टाईसुटसहित हातमा सुनको औँठी र सिक्री लगाएका, हेर्दा भलादमी देखिने एक पुरुषले गोरखाका दुई जना सुन व्यवशायिलाई ठगेका छन्।
आफु बैंकको कर्मचारी हुँ भन्दै बसन्त उपाध्याय नाम गरेका ब्यक्तिले गोरखा सदरमुकाममा सुन ब्यापार गरेर बस्दै आएका रोमन घिमिरेसँग ५० हजार र जितु सुनारसँग ६० हजार ठगेका हुन्। दुबै ब्यापारी सँग ६०/६० लाल सुन ति व्यक्तिले लिएका छन्।
जेठ ३० गते साँझ उपाध्याय सुन पसलमा पुग्छन्। आफू सानिमा बैंकको ऋण अधिकृत भएको ब्यवशायीलाई बताउँछन्। ‘आज मेरो श्रीमतीको एनिर्भरसरी हो, मैले उनलाई केही उपहार दिनुछ, म सँग पैसा भएन’ उपाध्यायको भनाई उदृत गर्दै रोमन घिमिरेले भने ‘म सानीमा बैंकको ऋण अधिकृत हो, केहीदिनमा यहाँ कै शाखामा आउँदैछु, यो चेक राखेर मलाई सुन दिनुहोस्।’ उनले त्यती मात्र भनेनन् रोमन घिमिरेलाई १४ हजार नगद दिए र बाँकी ५० हजारको चेक दिए। चेक दिएपछि उनले भोलिपल्ट बैंकमा सटही गर्न भने।
जितु सुनारलाई दुई हजार आठ सय मात्रै दिए र ६० हजारको चेक दिए। दुबै ब्यापारीलाई एउटै कुरा भनेर उपाध्यायले सुन लिए। चेक लिएर ढुक्क भएका ब्यवशायीले भोलीपल्ट बैंक पुग्दा चेक सटही भएन। उल्टै उपाध्यायले फोन गरेर आफन्त बिरामी परेकाले काठमाण्डौँ पुगेको हुँद पर्सीपल्ट बैंक जान भने। त्यो दिनदेखि उनको फोन उठ्न छाड्यो। पटक–पटक फोन गर्दा स्विच अफ भएपछि ब्यापारीले आफु ठगिएको थाहा पाए।
ति ब्यक्ति सानिमा बैंकको ऋण अधिकृत नभएको खुल्यो। उनको चेकबाट ठेगाना सहित बिवरण खुलेको छ। बाग्लुङ घर भएका ति ब्यक्तिले काठमाडाैंस्थित महराजगञ्ज शाखाबाट खाता खोलेको खुलेको छ। ब्यापारीले आफू ठगिएको भन्दै असार ३ गते प्रहरीमा निवेदन दिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको एसपी केदार खनालले बताए। ‘घटनाको प्रकृती हेर्दा नियोजित ठगी देखिन्छ’ उनले भने ‘हामीले अनुसन्धान गरिरहेका छौँ।’