राशिद खान: शरणार्थीदेखि अफगानिस्तानको विश्वकप योद्धासम्म
१४ असार २०८१
•
४ मिनेट पाठ
राशिद खान: शरणार्थीदेखि अफगानिस्तानको विश्वकप योद्धासम्म
आईसिसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा पराजित भएसँगै अफगानिस्तानको विश्वकप यात्रा टुङ्गिएको छ। बिहीबार दक्षिण अफ्रिकासँग ९ विकेटले पराजित हुँदै अफगानिस्तान लिगबाट बाहिरिएको हो।




पहिलोपटक विश्वकपको सेमिफाइनल यात्रा तय गरेको अफगानिस्तानले सेमिफाइनलसम्म पुग्न अस्ट्रेलिया, बङ्गलादेश र न्यूजिल्यान्डजस्ता टीमलाई पराजित गर्दै इतिहास रच्न सफल भयो। जसको चर्चा पनि विश्वस्तरमा अझैपनि भइ नै रहेको छ।  

अफगानिस्तानको विश्वकप यात्रालाई अविस्मरणीय र ऐतिहासिक बनाउन कप्तान राशिद खानले खेलेको भूमिका बिर्सन सकिँदैन। विश्वकपमा उनले गरेको लिडरसिप र उनको प्रदर्शनले अफगानिस्तानलाई क्रिकेट क्षेत्रमा थप स्थापित गराउन सक्यो।

को हुन् अफगानिस्तानका २५ वर्षीय कप्तान राशिद खान?

चर्चाको पात्र बनेको अफगानिस्तानका कप्तान राशिद खानलाई करोडपति क्रिकेट सुपरस्टार बनाउने यात्रा पाकिस्तानको पेशावर सहरमा बसोबास गर्ने शरणार्थीका रूपमा अत्यन्तै निराशाजनक परिस्थितिमा सुरु भयो।

यद्यपि आफ्ना लेग स्पिन चालहरूका साथ लोकप्रिय फ्रेन्चाइजी क्रिकेटरका रूपमा २५ वर्षीय खानले अहिले यति सम्पत्ति कमाएका छन् कि जुन उनको परिवार अफगानिस्तानको युद्धबाट भागेको समय अकल्पनीय थियो।

पैसा कमाउने इन्डियन प्रिमियम लिग (आइपिएल) मा भएको पछिल्लो सम्झौताले उनलाई अनुमानित १८ लाख डलर आम्दानी भएको छ। उनीसँग दुबई र शारजहाँमा घर भएको दाबी पनि गरिएको छ।

पाकिस्तानमा प्रारम्भिक वर्षहरूमा उनलाई क्रिकेट सिकाउने प्रशिक्षकको महानता नै उनको भाग्यमा थियो।

‘राशिदसँग एउटा आशिर्वादको दाहिने हात छ, जसबाट उनी विश्वस्तरीय बलिङ गर्छन्’, राशिदका खेलकुद शिक्षक अली होटीले भने, ‘उनको ध्यान, प्रतिबद्धता र प्रतिभा अनुकरणीय थियो र उनी अहिले पाकिस्तान र अफगानिस्तानका सीमामा रोल मोडेल छन्।’

एघार छोराछोरीमध्येका एक राशिद र उनको परिवारले अफगानिस्तानको युद्धको उथलपुथलबाट छिमेकी पाकिस्तानको सापेक्षिक सुरक्षासम्म कठिन मार्ग अपनाएको थियो। उनका बुबाआमाको पूर्वी प्रान्त नान्गाहारमा टायर कम्पनी थियो।

युवा राशिदको शिक्षा पनि उनलाई ग्रहण गरिएको घरमा भयो र उनले पेशावरको इस्लामिया कलेजमा कम्प्युटर साइन्स पढे।

‘क्रिकेट ट्रायलका क्रममा हामीले राशिदमा धेरै प्रतिभा देख्यौँ, त्यसैले हामीले उनलाई कम्प्युटर साइन्समा भर्ना गरायौँ, उनी राम्रो विद्यार्थी पनि थिए र सन् २०१३ मा उनको करियर सुरु भएको थियो’, ३९ वर्षीय होटीले भने।

थोरै शब्द मात्र बोल्ने नम्र किशोर राशिदले शानदार प्रदर्शन गर्दै एक खेलमा शतक बनाए र आफ्नो टिमलाई स्थानीय कलेजिएट फाइनलमा पुर्याउन सफल भए।

‘राशिद बलरभन्दा राम्रो ब्याटर थिए। तर, पछि उनले लेग–ब्रेकको कौशल विकास गरे र आफ्नो ध्यानसँगै राम्रो सफलता हासिल गरे’, होटीले भने, ‘उनको सबैभन्दा राम्रो विशेषता खेलको अवस्था बुझ्नु थियो।’

पाकिस्तानका पूर्वकप्तान राशिद लतिफ, इन्जमाम–उल–हक र तीव्र बलर कबिर खानले टिमको सुरुआती वर्षहरूमा अफगानिस्तानलाई प्रशिक्षण दिएपछि राशिदलाई ठूलो अन्तर्राष्ट्रिय ब्रेक प्राप्त भयो।

होटीले भने, ‘अफगानिस्तानको टोली सन् २०१४ मा पेशावर आयो र केही खेल खेल्यो, ती खेलमा राशिदको खेलले सबैको ध्यान आकर्षित गर्यो र बाँकी इतिहास हो।’

सन् २०१५ मा पदार्पण गरेपछि राशिदले करिब दुई सय एक दिवसीय अन्तर्राष्ट्रिय र टि–२० खेलिसकेका छन्।

उनले अफगानिस्तानका पाँच टेस्ट म्याचमा भाग लिएका छन्। सन् २०१८ को उनको डेब्यु बिर्सनलायक थियो। किनकि भारतले पराजित गरेको एक पारीमा उनलाई एक सय ५४ रनमा दुई विकेट हात लागेको थियो।

तथापि उनलाई मात्र २० वर्षको उमेरमा सबैभन्दा कम उमेरको टेस्ट कप्तान बन्न रोकेन र उनको अन्तर्राष्ट्रिय करियरले अहिलेसम्म कूल तीन सय ६९ विकेट लिएको छ।

टि–२० फ्रेन्चाइजी क्रिकेटरका रूपमा उनले गुजरात टाइटन्सलाई सन् २०२३ मा आइपिएल उपाधि दिलाउन सहयोग गरे भने लाहोर कलन्दर्सलाई सन् २०२२ र सन् २०२३ मा पाकिस्तान सुपर लिगमा लगातार उपाधि दिलाउन मार्गदर्शन गरे।

कलन्दर्सका प्रमुख अपरेटिङ अफिसर समिन राणाले राशिदलाई ‘टिम म्यान’ का रूपमा प्रशंसा गर्छन्। ‘मेरा लागि राशिद विनम्र मात्र नभएर सबैभन्दा निस्वार्थ व्यक्ति पनि हुन् र उनको कामको नैतिकता अर्को स्तरको हो किनकि उनी टिमका लागि अतिरिक्त यार्ड राख्न कहिल्यै पछि हट्तैनन्, उनका लागि टिम पहिला आउँछ’, उनले भने।

उनको आक्रामक कप्तानीले अफगानिस्तानको बिर्सन नसकिने सन् २०२४ को विश्वकपले धेरैको मन जितेको छ भने धेरैको ध्यान पनि आफूतिर तानेको छ।
अर्को समाचार
भारत-पाकिस्तान डब्ल्यूसीएल खेल रद्द : धवन र अफ्रिदीबिच ‘वाकयुद्ध’
०५ साउन २०८२
•
२ मिनेट पाठ
भारत-पाकिस्तान डब्ल्यूसीएल खेल रद्द : धवन र अफ्रिदीबिच ‘वाकयुद्ध’
विश्व च्याम्पियनसिप अफ लेजेन्ड्स (डब्ल्यूसीएल) २०२५ मा आइतबारका लागि तय भएको भारत र पाकिस्तानबिचको बहुप्रतिक्षित खेल रद्द भएको छ। यो निर्णय पहलगाममा भएको आतंककारी हमलापछि उत्पन्न भारत–पाकिस्तानबिचको भूराजनैतिक तनावका कारण भारतीय खेलाडीले खेल्न अस्वीकार गरेका हुन्। 




आइतबार बिहान डब्ल्यूसीएलले आफ्नो एक्समार्फत् भारत–पाकिस्तान खेल रद्द गरिएको जानकारी दिएको हो । विज्ञप्तिमा लिगले भनेको छ, ‘हामीले सधैं क्रिकेटलाई माया गरेका छौं। हाम्रो एकमात्र उद्देश्य प्रशंसकका लागि खुशीका पल सिर्जना गर्नु थियो। पाकिस्तान हक्की टोली यो वर्ष भारत आउने समाचार र हालैको भारत–पाकिस्तान भलिबल खेललगायत अन्य खेलमा दुई राष्ट्रबिचको भेट देखेर हामीले डब्ल्यूसीएलमा भारत–पाकिस्तान खेल आयोजना गर्ने सोचेका थियौं। तर, यस प्रक्रियामा हामीले धेरैको भावनामा चोट पुर्‍यायौं र भारतीय क्रिकेट दिग्गजलाई असहज बनायौं। लिगले यसबाट प्रभावित सबैसँग माफी मागेको छ।’

पहलगाममा भएको आतंककारी हमलामा २६ पर्यटकको ज्यान गएको थियो। त्यसपछिको भारत–पाकिस्तान द्वन्द्वका कारण शिखर धवन, हरभजन सिंह, सुरेश रैना, इरफान पठान र युसुफ पठानजस्ता भारतीय खेलाडीले पाकिस्तानविरुद्ध खेल्न अस्वीकार गरेका थिए।

डब्ल्यूसीएलको यो बयानअघि शनिबार राति पूर्व भारतीय क्रिकेटर शिखर धवनले आफ्नो एक्स खातामा एक पोस्ट साझा गरेका थिए। त्यसमा उनले डब्ल्यूसीएल आयोजकलाई पठाएको इमेलको स्क्रिनसट राखेका थिए। उक्त इमेलमा उनले स्पष्ट रूपमा पाकिस्तानविरुद्ध खेल्न नसक्ने बताएका थिए। धवनले क्याप्सनमा लेखे, ‘म अझै पनि मे ११ मा चालेको कदममा अडिग छु। मेरो देश मेरो लागि सबैथोक हो र मेरो देशभन्दा ठूलो केही छैन।’

यस घटनाले पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदीले पनि प्रतिक्रिया दिएका छन्। अफ्रिदीले क्रिकेटलाई राजनीतिबाट टाढा राख्नुपर्ने आफ्नो पुरानो अडान दोहोर्‍याएका छन्। उनले भने, ‘केही गर्न चाहने समुदाय अगाडि बढ्छ। तिनीहरू साना कुरामा अल्झिंदैनन्। देशका लागि राम्रो राजदूत बन्नुपर्छ, लज्जास्पद कारण होइन।’ उनले थपे, ‘तिमीले यहाँ आउनुअघि नै पाकिस्तानविरुद्ध खेल्न नचाहने कुरा बताउनुपर्थ्यो। तिमी (भारतीय खेलाडी) यहाँ आएर अभ्यास गर्‍यौँ र एक दिनभित्रै खेल्न अस्वीकार गर्‍यौँ।’

२०२५ को विश्व च्याम्पियनशिप अफ लेजेन्ड्सको सिजन शुक्रबार बर्मिंघमको प्रतिष्ठित एजबास्टन रंगशालामा इङ्ग्ल्याण्ड च्याम्पियन र पाकिस्तान च्याम्पियन बिचको भिडन्तबाट सुरु हुनेछ।

यो टुर्नामेन्टमा भारत, पाकिस्तान, अस्ट्रेलिया, इङ्ग्ल्याण्ड, वेस्ट इन्डिज र दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर सहभागी छन्। यो जुलाई १८ देखि अगस्ट २ सम्म बेलायतका चार स्थानहरूमा आयोजना हुनेछ।

प्रतियोगिताको लिग चरणमा १५ खेल हुनेछन्, जसमा प्रत्येक टोलीले अर्को टोलीसँग एक पटक खेल्नेछ। लिग चरण समाप्त भएपछि, शीर्ष चार टोलीहरू सेमिफाइनलमा प्रवेश गर्नेछन्। फाइनल अगस्ट २ मा हुने तालिका छ।भारतले गत वर्षको पहिलो संस्करणको फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराएर उपाधि जितेको थियो।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ९ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock १० घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस