यसरी रित्तिदै छन् गाँउः गाँउ कुर्दैछन वृद्धवृद्धा
१५ कार्तिक २०८०
•
४ मिनेट पाठ
यसरी रित्तिदै छन् गाँउः गाँउ कुर्दैछन वृद्धवृद्धा
पचासी  वर्ष पार गरेका म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका मनबहादुर घिमिरे दसैँका पाँच दिन छोराबुहारी र नातिनातिनीसँगै रमाएर बसे।




पोखरामा बसोबास गर्ने छोराबुहारी दसैँपछि पोखरा हिँडेपछि अहिले उनी घरमा एक्लो छन्। श्रीमतीको मृत्युपछि एक्लै भएका घिमिरेलाई खान लाउन र खर्च गर्न कुनै कुराको कमी छैन। पोखरामा बस्ने छोराबुहारीले पनि कुनै कुराको कमी हुन दिएका छैनन्। एउटै मात्र कमी भनेको आफ्ना सन्तान आफूसँग नहुनुको पीडा हो। छोराबुहारीले घिमिरेलाई आफूसँगै पोखरामै बस्न निकै कर गरे पनि उनी आफ्नो थाँतथलो छोडेर पोखरा बस्न मानेनन्।

सोही गाउँका ८६ वर्षीय खड्गबहादुर घिमिरे, ८८ वर्षीय बेदप्रसाद उपाध्याय, ९९ वर्षीय खड्गबहादुर थापा र ७९ वर्षीय टेकबहादुर कार्कीको पनि त्यस्तै अवस्था छ। उनीहरुका सन्तान कोही वैदेशिक रोजगारीमा छन भने कसैले जवान छोरो गुमाउनुपर्दाको पीडा बोकेर बाँचिरहेका छन्।  

चारवर्ष अघि आफ्नो ३६ वर्षीय छोराको कोरोनाका कारण मृत्यु भएपछि बेदप्रसाद एकोहोरिएका छन्। बेनी बजारमा व्यापार व्यवसाय गरेर बस्ने छोराको अचानक मृत्यु भयो। माइलो छोरा पाँच वर्षदेखि सम्पर्कविहीन छन्। वैदेशिक रोजगारीका लागि पाँच वर्षअघि युएईमा गएका विदुर न फोन गर्छन् न घर नै आउँछन्। उनका श्रीमती र छोरा छन्। श्रीमती माइतीमा बसेकी छन्।  

माथिका यी प्रतिनिधिपात्र मात्र हुन्। अहिले गाउँका वृद्धवृद्धाको काल पर्खने र दिन कटाउने ठाउँ आफ्नै थातथलो बनेको छ। गाउँ वृद्धाआश्रममा परिणत हुँदै जान थालेको मालिका गाउँपालिका–६ का टेकबहादुर सिउथानी मगरले बताए।

दसँैं मनाउनका लागि विदेश र सहरबाट गाउँमा आएका युवा आ–आफ्नो कार्यक्षेत्रमा फर्किन थालेपछि गाउँघर सुनसान हुन थालेको उनको गुनासो थियोे।

वृद्धवृद्धा गाउँ कुरुवा

पश्चिम म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसबाङमा २६ घर परिवारको बसोबास छ। ती २६ घरमा एक सय नौ जना छन्। तीमध्ये युवाको संख्या ११ छ भने अरु सबै वृद्धवृद्धा र विद्यालय उमेरका बालबालिका छन्।  

बेनी नगरपालिका–२ बगरफाँटमा एक सय ६९ घर छ। सदरमुकाम बेनी बजारसँगै जोडिएको बगरफाँट गाउँमा विकासका पूर्वाधार र अवसरको कुनै कमी छैन। यहाँ व्यापार व्यवसायदेखि कृषि, पशुपालन तथा स्वरोजगारका प्रशस्तै सम्भावनाहरु रहेका छन् तर यहाँका अनेकौंँ सम्भावनाप्रति स्थानीय युवाको कुनै रुचि छैन। यहाँका युवा अमेरिका, अष्ट्रेलिया, जापान, क्यानडालगायत मुलुकमा पुगेका छन्। त्यसैगरी वैदेशिक रोजगारीका लागि साउदीअरब, कतार, युएईलगायत मुलुकमा पनि प्रशस्तै युवा छन्। रहेबचेका युवा कोही सहरतिर छन्।  

दसैंँ मनाउन जापानबाट पाँच युवा गाउँ आउँदा गाउँको रौनक नै बेग्लै भएको स्थानीयवासी सुनिल थापाले बताए। नौ वर्ष जापान बसेर गाउँ फर्किएका उनी अहिले गाउँमा नै व्यवसाय गरेर बसेका छन्। थापालगायत १२ जना युवा मात्रै अहिले गाउँमा छन्। तीमध्ये पनि सात युवा वैदेशिक रोजगारीका लागि विदेश जाने तारतम्य मिलाउँदै गरेका उनले बताए।

गाउँमा ६० वर्षदेखि ९९ वर्षसम्मका वृद्धवृद्धाको संख्या दुई सयभन्दा बढी छ। महिला र विद्यालय जाने उमेरका बालबालिका घरमा छन्। युवाको संख्या अत्यन्तै न्यून रहेको अर्का स्थनीयवासी टेकबहादुर कार्कीले बताए।  

“गाउँ वृद्धाश्रम जस्तो देखिन्छ, बुढाबुढी बाहेक अरु गाउँमा देखिदैनन” उनले भने “मर्दापर्दा र बिमार हुँदा खबर गर्ने मान्छे गाउँमा छैनन्।”

सुविधा भएर पनि गाउँका युवा विदेशमा

विसं २०६० मा तत्कालिन नेकपा माओवादीले म्याग्दीको सदरमुकाम बेनी आक्रमण गरेपछि यहाँको भौतिक रुप फेरियो। त्यसअघि लाहुरेहरुको जिल्ला भनेर मात्र चिनिने म्याग्दीको परिचय पनि फराकिलो बन्दै गयो। विकासका पूर्वाधार ठडिन थाले। सडक र संचारको विकासले सहरको सुविधा र अवसर गाउँ गाउँमा पुगेपनि  यहाँका युवाहरुका लागि विदेशिने बहाना बनिरहयोे।  

विसं २०७८ मा गरिएको जनगणनाअनुसार जिल्लामा जम्मा परिवार संख्या २८ हजार ८ सय ३० रहेकामा कूल जनसंख्या १ साख ७ हजार ३३ रहेको छ। २०६८ को जनगणनाअनुसार जिल्लाको कूल परिवार संख्या २७ हजार ७ सय ६२ रहेकामा त्यतिबेला कूल जनसंख्या १ लाख १३ हजार ६ सय ४१ थियो। २०७८ को जनगणनाअनुसार परिवार संख्या बढेको भए पनि जनसंख्या भने घटेको छ।

पछिल्लो जनगणनाको नतिजाअनुसार जिल्लामा पुरुषको जनसंख्या ५२ हजार एक सय ५३ रहेको छ भने महिलाको ५४ हजार आठ सय ८० छ। यसैगरी परिवारको औषत आकार तीन दशमलव ७१ प्रतिशत रहेको छ भने लैङ्गिक अनुपात एकसय महिलामा पुरुषको सङ्ख्या ९५ दशमलव ०३ प्रतिशत छ।

त्यस्तै जनघनत्व प्रतिवर्ग किलोमिटर ४७ जनाको बसोबास रहेको छ। वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक रहेकोमा माइनस शून्य दशमलव ५७ प्रतिशत रहेको जिल्लास्थित तथ्याङ्क कार्यालयले जनाएको छ।  

जनगणनामा अनुपस्थित ९विदेशमा बस्ने० जनसंख्यातर्फ कूल परिवार संख्यामध्ये ८ हजार ३ सय २० रहेकामा जनसंख्या भने १० हजार ७ सय ६६ जना रहेको तथ्याङ्कले देखाएको छ ।  

यसमध्ये पुरुष आठ हजार नौ सय ६१ र महिला एक हजार आठ सय पाँच रहेकामा कूल जनसंख्याको शून्य दशमलव ४९ प्रतिशत विदेशमा रहेको तथ्याङ्क छ।  

अहिले गाउँमा कपाल सेताम्य फूलेका बुढा बाआमा मात्र भेटिन्छन्। कति लौरी टेक्दै खेतबारी र गोठमा काम गर्दै गरेका त कति रोगी शरीर लिएर घरको पेटी र आगँनमा हेरचाह गर्ने, स्याहारसुसार गर्ने छोराछोरीको हातको न्यानो स्पर्श पर्खिरहेका छन्।  

अधिकाशंको काठमाडौँ, चितवन, पोखरा र बेनी बजारमा घर छ। पुराना मानिसमा  बुढ्यौली लागे पनि आँफू जन्मे हुर्केका थाँतथलो छोड्न तयार छैनन्। बरु उनीहरु सन्तानको भावी जीवनका लागि आँफ्ना बुढेसकालका पीर र व्यथा लुकाउन चाहन्छन्। गाउँहरु वृद्धाआश्रम जस्तै बन्दै गएपछि संस्कार,संस्कृति र परम्परा पनि हराउँदै जान थालेका छन्।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
२ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १० मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस