जिलेस्पीजंग कार्की, कृतीशरत्न छुन्जु, मणिकुमार लामा, मनीष डाँगी, मिलन राई, पेम्बादोर्जे लामा, रोहन कार्की, रोहित चन्द, रोमन भुजेल, सनिस श्रेष्ठ, सुमन श्रेष्ठ, सुमित श्रेष्ठ, योगेश धिमाल, योगेश गुरुङ र युवराज खड्का छन्।
अर्को समाचार
नेपाली फुटबल टोलीमा तीन नयाँ अनुहार
२५ कार्तिक २०८०
•
३ मिनेट पाठ
नेपाली फुटबल टोलीमा तीन नयाँ अनुहार
पोर्चुगलमा व्यावसायिक फुटबल खेल्दै आएका निसान हमाल ठकुरीसहित तीन नयाँ खेलाडीले नेपाली राष्ट्रिय फुटबल टोलीमा स्थान बनाएका छन्।




नेपालले यसै महिनाको अन्त्यमा संयुक्त अरब इमिरेट्स (युएई) सँग फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरण र एएफसी एसिया कप २०२७ को छनोट खेल्दै छ। त्यसका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार तीन नयाँ अनुहारसहित २३ सदस्यीय नेपाली टोली घोषणा गरेको हो।

मिडफिल्डर निसान हमाल ठकुरी, डिफेन्डर योगेश गुरुङ र फरवार्ड राजेश परियारले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन्। निसानले पोर्चुगलमा त्यहाँको स्थानीय टोली नेपजुम क्लबबाट खेल्दै आएका थिए। बागलुङका निसानले सीधै ट्रायल दिए र राष्ट्रिय टोलीमा पनि स्थान बनाउन सफल रहे।
योगेशले थ्री स्टार र राजेशले एनआरटीबाट ‘ए’ डिभिजन फुटबल खेलेका थिए। नेपालले दोस्रो चरणको पहिलो खेलमा नै बलियो टोली युएईविरुद्ध खेल्दा महत्वपूर्ण डिफेन्डर अनन्त तामाङ हुने छैनन्। अभ्यासका क्रममा घुँडामा चोट लागेपछि उनले खेल गुमाउने भएका हुन्। यद्यपि, नेपाली टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले उनलाई टोलीमा फर्काउन सक्ने सम्भावनाबारे चिकित्सकसँग थप जानकारी लिने बताए।

दोस्रो चरणको छनोटको समूह ‘एच’ मा नेपालसहित युएई, बहराइन र यमन छन्। नेपालले समूहको पहिलो खेलमा नै फिफा वरीयतामा ६९औं स्थानमा रहेको बलियो टोली युएईको सामना गर्न लागेको हो।

नेपालले युएईसँग एक मात्र खेल सन् १९८४ मा खेलेको थियो। उक्त मैत्रीपूर्ण खेलमा नेपाल ११–० को फराकिलो हार सामना गर्न बाध्य भएको थियो। यद्यपि, नेपालका प्रशिक्षक एनेसले युएईसँग खराब रेकर्ड भए पनि यस पटक राम्रो फुटबल खेल्ने प्रयास रहने विश्वास व्यक्त गरेका छन्।

नेपाली टोलीको तीन गोलकिपरमा किरणकुमार लिम्बु (कप्तान), दीप कार्की, अभिषेक बराल छन्। डिफेन्डरमा सनिश श्रेष्ठ, रोहित चन्द, अञ्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट, छिरिङ लामा तथा मिडफिल्डरमा लाकेन लिम्बु, उत्सव राई, कृतीशरत्न छुन्जु, मनीष डाँगी र सेसेहाङ आङदेम्बे छन्।

त्यस्तै फरवार्डमा अञ्जन विष्ट, आयुष घलान, जिलेस्पीजंग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट छन्। नेपालले आगामी कात्तिक ३० गते घरेलु टोली युएईको सामना गर्नेछ। त्यसका लागि नेपाली टोली आइतबार युएई प्रस्थान गर्दै छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार एक कार्र्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले टिोलीको बिदाइ गरे। राखेप सदस्यसचिव घिसिङले टिम स्पर्धाका खेल फुटबल र क्रिकेटबाट नेपाली खेल समर्थक र सरकारले धेरै आशा गरेको उल्लेख गर्दै युएई बलियो टोली भए पनि सुखद नतिजा ल्याउनेमा आफू पूर्ण विश्वस्त रहेको बताए।

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले बलियो टोलीसँग प्रतिस्पर्धा गर्ने भए पनि राम्रो तयारी गरिरहेको बताए। उनले बलिया टोलीविरुद्ध आफ्नो उत्कृष्ट प्रदर्र्शन गर्ने पनि विश्वास व्यक्त गरेका छन्।

तयारी क्रममा उनले घरेलु टोलीसँग केही अभ्यास खेल पनि खेलेको बताए। अनुभवी फुटबलर अञ्जन विष्टले पर्याप्त एक्सपोजर नपाए पनि बलिया टोलीविरुद्ध राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन्। जित या टोलीको उत्कृष्ट प्रदर्शन गर्छौं भन्ने आशासहित युएई जाने लागेको अञ्जनको भनाइ छ। युएईसँगको खेललगत्तै नेपाल समूहको दोस्रो खेल खेल्न स्वदेश फर्किनेछ।

नेपालले मंसिर ५ मा घरेलु मैदानमा यमनसँग खेल्नेछ। यो समूहमा नेपाल, युएई, यमन र बहराइन छन्। पहिलो चरणमा नेपालले लाओस तथा यमनले श्रीलंकालाई हराउँदै दोस्रो चरणको यात्रा तय गरेका हुन्। यता, युएई र बहराइनले भने फिफा वरीयताको आधारमा सीधै दोस्रो चरणमा स्थान बनाएका थिए। 
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस