बैतडीको खोडपे बजारमा खानेपानीको समस्या भएको छ। लिप्टिङ प्रणालीको खानेपानी आयोजनाको मोटरमा समस्या आएपछि खानेपानीको समस्या भएको हो।
खानेपानी अभावमा होटल व्यवसायी र स्थानीय समस्यामा परेका छन्। सुदूरपश्चिम प्रदेशका तीन जिल्ला बैतडी, बझाङ र दार्चुला जोड्ने मुख्य बजार पाटन नगरपालिका–८ को खोडपे बजारमा एक सातादेखि खानेपानीको चरम अभाव छ। खानेपानीको आपूर्ति गर्ने सिद्धेश्वर खानेपानी योजनामामा समस्या आएपछि यहाँ खानेपानीको समस्या भएको हो। योजनाका सचिव मोहन बिष्टले विद्युतको खराबीले अवरुद्ध भएको बताए।
खानेपानीको हाहाकार भएपछि यहाँका होटेल व्यवसायी, कार्यालय, यात्रुलाई समेत समस्या हुने गरेको छ। होटेल व्यवसायी सन्तोष राईले खोनेपानीका कारण निकै समस्या भएको बताए। ‘खानेपानी नभएकै कारण चार दिनदेखि होटेलको व्यापार सुस्त छ’, उनले भने।
पाटन नगरपालिका ८ का वडाध्यक्ष हरिश बिष्टले समस्या समाधानको लागि पहल भइरहेको बताए। उनले तत्कालका दमकलबाट खानेपानी वितरण गर्न थालेको जानकारी दिए। विद्युत् वितरण केन्द्रको टोली आएर मर्मत गरिरहेकोले समस्या छ्टिै समाधान हुने उनले बताए।