इलाम क्षेत्र-२ का मतदाता भन्छन्: अस्पताल र सडक ल्याउनेलाई भोट
२३ कार्तिक २०७९
•
७ मिनेट पाठ
इलाम क्षेत्र-२ का मतदाता भन्छन्: अस्पताल र सडक ल्याउनेलाई भोट
इलाम क्षेत्र नम्बर २ र पाँचथरको सीमा भएर धनकुटा, मोरङसमेत छोएको ६ अर्ब रुपैयाँ लगानीको राँके–रवि–भेडेटार सडक। यो सडकमा कालोपत्रेसहितको ठेक्का लागेपनि अहिले निर्माणको काम ठप्प छ। हिउँदमा जसोतसो सवारी चल्ने यो सडक बर्खामा ठप्प हुनेगरेको छ। तस्बिर: भीम/नागरि
इलामको पश्चिमी फाकफोकथुम गाउँपालिका–३, आमचोककी पवित्रा परियार नेपालीका ७ वर्षे छोरा इसानलाई केही समयअघि १ सय ४ डिगी फरेनहाइट ज्वरो आयो। ३ दिनसम्म घटेन। गाउँमै औषधोपचार गर्न खोज्दा चिकित्सकको त कुरै छाडौं, राम्रो सिटामोलधरि पाइएन। परिवारजन आत्तिए।  




बालक निसान झन्–झन् बिरामी पर्दै गएपछि उनलाई उपचारमा अन्यत्रै लैजानुपर्ने भयो।  गाउँमा न एम्बुलेन्स छ, न भनेका बेला गाडी नै पाइन्छ। हारगुहार गरेपछि नजिकै रहेको फाकफोकथुम गाउँपालिकाको गाडीले बिरामी बालकलाई राँके बजारसम्म पुर्‍याइदियो।  त्यहाँबाट अर्काे गाडी खोजेर झापाको बिर्तामोड लैजानुपर्‍यो। घरबाट हिँडेको ७ घन्टाभन्दा बढीमा बिर्तामोड पुर्‍याएपछि डाक्टरले भने, 'धन्य अलि चाँडो ल्याउनुभएछ, नभए केही भन्न सकिने थिएन।'  

यो घटना सम्झिँदा पवित्राका आँखा अहिले पनि रसाउँछन्। ‘गाडी नपाउँदाको कष्ट त छँदैछ, काखमा बोकेको बिरामी नानी फर्काएर घर ल्याउन पाइन्छ कि पाइँदैन भन्ने सन्त्रास सम्झिँनभन्दा बिर्सिनै मन लाग्छ,’ उनले भनिन्, ‘खर्चको चाहिँ कुरा नगरौं।’ त्यसअघि पनि उनका छोरा बिरामी भएर यसैगरी रातारात बिर्तामोड लैजानुपरेको थियो। गाउँमै अस्पताल, औषधि र चिकित्सक नहुँदा उनले बालक छोराको उपचार गर्न जोखिम मोल्नुपरेको र महँगो रकम तिर्नुपरेको बताइन्। ‘एक पटकको गाडीको एकोहोरोमात्रै खर्च २३ हजारभन्दा बढी लाग्यो,’ उनले भनिन्, ‘यहाँबाट टाढाको अस्पतालमा बिरामी राखेको खर्च त झन् भनिसाध्य छैन। ’

गएको दसैंअघि गाउँका एकजना बिरामी भए। समस्या उही हो–गाउँमा औषधि र चिकित्सक दुवै थिएनन्। उपचारका लागि राम्रो अस्पताल लैजान त हिँडाइयो तर करिब ३ घन्टापछि इलाम सदरमुकाम कटेर माइखोला पुर्‍याएपछि उनको बाटैमा मृत्यु भयो। यस्ता घटना अरू पनि छन्।  

अहिले गाउँमा ‘चुनाव लागेको’ छ। ‘यो गरिदिन्छु, त्यो गरिदिन्छु’ भनेर सपना देखाउने उम्मेदवार दिनहुँजसो घर–घर आइरहेका छन्। यसरी गाउँ आउनेमा नयाँ उम्मेदवार त छँदैछन्, यही क्षेत्रबाट पटक–पटक चुनाव जितेर जाने नेता पनि छन्। ‘अहिलेसम्म जसले चुनाव जितेर गए, अरू काम त गरे होलान् तर अत्यावश्यक बेलामा गाउँमै राम्रो उपचार हुने व्यवस्था चाहिँ गर्न सकेनन्,’ पवित्रा भन्छिन्, ‘गाउँमा कम्तीमा राम्रो औषधि र उपचार पाइए न अकालमा ज्यान जान्थ्यो, न यहाँबाट कोही बसाइँ हिँड्दै आफैंले जिताएका नेतालाई सराप्नु नै पथ्र्याे। ’ बिरामी पर्दा अक्सिजन, पानीको बाफ लगाउने मेसिनको त कुरै नगरौं, सामान्य ज्वरो आउँदा खानुपर्ने राम्रो गुणस्तरको औषधिसमेत गाउँमा नपाइएको पवित्राको दुखेसो छ।  

इलाम क्षेत्र नम्बर २ मा पर्ने यो ठाउँ सदरमुकामभन्दा निकै टाढा छ। आमचोकमात्र होइन, फाकफोकथुम गाउँपालिकाभर नै सडक, शिक्षा, खानेपानी, बिजुलीजस्ता अत्यावश्यक सुविधा नपुगेको यहाँका मतदाता बताउँछन्। त्यसमा पनि खानेपानी, स्वास्थ्य र बाह्रैमास गाडी चल्ने सडक चाहिँ यहाँको मुख्य आवश्यकता हुन्। कालोपत्रे सडक नभएको यो क्षेत्रमा हिउँदभर जसोतसो गाडी चल्छ, बर्खा लागेपछि सबैतिर ठप्प।  

फाकफोकथुमकै दुर्गाप्रसाद दाहाल राजनीतिक दलका उम्मेदवार गाउँमा अहिलेसम्म भोट माग्नमात्र आउनेगरेको सुनाउँछन्। ‘यी दलका नेता उम्मेदवारभन्दा अब देशलाई त बालेन (काठमाडौंका मेयर बालेन्द्र साह)जस्तै स्वतन्त्रकै आवश्यक परेको हो कि भन्ने लाग्न थालिसक्यो,’ उनले भने, ‘के–के न हुन्छ भनेर दलका नेतालाई जिताइयो, गर्न त गरे होला तर हामीजस्ता सर्वसाधारणले कहिले गाउँमै उपचार पाउने? कहिले गाउँका सडकमा हिउँद–बर्खै गाडी चढ्न पाउने? कहिले हाम्रो आँगनमा धारो बन्ने र पानी आउने?’  

उनले गाउँमा प्रसूति हुने महिलाको उपचारमा अत्यन्त ठूलो समस्या भइरहेको बताए। ‘यो गाउँमा सुत्केरी हुने बिरामी कि अस्पताल नपुर्‍याइ सुत्केरी हुन्छन् कि बाटैमा मर्छन्,’उनले भने, ‘एउटामात्रै भएपनि पक्की बाटो भइदिएको भए, एउटामात्र भरपर्दाे अस्पताल र डाक्टर भइदिएको भए यो दुर्दशा हुने थिएन।’ उनले अब मतदाता धेरै चनाखो भइसकेको र काम गर्ने उम्मेदवारलाई मात्र भोट जिताएर पठाउने बताए।

फाकफोकथुमकै ७९ वर्षीया गोमादेवी भण्डारी भोट माग्दै आउने उम्मेदवारसँग सन्तुष्ट छैनन्। ‘अहिले पनि दिनैपिच्छे यहाँ भोट माग्न आइरहेका छन्,’ उनले भनिन्, ‘हिजोमात्रै पनि ८/९ गाडीमा ठूलो हुल बाँधेर भोट चाहियो भन्दै आएका थिए, मैले त मुखुुञ्जेली भन्दिएँ, 'अब सपना नदेखाओ, हामीले रोजीरोजी भोट हाल्न जानेका छौं, कसलाई हाल्नुपर्छ भन्ने अब थाहा भो भनेर आँगनबाटै फर्काइदिएँ।’  

वृद्धा भण्डारी यसअघि यो क्षेत्रबाट चुनाव जितेर जानेसँगमात्र होइन, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिसँगसमेत सन्तुष्ट छैनन्। उनले भोटअघि ‘सिप लाउँदै’ आएका नेता जितेर गएपछि गाउँका मतदातासँग बोल्दा पनि छुत लाग्छजस्तो गर्नथालेको गुनासो गरिन्। ‘घुँडो दुखेर खप्न सकिनँ, यहाँ उपचार भएन, डाक्टर भेटिएनन्, बल्लबल्ल झापाको अस्पताल गएर महँगो पैसा तिरेपछि उपचार त गरिदियो तर अझै जाती भएको छैन, खुट्टो काट्नुपर्छ भनेको थियो, त्यो उपचार गर्न नसक्दा अहिले पनि पीडा छँदैछ,’ भण्डारीले भनिन्, ‘हामीजस्ता डाँडापारिको जून भएकाले यतिका वर्ष नेताहरूलाई भोट हालेर जितायौं, आज यही बिजोक देख्नलाई हो?’  भण्डारीले जितेर जाने उम्मेदवारले अस्पताल, बाटो, खानेपानी र स्कुलको सुविधा चाहिँ अनिवार्य रूपमा गाउँमै दिनुपर्ने बताइन्। ‘घरैमा पैसा ल्याइदेओ भनेको छैन हामीले, वृद्धभत्तासम्म दिए, दिएनन् पनि भनेको छैन। तर, गाउँमा अस्पताल बनाउन, पानीको धारो ल्याउन, एउटा राम्रो बाटो बनाउन चाहिँ किन नसकेका हुन्?’ उनले भनिन्, ‘जितेर जाने नेताले काम नगर्दा हामीजस्ता जनता उपचार नपाएर घर–घरमै मर्नु नपरोस्मात्रै भनेको हो। ’  

क्षेत्र नम्बर २ का बासिन्दामात्र होइन, सिंगो इलाम जिल्लाबासी प्रभावकारी स्वास्थ्य सेवाबाट वञ्चित छन्। सदरमुकामस्थित इलाम अस्पतालमा पूर्वाधार र उपकरणको खास अभाव छैन।  तर, दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक नहुँदा जिल्लाबासीलाई उपचार गराउन समस्या छ।  बालविशेषज्ञ चिकित्सक चाहिँ सदरमुकामका अस्पतालमा समेत नहुँदा बालबालिका बिरामी भए झापा, मोरङ, धरान, विराटनगर वा भारतका अस्पताल पुर्‍याउनुपर्ने बाध्यता छ।  सदरमुकामबाट टाढा रहेको क्षेत्र नम्बर २ का बासिन्दाले तुलनात्मक हिसाबले स्वास्थ्य सेवामा अझ बढी सास्ती खेप्नुपरेको छ। यो क्षेत्रको मंगलबारेमा प्राथमिक स्वास्थ्य केन्द्र छ। फाकफोकथुमलगायत गाउँहरूमा स्वास्थ्य केन्द्रहरू भएपनि दक्ष चिकित्सक र औषधि पर्याप्त छैन। बर्खामा सडक नहुँदा औषधि ढुवानीमा समेत समस्या छ भने बिरामीलाई उपचार गराउन झनै कष्ट।

यो निर्वाचन क्षेत्रबाट २०५६ सालयता निरन्तर प्रतिनिधिसभाको चुनावमा विजयी भएका नेता हुन् नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ। आफूले पहिलो चुनाव जितेका बेला यो क्षेत्रमा एकै किलोमिटर सडक नभएको, एउटा बिजुलीको बल्ब नझुन्डिएको, २ वटा टेलिफोन लाइन रहेकामा एउटा चाहिँ बिग्रिएको अवस्था रहेको बताउँछन्। अहिले पनि यही क्षेत्रको उम्मेदवार रहेका नेम्बाङले अब यो क्षेत्रमा नयाँ सडक आवश्यक नभएको तर आफ्नै पहलमा सुरु भएका दर्जनौं सडक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे। उनीसँग अहिले पनि आफ्नै पहलमा थालेको भनिएका दर्जनौं सडक र अन्य पूर्वाधारको सूची ‘अब पूरा गर्नुपर्ने योजना’का रूपमा छ। उनले इलाम अस्पतालको पूर्वाधार विकास, चिकित्सक व्यवस्थापन र नियमित सेवादेखि मंगलबारेमै ५० शैयाको अस्पतालसम्मको प्रतिबद्धता गरेका छन्।  

‘अहिले यहाँको विकास पर्याप्त छैन तर दर्जनौं सडक, पुल बनेका छन्, धेरैजसो अधुरा विकासे काम पूरा गर्नुछ,’ नेम्बाङ मतदातालाई भन्दैछन्, ‘अरू दलले ३० वर्ष देशमा सरकार चलाउँदा जति बजेट यो क्षेत्रमा दिए, त्योभन्दा बढी त मैले यहाँको एउटै योजनामा ल्याएको तपाइँहरूले देख्नुभएकै छ। त्यसैले अुधरा काम पूरा गर्ने अवसर दिनुहोस्। तपाइँहरूले चाहेजस्तै विकास भएको क्षेत्र बनाउने छु।’  

नेम्बाङको मुख्य प्रतिस्पर्धीका रूपमा रहेका गठबन्धनका उम्मेदवार डम्बरबहादुर खड्का यो क्षेत्रमा विकास अधुरो रहेको भन्दै मतदातालाई दुर्गम क्षेत्रको विकासका लागि अब नयाँ उम्मेदवार चाहिने बताउँदैछन्। ‘अब नयाँ उम्मेदवारलाई जिताएर हेर्नुहोस्, म यो क्षेत्रलाई सुगम बनाउनेगरी काम गर्नेछु।’ उनले पनि स्वास्थ्य र सडकका दर्जनौं योजना मतदातालाई देखाएका छन्। यही क्षेत्रको उम्मेदवार रहेका राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष खड्गप्रसाद पालुङ्वा अब यो क्षेत्रका मतदाताले ठूला नभइ साना दलका उम्मेदवारलाई अवसर दिने दाबी गर्छन्। ‘अब जनताले पुराना वा अहिलेसम्म ठूलामा गनिएका होइन, राम्रो काम गर्ने साना दलका उम्मेदवारलाई जिताउनेछन्,’ उनको दाबी छ, ‘अबको चुनावमा हाम्रो दल (म)लाई मतदाताले अवसर दिनेछन्।’ पालुङ्वाले पनि यो क्षेत्रको सडक, बिजुली, विद्यालय, खानेपानी, खेलकुदलगायत दर्जनौं क्षेत्रका योजना ल्याएका छन्।    

विगत ३ दशकभित्र यो निर्वाचन क्षेत्रमा विकासका काम सुरु नभएका होइनन्।  तर, सुरु भएका काम पूरा नहुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको हो। इलाम क्षेत्र २ र पाँचथरको ‘मेरुदण्ड’मात्र नभइ मोरङ र धनकुटासमेत छोएको राँके–रवि–भेडेटार सडक निर्माणक्रममा छ। तर, ६ अर्ब लगानी रहने यो सडकको १८ प्रतिशत भौतिक प्रगति भएपछि निर्माण व्यवसायीको लापरबाहीले काम रोकिएको छ। नेम्बाङसहित चारै जिल्लाका यसअघि निर्वाचित सभासदहरूले यो सडकको ठेक्का तोड्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई लिखित आग्रह गरिसकेका छन्। दमक–चिसापानी सडकमा अढाई अर्ब र इलाम–बेलासे–झापा सडकमा ५६ करोड रुपैयाँ विनियोजित भएकामा काम भएको छ तर सडक सुध्रिन अझै समय लाग्ने छ।
अर्को समाचार
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
१९ मिनेट अघि
•
१ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
उदयपुर। गाईघाट दिक्तेल सगरमाथा लोकमार्गअन्तर्गत फोक्सिन्टारमा लगाइने बेलिब्रीज एक महिनाभित्र पुन: जडान हुने भएको छ। गाईघाट दिक्तेल सडक योजना कार्यालय उदयपुरले बेलिब्रीज पुन: जडानका लागि ठेक्का लगाउने काम अन्तिम चरणमा पुगिसकेको जनाएको छ।




फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो। जसमा इच्छुक प्रतिस्पर्धी निर्माण व्यवसायीहरूमध्ये नियमानुसार अन्तिम छनोट गर्न बाँकी रहेको कार्यालयका सूचना अधिकारी इन्जिनियर सुमन गोलेले बताए।

गोलेका अनुसार केही दिनभित्र निर्माण व्यवसायीको टुंगो लगाएर बेलिब्रीज पुन: जडानको जिम्मा लगाउने तयारी भइरहेको छ। कार्यालय प्रमुख (डीई) परिवर्तन भएका कारण ठेक्का प्रक्रिया टुंग्याउन केही समय लागेको उनले बताए। यसअघिका डीई विवेक पाण्डेलाई कटारी घुर्मी सडक योजना कार्यालयमा मात्र खटाउँदै सरकारले गाईघाट दिक्तेल योजना कार्यालय प्रमुखमा अच्युतशविलाश पन्तलाई पठाएको छ।

नयाँ डीई पन्त सातादिनअघि मात्र कार्यालयमा हाजिर भएर केही दिनका लागि सुत्केरी बिदामा बसेका छन्। मंसिर दोस्रो साता उनी फर्केलगत्तै बेलिब्रीज पुन: जडानको जिम्मा लिने ठेकेदार टुंग्याएर काम अघि बढाउने तयारीमा कार्यालय रहेको छ।

इन्जिनियर गोलेका अनुसार बेलिब्रीज पुन: जडानका लागि डेढ करोड खर्च गर्ने गरी कार्यालयले टेन्डर आह्वान गरेको छ। ठेक्का सम्झौता भएमा पुस दोस्रो साताभित्र बेलिब्रीज निर्माण भइसक्ने अपेक्षा योजना कार्यालयले गरेको छ। गतवर्ष पनि पुस अन्तिमदेखि बेलिब्रीज सुचारु भएको थियो। यसवर्ष केही चाँडो सुचारु गर्न खोजे पनि परिस्थितिले उही समय पुर्‍याउने देखिएको कार्यालयले जनाएको छ।

उदयपुर र खोटाङलाई सोझो यातायात मार्गले जोड्ने फोक्सिन्टारस्थित सुन नदीमा दशक बढी समय लगाएर निर्माण भएको पक्की मोटरेबल पुल बाढीले बगाएदेखि २ वर्षयता वर्षमा मुस्किलले ६ महिना बेलिब्रीजको माध्यमबाट यातायात आउजाउ गर्ने गरिएको छ भने बाँकी समय फोक्सिन्टारदेखि ३ किलोमिटर टाढा रसुवाघाटस्थित झोलुंगे पुल तरेर दुई जिल्ला आउजाउ गर्नुपर्ने बाध्यता छ।

उदयपुरतर्फ रौतामाई गाउँपालिका ५ पोखरी र खोटाङतर्फ खोटेहाङ गाउँपालिका ९ चिच्कीराम्चेबीचमा पर्ने फोक्सिन्टारमा १३ वर्ष लगाएर १ सय ५ मिटर लामो पक्की मोटरेबल पुल निर्माण भएको थियो। पुल बनेर गाडी वारपार गर्न थाले पनि एप्रोच सडक निर्माण नभइसकेकाले उद्घाटन गर्ने तयारी हुँदै गर्दा ०८१ असोज १२ गते राति आएको भीषण वर्षापछिको बाढीले पुल बगाएको थियो।

डेढ दशक लामो प्रतीक्षापछि बल्ल निर्माण सम्पन्न भएको पुल बाढीले बगाएपछि भर्खर सुचारु भएको लोकमार्गको सोझो यातायात सम्बन्ध पुनः विच्छेद हुन पुगेको हो। बाढीले पुल बगाएपछि पुनर्निर्माण गर्ने या मर्मत भन्ने विषयको टुंगो सरकारले लगाउन नसक्दा सोही वर्ष हिउँददेखि कामचलाउ अस्थायी बेलिब्रीज जडान गरेर यातायात सुचारु गर्न थालिएको हो।

पुल बन्नुअघि पनि डेढ दशक बेलिब्रीजकै माध्यमबाट यातायात सुचारु गर्ने गरिएको फोक्सिन्टारको बेलिब्रीज पुल बनेपछि अन्यत्र लगिएको थियो। तर, पुल बगाएपछि फेरि बेलिब्रीजकै भर पर्नुपर्दा अर्को खरिद गर्दा दोहोरो आर्थिक भार राज्यलाई परेको स्थानीय बताउँछन्।

त्यहाँ अर्को पुल लगाउने भन्दै तत्कालीन सरकारले प्राविधिक खटाएर विस्तृत परियोजना प्रतिवेदन बनाउन लगाएको थियो। रौतामाई ५ का वडाध्यक्ष पाण्डव राईका अनुसार घटनास्थल पुगेको प्राविधिक टोलीले भत्केको पुरानो पुल मर्मत गर्नुभन्दा नयाँ पुल बनाउनु उपयुक्त हुने सुझाव दिँदै ३४ करोड लागतको नयाँ इस्टिमेटसमेत तयार गरेको थियो।

तर, पुल बगेको २६ महिना बितिसक्दासम्म त्यहाँ पुल बनाउने सुरसार सरकारले गरेको छैन न त मर्मतकै प्रक्रिया अघि बढाएको छ। बाढीले पुल बगाएर दुई जिल्लालाई यातायात सम्पर्क विच्छेद गराएको अढाई वर्ष पुग्नै लाग्दासम्म राज्यले नयाँ पुल बनाउने कि मर्मत गर्ने भन्ने नै टुंगो गर्न नसक्दा सगरमाथा लोकमार्ग भएर सञ्चालन हुने सयौँ सवारीसाधन र दुई जिल्लाबासी यात्रु मारमा परेको वडाध्यक्ष राई बताउँछन्।
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
यो पनि पढौँ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस