हाजिरी बहीमा ‘बिदा’को पत्र देखेपछि...
०३ साउन २०७९
•
४ मिनेट पाठ
हाजिरी बहीमा ‘बिदा’को पत्र देखेपछि...
इलाम नगरपालिका। तस्बिर: नागरिक
इलाम नगरपालिकाले नगरको खर्च घटाउने र आम्दानी बढाउने भन्दै करारका ९ कर्मचारीको करार अवधि नथप्ने निर्णय गरेको छ। तर, आफूहरूलाई जानकारी नै नदिइ कुनै कारण बिना करार अवधि थप नगरेको भन्दै उनीहरू आक्रोशित भएका छन्।  




नगरले गत जेठ ३० मा नगरको आम्दानी बढाउने र खर्च घटाउने नीतिगत निर्णय गरेको थियो। त्यसैलाई आधार बनाएर नगरले राजनीतिक पूर्वाग्रहका आधारमा आफूहरूलाई निस्कासन गरेको गुनासो हटाइएका कर्मचारीले गरेका छन्। उनीहरूले पूर्वजानकारीबिनै आफूहरूलाई हटाएर अमानवीय व्यवहार गरेकोसमेत बताएका छन्।  

कर्मचारीको ‘धन्यवाद–पत्र’ लेखिएको ‘बिदापत्र’ कार्यालयको हाजिरी बहीमा राखिएको थियो। साउन १ मा पोसाकसहित कार्यालयमा हाजिर गर्ने बेलामात्र कर्मचारीले आफूहरू बिदा भएको पत्र देखेका थिए। पत्रमा लेखिएको छ, ‘तपाइँको करारको म्याद २०७९ असारमसान्तसम्म मात्र रहेको र मिति २०७९/२/३० मा बसेको कार्यपालिकाको निर्णयानुसार यस कार्यालयको खर्च घटाउने नीति अवलम्बन गर्नुपर्ने कारण तपाइँको म्याद थप नहुने व्यहोरा जानकारी गराउँदै हालसम्म यस कार्यालयमा रही गर्नुभएको सेवाको लागि धन्यवाद ज्ञापनसहित बिदा गरिएको व्यहोरा अनुरोध छ।’  

विभिन्न पदका ९ जनालाई यसैगरी हाजिरी बहीमा राखेर ‘बिदा’को चिठी थमाइएको छ। उनीहरूको करार अवधि असार मसान्तसम्मकै थियो। तर, नगरको कुनै निर्णयबिना आफूहरूलाई राजनीतिक पूर्वाग्रह राखेर हटाइएको भन्दै उनीहरू असन्तुष्ट छन्। ‘करार भनेकै निश्चित समयका लागि हो भन्ने त हामीलाई पनि राम्रोसँग थाहा छ,’ हटाइएका एक कर्मचारी भन्छन्, ‘कुनै एउटामात्रै पार्टीमा आस्था राख्ने भनेर हामीलाई हटाइयो, जनप्रतिनिधिको पार्टीका भनिएका कर्मचारी हटाइएन।’ उनले खर्च घटाउने नाममा कार्यपालिकाबाट निर्णय नै नगरी ‘फरक विचार राख्ने’ आरोपमा आफूहरूलाई हटाएको गुनासो गरे।  

स्थानीय तहले राजनीतिक आस्थाका आधारमा विभेद गर्दै कर्मचारीको करार अवधि थप्ने र नथप्ने काम गरेको भन्दै कर्मचारीसम्बद्ध संगठनले पनि विरोध जनाएका छन्। नेपाल निजामती कमचारी संगठनले विज्ञप्ति जारी गर्दै स्थानीय तहहरूमा करार सेवामा कार्यरत कर्मचारीको राजनीतिक आस्थाका आधारमा करार अवधि थप नगर्ने, कार्यालय नआउन भन्दै आतंकित गर्नेजस्ता काम भइरहेको भन्दै विरोध जनाएको छ। संगठनले यसरी कुनै कर्मचारी हटाइएको भए सेवामा निरन्तरता दिन माग गर्दै माग पूरा नभए ‘जस्तोसुकै परिस्थितिको मुकाबिला गर्ने’ चेतावनी पनि दिएको छ।  

स्थानीय तह कर्मचारी शाखाले पनि राजनीतिक आस्थाका आधारमा कर्मचारीको करार अवधि थप नगरिएको भन्दै विरोध जनाएको छ। शाखाले समृद्ध पालिका निर्माणका लागि अधिकतम् रोजागारी सिर्जना गर्नुको साटो लामो समयदेखि कार्यरत कर्मचारीलाई हटाएर उनको परिवारको जीविका चलाउने बाटोसमेत बन्द गरिदिएको जनाएको छ। कर्मचारीको करार अवधि थप नगर्ने निर्णय तत्काल सच्याउन र माग पूरा नभए विरोध कार्यक्रम ल्याउने चेतावनी पनि शाखाले दिएको छ।  

नेकपा (एमाले) इलाम नगर कमिटीले इलाम नगरले छामामार शैलीमा कर्मचारी निस्कासन गरिएको भन्दै विरोध गरेको छ। ‘यसरी नियत राखेर बिनाकुनै जानकारी, कुनै स्पष्टीकरण कर्मचारीलाई हटाउने इलाम नगरपालिकाको निर्णय निन्दनीय छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘नेतृत्वमा आएको दुई महिना बित्न नपाउँदै पूर्वाग्रही हिसाबले आस्थाका आधारमा बिनाकुनै जानकारी कर्मचारी हटाइ उनीहरूको पेटमा बुट बजार्ने कार्यको घोर भत्र्सना गर्दै तुरुन्त निर्णय सच्याइ ती कर्मचारीलाई पुनर्वहाली गर्न जोडदार माग गर्छाैं।’

इलाम नगरपालिका–२ का वडाध्यक्ष गिरिराज रिजालले नगरको कार्यपालिका बैठकमा कर्मचारीको करार अवधि थप–घट, नयाँ दरबन्दी सिर्जना, सरुवाजस्ता कुनैपनि विषयमा छलफल निर्णय नभएको बताए। ‘म कार्यपालिका सदस्य पनि हुँ, सबै बैठकमा सहभागी छु। हालसम्मका कुनैपनि कार्यपालिका बैठकमा कर्मचारी थप–घट र नयाँ दर्बन्दी सिर्जना र सरुवाजस्ता विषयमा न छलफल नै भयो, न त कुनै कार्यसूची बने,’ उनले सामाजिक सञ्जालमै लेखेका छन्, ‘कहीं, कतै छलफलै नभएको विषय कार्यपालिकाको निर्णय भन्दै करारमा कार्यरत कर्मचारी निष्कासित गरिएको कार्यप्रति गम्भीर आपत्ति, असन्तुष्टि एवम् असहमति जाहेर गर्दछु।’

उनले कार्यपालिकामा छलफल, बहस र सहमतिमा गरिनुपर्ने यस्ता निर्णय सामाजिक सञ्जालमार्फत्मात्र थाहा पाउनुपरेको भन्दै आगामी दिनमा यी र यस्ता निर्णय कार्यपालिकाको हवाला दिएर नदोहोर्‍याइयोस् भन्दै कर्मचारीको करार अवधि नथप्ने निर्णय सच्याउन मागसमेत गरेका छन्।

नगरपालिकाका सूचना अधिकारी रामकुमार साहले नगरको खर्च घटाउने र आम्दानी बढाउने नीतिगत निर्णय कार्यपालिकाले गरेको बताए। ‘कर्मचारीको सेवाअवधि के गर्ने भन्ने विषयबारे त कार्यपालिकामा छलफल र निर्णय भएको होइन,’ साहले भने, ‘कार्यपालिकामा कर्मचारीको विषयमा प्रस्ताव लाने या नलाने भन्ने विषय चाहिँ मेयरको हो।’ 
अर्को समाचार
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
३५ सेकेन्ड अघि
•
१ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्धता गरेका छन्।




शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यालय व्यवस्थापनमा एकरूपता, शिक्षकको पेसागत क्षमता विकास तथा शिक्षण सिकाइलाई प्रभावकारी बनाउने उद्देश्यले सामूहिक प्रतिबद्धता-पत्र जारी गरिएको हो।

प्रतिबद्धता-पत्रमा सामाजिक विकास कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई, स्थानीय तहका शिक्षा शाखा र शिक्षक महासंघलगायत सरोकारवालाहरूले सामूहिक प्रतिबद्धता जनाएका छन्।

जिल्लास्तरमा परीक्षा अनुगमन प्रणालीमा एकरूपता कायम गरिनेछ। एउटा तहको शिक्षा शाखा प्रमुखले अर्को पालिकामा परीक्षा अनुगमन गर्ने तथा कक्षा ६ देखि ९ सम्मका परीक्षा एकैपटक एउटै समयमा सञ्चालन र व्यवस्थापन गर्ने व्यवस्था गरिनेछ। त्यस्तै, जिल्लाका सबै स्थानीय तहमा विद्यालय मर्जर तथा दरबन्दी मिलानको काम अघि बढाउन प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गर्ने सहमति भएको छ।

माध्यमिक तहका विषयगत शिक्षकबिच सिकाइ आदानप्रदानका लागि जिल्लास्तरीय विषयगत शिक्षक गोष्ठी सञ्चालन गर्ने, शिक्षकको पेसागत तथा नेतृत्व विकासका लागि तालिम सञ्चालन गर्ने र शिक्षकको व्यावसायिकता, नैतिकता, अनुशासन तथा जवाफदेहिता अभिवृद्धि गर्ने योजना पनि बनाइएको छ। सामुदायिक विद्यालयप्रति अभिभावकको अपनत्व बढाउन पालिकास्तरमा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ। विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूको क्षमता विकास तथा विद्यालयमा बालमैत्री, समावेशी र गुणस्तरीय शिक्षाका लागि आवश्यक भौतिक संरचना निर्माण र शैक्षिक गतिविधि सञ्चालन गर्ने सहमति भएको सामाजिक विकास कार्यालय कालीकोटका कार्यालय प्रमुख अविराज शाहीले जानकारी दिए।

त्यसैगरी, विद्यालयका भौतिक संरचनाको गुणस्तर कायम गर्न अनुगमन गर्ने, शिक्षा नियमावलीको दशौँ संशोधनअनुसार कार्यविधि निर्माण गरी आर्थिक वर्षभित्र विद्यालयको आन्तरिक व्यवस्थापनसम्बन्धी काम अनिवार्य रूपमा अघि बढाउने बताए।

स्थानीय तहले बजेट विनियोजन गर्दा अनुदान शिक्षकको तलबबाहेक १० प्रतिशत बजेट सुनिश्चित गर्ने, पालिका अनुदानअन्तर्गत नियुक्त शिक्षक तथा कर्मचारीको पारिश्रमिकमा एकरूपता कायम गर्ने र न्यूनतम पारिश्रमिक नघट्ने गरी उपयुक्त स्केल निर्धारण गर्ने विषय पनि प्रतिबद्धतामा समेटिएको छ।

खेलकुद क्षेत्रको विकासका लागि राष्ट्रपति रनिङ सिल्डलगायत जिल्लास्तरीय प्रतियोगिता सम्बन्धित पालिका र खेलकुद विकास समितिको समन्वयमा सञ्चालन गर्ने, सामुदायिक बालविकास केन्द्रलाई मातृ विद्यालयबाट सञ्चालन तथा व्यवस्थापन गर्ने र जिल्लास्तरमा सूचना प्रविधि (आईसीटी) सम्बन्धी बृहत् तालिम सञ्चालन गर्ने सहमति भएको छ।

जिल्लाका नौ वटै पालिकाको लागत साझेदारीमा शैक्षिक रूपान्तरण, शैक्षिक समस्या तथा पहिचानका विषयमा अन्तरपालिका स्तरीय शैक्षिक सम्मेलन तथा गोष्ठी आयोजना गरिनेछ। पहिलो सम्मेलन महावै गाउँपालिकामा सञ्चालन गर्ने प्रतिबद्धता गरिएको छ।

यसका साथै बालविवाह, सामाजिक कुरीति, लागुऔषध दुरुपयोग तथा डिजिटल प्रविधिको दुरुपयोग रोक्न सरोकारवालाहरूले प्रचलित कानुनबमोजिम आवश्यक प्रक्रिया अवलम्बन गर्ने सहमति गरेका छन्।

सामूहिक प्रतिबद्धता-पत्रमा उल्लेखित १९ बुँदालाई कार्यान्वयन गर्दै जिल्लाको शैक्षिक अवस्थामा सुधार ल्याउन सम्बन्धित निकायबिच समन्वय, सहकार्य र साझा जिम्मेवारीलाई प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ३५ सेकेन्ड अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
यो पनि पढौँ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस