मतदान गरेर फर्कने क्रममा ८४ वर्षीय वृद्धको मृत्यु भएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका–३ स्थित सनातन धर्म मावि श्रीकोट मतदान केन्द्रमा भोट हालेर घर फर्कदा क्रममा दोगडाकेदार गाउँपालिका–३ कफल्टाका हरिसिंह भाटको मृत्यु भएको प्रहरीले जनाएको छ।
भोट हालेर फर्कने क्रममा एक्कासी मतदान केन्द्रमै ढलेका भाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए। मतदान केन्द्रमै ढलेका भाटलाई श्रीकोट स्वास्थ्यचौकी पुर्याउदा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।