रित्तिँदै गाउँ
०७ कार्तिक २०८३
•
६ मिनेट पाठ
रित्तिँदै गाउँ
तस्बिर: नगेन्द्र उपाध्याय/नागरिक
बराहताल गाउँपालिका–३ गाइनेकाँडाका रत्नप्रसाद जिसी चार पुस्तादेखिको थातथलो छोड्ने तयारी गर्दैछन्। थातथलो छोड्नु अघि जिसीले पालेका खसी–बाख्रा दसैँ अगाडि बिक्री गरे। बिक्री नभएका पशु चौपाया आफन्तको जिम्मा लगाए। अब उनीसँग एक कुकुर मात्रै बाँकी छ।    




मंसिरको पहिलो साता जिसी परिवार यो ठाउँ छोड्दैछ। ‘हेर्दाहेर्दै चार पुस्ताको सम्झना छोडेर जानुपर्ने अवस्था आयो,’ जिसीले भने, ‘यो ठाउँ छोडेर जानुपर्ला सोचेकै थिइनँ, परिस्थितिले यस्तै बनायो।’ जिसीका दुई छोरा र तीन छोरी छन्। दुई छोरा काठमाडौंमा काम गर्छन्। छोरीहरूको विवाह भइसकेको छ। दसैँको दिन पनि उनको घर सुनसान थियो। श्रीमती नवीनासँग दसैँको दिन उनी एक डोको कपडा बोकेर एक घण्टा टाढा पर्ने बर्दिया राष्ट्रिय निकुञ्जभित्रको धारापानी धुन जाँदै थिए।

‘छोराहरूले दसैँमा आउँदा धेरे खर्च लाग्छ, तपाईँहरूनै ठाउँ छोडेर काठमाडौं आउनुहोस् भनेका थिएँ,’ उनले भने, ‘व्यवहार मिलाउँदा मिलाउँदै दसैँ आयो, हामी पनि जान पाएनौं, सन्तान पनि आएनन्।’ उनको एक परिवारलाई अन्न उब्जाउन पुग्ने जमिन छ। खसी–बाख्रा र पशुधन पाल्नका लागि प्रशस्त जमिन र जंगल छ। थातथलो छोड्नुअघि उनले जमिन बिक्री गर्न खोजेका थिए। ‘कसैले जमिन किनेनन्,’ उनले भने, ‘अहिलेको बसाइँसराइ हेर्दा केही वर्षपछि यहाँ कोही हुने छैनन्।’ बस्ती छोडेर गएकाहरूका घर खण्डहर बनेका छन्। जमिन झार जंगलले ढोकेको छ।  

जिसी परिवार कालिकोटको लालुबाट २०२२ सालमा यहाँ बसाइँ सरेको हो। तीन पुस्ताले यहीँ दुःखजिलो गरेर परिवार चलायो। जिसीले खसी–बाख्रा, फलफूल, तरकारी बिक्री गरेर छोराहरूलाई कैलालीमा उच्च शिक्षासम्म पढाए। ‘उच्च शिक्षा अध्ययनपछि छोराहरू गाउँ आएनन्, काम खोज्दै राजधानी हानिए,’ उनले भने, ‘उनीहरू यहाँ आएर दुःख गर्न, भारी बोक्न सक्दैनन्, त्यहीँ भएर हामीलाई पनि सहर बोलाएका छन्।’

सुर्खेतको गाइनेकाँडा क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्जसँगै जोडिएको छ। जिसीको घरदेखि ५० मिटरको दूरीमा निकुञ्ज पर्छ। मध्यवर्ती क्षेत्रमा पर्ने यो ठाउँ हेर्दा जति सुन्दर देखिन्छ, यहाँभित्रको दुःख त्यतिधेरै छ। कर्णाली प्रदेशको राजधानीको जिल्ला भएपनि यहाँ अहिलेसम्म सडक पुगेको छैन। बिजुली बलेको छैन। खानेपानीका लागि घण्टौं हिँडेर निकुञ्जभित्र जानुपर्छ, यस्तोमा सिँचाइको कहाँ कल्पना गर्नु ? पिठ्यूँमा घण्टौं भारी नबोके गुजारा चल्दैन।

‘प्रदेश राजधानीको जिल्ला भए पनि यहाँ अहिलेसम्म सडक छैन, बिजुली–बत्ती छैन, खानेपानी छैन, उब्जाएको गहुँ, मकै पिस्नका लागि तीन घण्टा ओरालो हिँडेर कैलालीको चिसापानी धाउनुपर्छ,’ उनले गाउँका दुःख सुनाउँदै भने, ‘बिरामी हुँदा औषधि गर्ने स्वास्थ्य संस्था छैन, बालबालिका पढाउने राम्रो विद्यालय छैन।’ गाउँमा स्वास्थ्य इकाई छ, औषधि पाइँदैन्। कोही बिरामी हुँदा तीन–चार घण्टा ओरालोमा बोकेर चिसापानी पुर्याउनुपर्छ। निकुञ्जको बाटो भएर जानुपर्ने भएकाले रातिको समय जंगली जनावारको जोखिम हुन्छ। दिउँसो पनि एक्लै निकुञ्जको हिँड्न डर हुन्छ।

गाइनेकाँडाका दानबहादुर बिष्ट थातथलो छोडेर कैलालीको चिसापानीमा बसाइँ सरेको तीन वर्ष भयो। बिष्टको गाइनेकाँडामा खाद्यान्न तथा खुद्रा पसल थियो। पसल राम्रै चलिरहेको थियो। फलफूल, उच्चमूल्यका कृषि खेती गरेर राम्रै आम्दानी गर्थे। गाउँ खाली हुँदै गएपछि पसलको आम्दानी पनि घट्दै गयो। चिसापानीबाट भारी बोकेर सामान पुर्याइदिने मानिस पाउन छोडे। ‘बस्ती पातलिँदै गएपछि व्यापार पनि कम हुँदै गयो, भारी बोक्ने मानिस पनि पाउन छोडे,’ उनले भने, ‘मैले पनि गाउँ छोडेर चिसापानीमा आएर व्यवसाय सुरु गरेँ।’  

गाइनेकाँडामा केही वर्षअघिसम्म ८० घरधुरी थिए। अहिले ३५ घरधुरी मात्रै बाँकी छन्। ‘बस्ती सरेर गोठीकाँडा कोही जाँदैनन्,’ बिष्टले भने, ‘बस्ती छोडेर सहरतिर आउने हरेक वर्ष बढ्दै छन्।’ बचेका ३५ घरधुरीका पनि अधिकांशका घर कैलालीतिर छन्। ‘बाहिर घर नभएका चार–पाँच परिवार मात्रै छन्,’ उनले भने, ‘कैलालीतिर घर भएकाहरू आधा समय मात्रै गाउँमा बस्छन्।’

गाउँ छोडेर जाने तयारी गरिरहेका रत्नप्रसाद नवीना डाकोमा कपडा बोकेर एक घण्टा टाढाको धारापानी जाँदै।
गाउँमा टिमुर, अदुवा, फलफूल प्रसस्त फल्छ। उब्जनी बिक्रीका लागि डोकोमा बोकेर कैलाली धाउनुपर्छ। कुटानी–पिसानी पनि गाउँमा हुँदैन। धान, गहुँ र मकै पिस्नका लागि पनि कैलाली आउनुपर्छ। आउँदा–जाँदा आठ–नौ घण्टा समय लाग्छ। पूर्णादेवी आधारभूत विद्यालयका प्रधानाध्यापक जुगराम चौधरी नागरिकका लागि आधारभूत पूर्वाधार नहुँदा बस्ती छोड्नेक्रम बढेको बताए।  

‘सडक पूर्वाधार छैन, निकुञ्ज क्षेत्र भएकाले तत्काल सडक आउने संभावना पनि छैन, बिजुली बत्ती छैन, खानेपानी लिनका लागि निकुञ्जभित्र जोखिम मोलेर जानुपर्छ,’ उनले भने, ‘यस्तोमा दुःख गरेर गाउँमा को बस्न चाहन्छ र! बस्ती खाली हुँदैछ, उब्जाउ जमिन झारजंगलले भरिँदै छ।’ उनले उच्च मूल्यका कृषिबस्तु र पशुचौपाया पालनका लागि उर्वर भूमि भ एपनि आवश्यक पूर्वाधारको कमि हुँदा गाउँ खाली हुँदै गएको बताए। दुई वर्षअघिसम्म बर्दिया राष्ट्रिय निकुञ्जको धारापानीबाट खानेपानी लिफ्ट गरेर बस्तीमा ल्याइएको थियो। त्यो खानेपानी आयोजनाको लिफ्ट सिष्टम बिग्रिएको पनि दुई वर्ष भयो।  

गाइनेकाँडा मात्रै होइन्, नजिकका अरु बस्ती पनि खाली हुँदै गएका छन्। गाइनेकाँडाको पश्चिमतिरको राजकाँडा पनि मानव बस्तीविहीन हुँदैछ। यहाँ अहिले तीन घर मात्रै बाँकी रहेका छन्। त्यसको पश्चिमतिरको गुराँसेको बस्ती पनि पातलिँदै गएको छ। ‘नागरिकका लागि आवश्यक आधारभूत आवश्यकताहरू राज्यले पूरा गर्न नखोज्दा मध्यवर्ती क्षेत्रका वस्तीहरू पातलिँदै गएका छन्,’ उनले भने, ‘राज्यले समयमै ध्यान नदिए मध्यवर्ती क्षेत्रमा मानव बस्तीनै नभेटिने अवस्था आउन सक्छ।’  

बस्ती पातलियो, विद्यार्थी घटे

पाँच वर्षअघि गाइनेकाँडाको पूर्णादेवी आधारभूत विद्यालयमा झण्डै एक सयको हाराहारीमा विद्यार्थीहरू थिए। चालु शैक्षिकसत्रमा यहाँ विद्यार्थीको संख्या १६ जना मात्रै छ।  

विद्यालयका प्रधानाध्यापक जुगराम चौधरीका अनुसार हरेक वर्ष विद्यार्थीको संख्या ओरालो लाग्दैछ। ‘बस्ती पातलिँदै गयो, विद्यार्थीहरू पनि घट्दै गए,’ प्रधानाध्यापक चौधरीले भने, ‘यस्तै अवस्था रह्यो भने दुई–तीन वर्षमा एक जना पनि विद्यार्थी हुँदैनन्।’  

प्रअ चौधरीका अनुसार २०७९ सालमा उनी उक्त विद्यालयमा जाँदा ३५ जना विद्यार्थी थिए। अघिल्लो शैक्षिकसत्रमा त्यो संख्या घटेर २६ पुग्यो। चालू शैक्षिकसत्रमा १७ जना विद्यार्थी छन्। बालविकासदेखि कक्षा पाँचसम्म पढाइ हुने यो विद्यालयमा हाल कक्षा पाँच, तीन, दुई र एकमा चार–चार जना विद्यार्थी भर्ना भएका छन् भने बालविकासमा एक जना विद्यार्थी छन्। कक्षा चारमा विद्यार्थी छैनन्। ‘अर्को शैक्षिकसत्रमा बढीमा १० जना विद्यार्थी हुन्छन् होला,’ उनले भने, ‘बालविकासमा विद्यार्थी नै छैनन्, अनि कसरी विद्यार्थीको संख्या बढ्ला र !’

गाउँ छोडेर गएपछि खण्डहर बनेका घरहरू।
उनले गाइनेकाँडाबाट बसाइँसराइ गरेर बाहिर जानेको संख्या बढ्दै गएको तथा रोजगारीका लागि देशबाहिर र सहरतिर रहेकाहरूले आफ्ना बालबालिका पढाउन सहरतिथर लगेर गएकाले विद्यार्थीको संख्या घट्दै गएको बताए। ‘ठाउँ त स्वर्ग हो, तर सडक पूर्वाधार नहुँदा बसाइँसराइ उच्च छ, कमाउन देशबाहिर र सहरतिर गएकाहरू आफ्ना सन्तानलाई गाउँमा राख्न चाहँदैनन्,’ उनले भने, ‘सडक भइदिए बसाइँसराइ रोकिन्थ्यो, स्कुलमा बालबालिकाहरू पनि थपिन्थे।’
अर्को समाचार
बाँदर आतंकले रित्तिँदै गाउँ : खेतीयोग्य जमिन झाडीमा परिणत
११ चैत्र २०८२
•
२ मिनेट पाठ
बाँदर आतंकले रित्तिँदै गाउँ : खेतीयोग्य जमिन झाडीमा परिणत
बाँदरले दुःख दिन थालेपछि भोजपुरमा खेतीयोग्य जमिन बाँझो हुने क्रम बर्सेनि बढेको छ। 




बाँदरबाट अन्नबाली जोगाउन नसक्ने अवस्था भएपछि किसानहरू खेतीपाती छाड्न बाध्य भएका छन् भने कतिपय परिवारले वैकल्पिक रोजगारी र सुरक्षित बसोबासको खोजीमा बसाइँसराइ रोजेका छन्। बाँदरको दुःख कम नभएपछि ग्रामीण बस्तीहरू क्रमशः सुनसान बन्दै गएका हुन्।

स्थानीय कृषकका अनुसार बाँदर समूहमा आउने र पाक्नै लागेको बाली लक्षित गरी आक्रमण गर्ने गर्छन्। खेत वरिपरि कराउँदै हल्ला गरे पनि केही समयपछि पुनः फर्किने भएकाले नियन्त्रण गर्न झन् कठिन भएको छ। कतिपयले डर देखाउने आकृति बनाएका छन्। खेतबारीको डिलमा कटेरा बनाएर पालैपालो खेत कुर्ने प्रयास गरे पनि दीर्घकालीन समाधान हुन सकेको छैन।

विशेषगरी मानेभञ्याङ क्षेत्रअन्तर्गत पर्ने रामप्रसादराई गाउँपालिका-५ (साविक वडा नं. ८ र ९) मा बाँदरको समस्या ठुलो छ। स्थानीय जगतबहादुर तामाङका अनुसार यस क्षेत्रका करिब ९८ प्रतिशत बासिन्दा बसाइँ सरेपछि गाउँ रित्तो जस्तै भएको छ।

‘पहिले खेतबारीमा चहलपहल हुन्थ्यो, अहिले घरका ढोका बन्द छन्, आँगनमा झार उम्रिएको छ’, उनले भने। अर्चले, भोर्लेनी, दमाईछाँप, गुराँसे राणागाउँ, थाक्ले र मोहोरियालगायतका बस्तीहरूमा अहिले अधिकांश घरहरू जीर्ण र खाली अवस्थामा छन्। एक समय हराभरा देखिने खेतबारी बाँझै छाडिएका छन्। खेतका कान्ला र पाखाहरू झाडीले ढाक्न थालेका छन् भने कतिपय स्थानमा बारी नै जङ्गलमा परिणत हुन थालेको छ। उत्पादनमुखी जमिन उपयोगविहीन बन्दै जाँदा स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष असर परेको छ।

किसानहरूका अनुसार मकै, कोदो, फापर, गहुँ, आलु तथा तरकारी जस्ता अन्नबाली बाँदरले नष्ट गरिदिने गरेको छ। ‘बाँदरले लगाएको बाली छिनभरमै सखाप पारिदिन्छ’, तामाङले गुनासो गरे, ‘दिनभरि खेतबारी कुरेर बस्न सकिँदैन। मेहिनत गरेर लगाएको बाली जोगाउन नसक्दा धेरैले खेती छाडे। कतिपयले त गाउँ नै छाड्नुपरेको छ।’

जिल्लाका अन्य स्थानीय तहहरूमा बाँदर समस्या उस्तै गम्भीर रहेको कृषकहरूको गुनासो छ। कृषि नै मुख्य आम्दानीको स्रोत रहेको ग्रामीण परिवारहरू आर्थिक रूपमा मारमा परेका छन्। युवापुस्ता रोजगारीका लागि बाहिरिएपछि बचेका ज्येष्ठ नागरिक र महिलामाथि खेतबारीको जिम्मेवारी थपिएको छ, तर बाँदर आतंकका कारण उनीहरू पनि निरुत्साहित भएका छन्।

स्थानीय सरोकारवालाहरूका अनुसार वनक्षेत्र नजिकका बस्तीहरूमा समस्या चर्को छ। मानवीय बस्ती घट्दै जाँदा बाँदर बाँकी रहेका बस्ती केन्द्रित बनेका छन्। दीर्घकालीन रूपमा समस्या समाधान नगरे गाउँ रित्तिँदै जाने तथा खेतीयोग्य जमिन पूर्ण रूपमा बाँझिने खतरा बढ्दै गएको किसानहरूको भनाइ छ।

बाँदर नियन्त्रणका लागि प्रभावकारी नीति निर्माण, वैज्ञानिक व्यवस्थापन, सामूहिक बाली सुरक्षा प्रणाली, क्षतिपूर्ति व्यवस्था तथा वैकल्पिक खेती प्रविधिको विकास आवश्यक रहेको स्थानीयको भनाइ छ। साथै, स्थानीय तह र सम्बन्धित निकायबिच समन्वय गरी ठोस कार्यक्रम सञ्चालन गर्नुपर्ने किसानहरूको माग छ। रासस
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस