बेनीमा ‘म्याग्दी कप’ सुपर लिग फुटबल प्रतियोगिता सुरू
०१ चैत्र २०७९
•
२ मिनेट पाठ
बेनीमा ‘म्याग्दी कप’ सुपर लिग फुटबल प्रतियोगिता सुरू
सदरमुकाम बेनीस्थित खुल्ला मञ्चमा बुधबारदेखि सुरु हुने ‘म्याग्दी कप’ सुपर लिग फुटबल प्रतियोगिता सुरु भएको छ। म्याग्दी कप २०७९ व्यवस्थापन समितिको आयोजना र जिल्ला फुटबल संघको सह–आयोजनामा चैत १ गतेदेखि १० गतेसम्म सञ्चालन हुने लिग फुटबल प्रतियोगिताको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रेशम जुग्जालीले उद्घाटन गरे।




प्रमुख अतिथि जुग्जालीले खेलकुद क्षेत्रको विकासका लागि पूर्वाधारको अनिवार्य आवश्यक पर्ने बताए। ‘खेलकुदको पूर्वाधार भए खेलाडीलाई सहज हुन्छ, जिल्लाभित्रका अलपत्र योजनामा खेलमैदान समेत छन्,पूर्णता दिन निरन्तर ताकेता गरिरहेको छु’ मन्त्री जुग्जालीले भने।सोही अवसरमा बेनी नगरपालिकामा मेयर सुरत केसीले नियमित बजेटबाट खेलकुद क्षेत्रको विकास सम्भव नभएकाले पहुँचबाटै बजेट ल्याउनुपर्ने बताए। 

उनले नगरपालिकाको प्रयासमा सदरमुकाम बेनीको खेलमैदानको काम भइरहेपनि पर्याप्त बजेट नभएको बताए। सोही अवसरमा प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले खेलकुद  गतिविधिलाई मर्यादित र खेलमैत्री बनाउनुपर्ने बताए। उद्घाटन समारोहमा गण्डकी प्रदेश सांसद हरि भण्डारी, बिमला गौचन, बेनी नगरपालिकाका  प्रवक्ता रमेशकुमार श्रेष्ठ, कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा लगायत जिल्लाका सरकारी निकायका प्रमुख तथा प्रतिनिधि, खेलाडीको उपस्थिति रहेको थियो। 

उद्घाटन कार्यक्रमको अध्यक्षता म्याग्दी कपका संयोजक बिक्रम सुबेदी, स्वागत जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी र सञ्चालन पत्रकार कृष्ण जिसीले गरेका थिए। म्याग्दीमा पहिलो पटक सुरु भएको लिग खेल १० दिनसम्म सञ्चालन हुने छ। 

आमन्त्रित म्याग्दी जिल्ला लिग फुटबल प्रतियोगितामा १० क्लबको सहभागिता रहेको म्याग्दी कप व्यवस्थापन समितिका अध्यक्ष विक्रम सुवेदीले बताए। प्रतियोगितामा समूहबाट विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्ने छन्।सेमिफाइनलमा समूह ए को विजेता र समूह वि को उपविजेता र समूह वि को विजेता र समूह ए को उपविजेता बिच प्रतिस्पर्धा हुनेछ। 

म्याग्दी कप लिगमा प्रथम हुनेले एक लाख २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने छ भने द्धितिय हुनेले ७० हजारसहित मेडल र प्रमाणपत्रले पुरस्कृत गरिने छ। लिग फुटबल प्रतियोगितामा अनुशासित क्लब र उत्कृष्ट खेलाडीलाई नगद १० हजार र ट्रफी, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई जनही ७ हजार ५०० रुपैयाँ र ट्रफी, बेष्ट युवा खेलाडीलाई ५ हजार रुपैयाँसहित ट्रफी र म्यान अफ द खेलाडीलाई नगद २ हजारसहित ट्रफीले पुरस्कृत गरिने छ। 
अर्को समाचार
म्याग्दीमा पहिलोपटक लिग फुटबल आयोजना हुने, १० टिम सहभागी
१८ फागुन २०७९
•
२ मिनेट पाठ
म्याग्दीमा पहिलोपटक लिग फुटबल आयोजना हुने, १० टिम सहभागी
म्याग्दीमा पहिलोपटक लिग फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। म्याग्दी कप फुटबल ब्यवस्थापन समितिको आयोजना र जिल्ला फुटबल संघ म्याग्दीको सह–आयोजनामा सुपर लिग फुटबल प्रतियोगिताको अवधारणमा आगामी चैत्र १ देखि १० गतेसम्म खुल्लामञ्च बेनीमा प्रतियोगिता हुने भएको हो।




बिहिबार आयोजकले गरेको पत्रकार सम्मेलनमा जिल्लाभित्रका फुटबल प्रतिभाको पहिचानमा समेत सघाउने उद्देश्यले गरिएको ब्यवस्थापन समितिका अध्यक्ष बिक्रम सुबेदीले बताए। उनले प्रतियोगितामा म्याग्दीका ८ र छिमेकी पर्वत जिल्लाका २ क्लवलाई सहभागिताका लागि निमन्त्रणा गरिएको बताए। ‘फुटबल खेलाडीलाई यो अवसर हो,‘अब नियमित लिग खेलको वातावरण बन्दैछ’ संयोजक सुबेदीले भने। प्रतियोगितामा एउटा क्लवले बाहिरी जिल्लाका ३ खेलाडीलाई सहभागी गराउन पाइने छ। एउटा क्लवले  लिग चरणका ४ खेल खेल्न पाउने छ।

पत्रकार सम्मेलनमा बेनी नगरपालिकाका कार्यपालिका सदस्य एवम् जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष कृष्णकुमार विश्वकर्माले लिग प्रतियोगिता जिल्लाको फुटबल क्षेत्रमा कोशेढुंगा सावित हुने छ। अखिल नेपाल फुटबल संघ (एन्फा)को सदस्यताका लागि समेत अव निब्रत गतिमा काम हुने विश्वकर्माले बताए। प्रतियोगिताका कुल १० लाख आर्थिक संकलन गरी प्रतियोगिताको समापन लगत्तै अर्कोपटकको आयोजकलाई खेलबाट बचत भएको आर्थिक सहित जिम्मेबारी हस्तान्तरण गरिने उनले बताए। विगतमा एन्फाको सदस्य बन्न म्याग्दीबाट गरिएको प्रयासहरू विभिन्न अवरोध र तयारीमा भएको कमीले असफल भएकाले यसपटक लिग प्रतियोगितामा आवद्ध भएका क्लवलाई समेटेर थप प्रक्रियामा समेत जाने तयारी भइरहेको छ।

प्रतियोगिताको अवसरमा जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष एवम् बेनपा ७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, जिल्ला फुटबल संघ म्याग्दीका अध्यक्ष दिलिप बुढाथोकी लगायत क्लवका पदाधिकारी सहितको उपस्थिती रहेको थियो। प्रतियोगितामा प्रथम, द्धितियले क्रमश १ लाख १५ हजार, उपविजेताले ७० हजार, मेडल र प्रमाणपत्र, उत्कृष्ट खेलाडीलाई १० हजार, उत्कृष्ट गोलरक्षक ७ हजार ५ सय, सर्वाधिक गोलकर्ता ७ हजार ५ सय, उत्कृष्ट यूवा खेलाडीले ५ हजार र ट्रफी प्राप्त गर्ने जिल्ला फुटबल संघ म्याग्दीका सचिव कुमार बानियाँले बताए। प्रतियोगिताका हरेक खेलमा म्याद अफ दी म्याच घोषित खेलाडीले २ हजार नदग र अनुशासित टिमले १०  हजार नगद प्राप्त गर्ने छ। प्रतियोगितामा प्रति क्लव दर्ता शुल्क २० हजार र धरौटी २ हजार निर्धारण गरिएको छ।  
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस