गोरखामा रोपाइँ अन्तिम चरणमा पुगेको छ। किसानहरुले रसायनिक मलको अभावकै बिच ८० प्रतिशत रोपाइँ सकेका छन्। १२ हजार एक सय हेक्टर क्षेत्रफलमा यो सिजनमा धान रोपिन्छ। बर्खे धान भने आठ सय हेक्टर क्षेत्रफलमा लगाईन्छ।
‘मल नपाउँदा र पानीको समस्याले किसानले दुःख भोग्नुपर्यो’ कृषि ज्ञान केन्द्र गोरखाका प्रमुख परशुराम अधिकारीले भने, ‘गत बुधबारसम्म गोरखामा ७० प्रतिशत रोपाइँ भएको थियो, अहिले मध्ये सिजन भएकाले चार दिनमा १० प्रतिशत थप भएको हुनुपर्छ।’ हरेक बुधवार कार्यालयले जिल्लाभरबाट तथ्याङ्क लिने गरेको उनले बताए।
गत वर्ष गोरखामा ४७ हजार आठ सय ८० मेट्रिक टन धान उत्पादन भएको थियो। अहिले धान रोप्न सिजनमा मल अभाव भएकाले उत्पादन घट्न सक्ने अनुमान कृषि प्राविधिकहरुको छ। ‘धान रोपेपछि पनि फेरी मल हाल्नुपर्छ, रोप्दा पनि मल नपाउने, पछि पनि नपाउने भयो भने उत्पादन गत वर्ष भन्दा घट्न सक्छ’ ज्ञान केन्द्रका प्रमुख अधिकारीले भने। अहिले गोरखामा मागभन्दा ५० प्रतिशत कम मल आयात भएको उनले बताए। कृषि ज्ञान केन्द्रमा हरेक दिन किसानले मल नपाएको गुनासो गर्छन्।
गोरखामा खेती हुने जमिन भने खासै बढेको छैन। अहिले यहाँका किसानले सावित्री, मन्सुली, मकवानपुर १, हर्दिनाथ जस्ता उन्नत जात र हाईब्रिडमा च्याम्पियन महाराजा, युएस ३१२ नामको धान रोपेका छन्। दरौँदी फाँट, ज्यादुलफाँट, टारिफाँट, दर्बुङफाँट, बोर्लाङफाँट लगायतका ठाउँमा धान उत्पादन धेरै हुने गर्छ। पालुङटार ९ को सिर्दिफाँट, शेराफाँट लगायतका ठूला फाँटमा बाढीले खेत र रोप्ने बेला भएको बिउ सोत्तर भएपछि किसानले यो वर्ष खेत रोपेका छैनन्।