नेपाल र भारतका खेलाडीले चुनौती प्रस्तुत गर्ने सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबल टेनिस प्रतियोगिता फागुनको दोस्रो सातादेखि हुने भएको छ।
ललितपुर टेबल टेनिस क्लबको आयोजना तथा कन्सेप्ट मेकर्जको व्यवस्थापन फागुन १२ देखि १७ गतेसम्म उक्त प्रतियोगिता हुन लागेको हो। आयोजक क्लबले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो।
सोही अवसरमा प्रतियोगिताका लागि आयोजकले पूर्णशंकर श्रेष्ठका साथै दुई संस्था नेपाली घर र सांग्रिला विकाश बैंकसँग प्रायोजनसम्बन्धि सम्झौता गरेको थियो। नेपाली भान्सा घरका अपरेसन म्यानेजर सुजन तन्डुकार र पूर्णशंकर श्रेष्ठसँग ललितपुर टेबलटेनिस क्लबका उपाध्यक्ष नीरज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। सोही अवसरमा सांग्रिला बैंकसँग पनि सम्झौता भएको थियो।
प्रतियोगिताका खेलहरू लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछन्। भारतबाट ८५ पुरुष र ४८ महिला तथा नेपालका खेलाडी गरी कुल चार सय २ जनाले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगितामा मेन्स टिम, वुमेन्स टिम, मेन्स सिंगल, वुमेन्स सिंगल, मेन्स भेट्रान सिंगल्स (४० वर्षमाथि), वुमेन्स भेट्रान सिंगल्स (४० वर्षमाथि), मेन्स भेट्रान्स सिंगल्स (५५ वर्षमाथि), यु–१६ ब्वाइज र यु–१६ गर्ल्स सिंगल्स गरी कुल ९ स्पर्धामा प्रतिस्पर्धा हुने तय भएको छ। नेपालको टेबल टेनिस इतिहासमा नै पहिलोपल्ट ठूलो धनराशि (पाँच लाख २३ हजार रूपैयाँ) पुरस्कार भएको प्रतियोगिता हुन लागेको आयोजकको दाबी छ।
मेन्स/वुमेन्स टिम स्पर्धामा शीर्ष तीन स्थानका टोलीले (दुवै सेमिफाइनलिस्ट) क्रमशः ५० हजार, २५ हजार र समान १० हजार रूपैयाँ प्राप्त गर्नेछन्। मेन्स/वुमेन्स सिंगल्स स्पर्धामा शीर्ष तीन स्थानमा रहने खेलाडीले पनि क्रमशः ५० हजार, २५ हजार र समान १० हजार रूपैयाँ पाउने आयोजकले जनाएको छ।
यु–१६ सिंगल्सतर्फ पहिलो, दोस्रो र तेस्रो हुने (दुई सेमिफाइनलिस्ट) खेलाडीले क्रमशः २० हजार, १० हजार र समान पाँच हजार तथा भेट्रान्सतर्फ पहिलो, दोस्रो र तेस्रो हुने दुई खेलाडीले भने क्रमशः १० हजार, पाँच हजार र समान तीन हजार नगद पुरस्कार पाउने भएका छन्। प्रतियोगिताको मुख्य प्रायोजकमा सम्झना ल्याबोरेटोरी क्लिनिक प्रालि र पूर्णचन्डी ललितपुर छ।