चेलीबेटी बेचबिखन मुद्दा लिन मानेन प्रहरी
२३ वैशाख २०७९
•
३ मिनेट पाठ
चेलीबेटी बेचबिखन मुद्दा लिन मानेन प्रहरी
दैलेख प्रहरीले चेलीबेटी बेचबिखनविरुद्धको मुद्दा दर्ता गर्न नमानेको पीडितका आफन्तहरुले गुनासो गरेका छन्। घरपरिवालाई थाहै नदिएर भारत जान हिडेका भैरवी गाउँपालिका दैलेखका एकै गाउँका ५ जना बालबालिकाहरु बाँकेको जमुनाह नाकाबाट फर्काएर आफन्तहरुले चेलीबेटी बेचबिखनविरुद्धको मुद्दा दिएका थिए।




घरपरिवारलाई थाहा नै नदिएर भारत पठाउनेविरुद्ध आफन्तले उजुरी दिएका हुन्। भारत जान लगेका ४ जना १४ देखि १६ वर्षका बालिकाहरु र एक जना बालक रहेका छन्। नाकाबाट ती ५ जना बालबालिकाहरुलाई आफन्तको जिम्मा लगाएसंगै पीडित आफन्तहरुले १४ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा आफ्ना छोरीहरुलाई भारत लैजाने गाउँकै एक महिलाविरुद्ध किटानी जाहेरीसहित चेलीबेटी बेचबिखनविरुद्धको मुद्दा दिए।

तर, प्रहरीले अहिलेसम्म दर्ता नगरेको भन्दै पीडितहरुले गुनासो गरेका छन्। गाउँकै नातेदार पर्ने महिलाले दिल्लीमा राम्रो कमाई हुने भन्दै रोजगारीको प्रलोभन देखाएर बालबालिकाहरुलाई सुटुक्क भारत पठाउने चाजोपाजो मिलाएको भन्दै चार जना बालिकाका आफन्तले मुद्दा प्रहरीमा दिएका हुन्।

‘वैशाख ८ गते साँझ घरबाट भागेको र त्यही साँझ भारतमा कसरी जाने योजना बनाएको देखिन्छ।’ पीडित बालिकाहरुलाई उदृत गर्दै आफन्तले भने, जाने भाडाँ नहुँदा सुन राख्ने, रुपैडियाँ पुगेपछि चिन्ता नहुने भन्दै बालबालिकाहरु सान्त्वना दिईएको र दिल्ली पुगेपछि राम्रो कमाई हुने सपना बाँडिएको थियो।’

बालबालिकालाई सुन राख्न पसलेले नमानेपछि ती महिला (भारत पठाउने) ले उनका आफन्त विरामी छन् भनेर राख्न अनुरोध गरेपछि सुन राखेर भारत जाने पैसा बनाएको एक बालिकालाई उदृत गर्दै आफन्तले नागरिकसँग भनिन्। गाउँमा ७ र ८ कक्षामा पढ्दै गरेका बालिकाहरुलाई पैसा कमाउने प्रलोभनमा पारेर बेच्न पठाइएको आफन्तहरुले दाबी गरे।

‘बालबालिकाहरुको घर जोडिएको छ तर, परिवारसंग कुनै सम्र्पक नगरेरै पठाउनुले ती महिलाको नियत प्रष्ट बुझिन्छ।’ एक बालिकाको आमाले भनिन्, मेरा नानीहरु भारत पुगेर तलमाथि भए, केही सुइकोसमेत पाउने रैनछौं। सिमाबाटै फिर्ता भएपछि मात्र पठाउनेको बारेमा थाहा भएपनि प्रहरीले मुद्दा दर्ता गर्नै मान्र्दैन्।’

गाउँदेखि वडा र पालिकासम्म आफूहरुले बालिकाहरुलाई खोजेर नभेटाएपछि प्रहरीले सिमाबाट आफ्ना नानीहरु बुझ्न बोलाएको आफन्तले बताए। प्रहरीले पनि बालिकाहरुसंग बयान लिएको आफन्तले जानकारी दिएका छन्। आफ्नो नाम नलिन ती  महिलाले भनेको बालबालिकाहरुले बताएका पिडितका आफन्तहरुको भनाइ छ।

‘घरमा जाने कुरा नखोले, मेरो नाम नलिए, एक दिन मर्नु छ। संगै मरे मदिए तर, यो कुरा मलाई (मेरो नाम) नखोलिदिए भनेर ती महिलाले बालिकाहरुसग बाचा समेत खुवाएको आफन्तले बताए। सात दिन भइसक्दा पनि मुद्दा दर्ता नभएपछि आफूहरु जिल्ला प्रहरी कार्यालयमा पुग्दा अनुसन्धान भईरहेको भन्दै आफुहरुलाई हप्काएर पठाएको पीडित आफन्तहरुले बताए।

‘हाम्रो मुद्दा के भो भनेर सोध्दा प्रहरीले वास्ता व्यस्ता गर्दैन्।’ एक पीडितको आफन्तले भने, जहिले पनि छानविन गर्दैछौ मात्र भन्छन्। गाउँबाट सदरमुकाम हिड्दाँ हिड्दाँ खुटटा दुख्यो तर, न्याय पाउने आश झिनो छ।’ मुद्दा दवाउन प्रहरीले खेल खेलिरहेको आफन्तले आंशका गरेका छन्। पीडितहरु मुद्दा दिन गएको खबर पाएपछि बालबालिकाहरुलाई भारत पठाउने ती महिला प्रहरीको पुगेर आफ्नो बयान दिएकी थिइन्।

प्रहरीका अनुसार ती महिलालाई प्रहरीले झिकाएको थिएन। मानव बेचविखनविरुद्धको मुद्धा लिएर आफन्तहरु आएको तर, मुद्दामाथि छानविनपछि मात्र के गर्ने निर्णय लिइने जिल्ला प्रहरी कार्यालयका प्रमुख (डिएसपी) भुवनेश्वर साहले बताए।

‘बाँकेबाट ५ जना बालबालिकाहरु (४ बालिका) नाकाबाट फिर्ता गरेर जिल्लामा पठाइएपछि आफन्तहरु बुझाइएको हो।’ डिएसपी साहले भने, बालिकाहरु कसरी गए लगायतका विषयमा अनुसन्धान भइरहेको छ। अनुसन्धान टुंगिएसंगै मुद्दा अगाडी बढाउने वा नबढाउने भन्ने निर्णय लिइने छ।’
अर्को समाचार
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
५२ सेकेन्ड अघि
•
१ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
उदयपुर। गाईघाट दिक्तेल सगरमाथा लोकमार्गअन्तर्गत फोक्सिन्टारमा लगाइने बेलिब्रीज एक महिनाभित्र पुनर्जडान हुने भएको छ। गाईघाट दिक्तेल सडक योजना कार्यालय उदयपुरले बेलिब्रीज पुनर्जडानका लागि ठेक्का लगाउने काम अन्तिम चरणमा पुगिसकेको जनाएको छ।




फोक्सिन्टारमा बेलिब्रीज पुनर्जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो। जसमा इच्छुक प्रतिस्पर्धी निर्माण व्यवसायीहरूमध्ये नियमानुसार अन्तिम छनोट गर्न बाँकी रहेको कार्यालयका सूचना अधिकारी इन्जिनियर सुमन गोलेले बताए।

गोलेका अनुसार केही दिनभित्र निर्माण व्यवसायीको टुंगो लगाएर बेलिब्रीज पुनर्जडानको जिम्मा लगाउने तयारी भइरहेको छ। कार्यालय प्रमुख (डीई) परिवर्तन भएका कारण ठेक्का प्रक्रिया टुंग्याउन केही समय लागेको उनले बताए। यसअघिका डीई विवेक पाण्डेलाई कटारी घुर्मी सडक योजना कार्यालयमा मात्र खटाउँदै सरकारले गाईघाट दिक्तेल योजना कार्यालय प्रमुखमा अच्युतशविलाश पन्तलाई पठाएको छ।

नयाँ डीई पन्त सातादिनअघि मात्र कार्यालयमा हाजिर भएर केही दिनका लागि सुत्केरी बिदामा बसेका छन्। मंसिर दोस्रो साता उनी फर्केलगत्तै बेलिब्रीज पुनर्जडानको जिम्मा लिने ठेकेदार टुंग्याएर काम अघि बढाउने तयारीमा कार्यालय रहेको छ।

इन्जिनियर गोलेका अनुसार बेलिब्रीज पुनर्जडानका लागि डेढ करोड खर्च गर्ने गरी कार्यालयले टेन्डर आह्वान गरेको छ। ठेक्का सम्झौता भएमा पुस दोस्रो साताभित्र बेलिब्रीज निर्माण भइसक्ने अपेक्षा योजना कार्यालयले गरेको छ। गतवर्ष पनि पुस अन्तिमदेखि बेलिब्रीज सुचारु भएको थियो। यसवर्ष केही चाँडो सुचारु गर्न खोजे पनि परिस्थितिले उही समय पुर्‍याउने देखिएको कार्यालयले जनाएको छ।

उदयपुर र खोटाङलाई सोझो यातायात मार्गले जोड्ने फोक्सिन्टारस्थित सुन नदीमा दशक बढी समय लगाएर निर्माण भएको पक्की मोटरेबल पुल बाढीले बगाएदेखि २ वर्षयता वर्षमा मुस्किलले ६ महिना बेलिब्रीजको माध्यमबाट यातायात आउजाउ गर्ने गरिएको छ भने बाँकी समय फोक्सिन्टारदेखि ३ किलोमिटर टाढा रसुवाघाटस्थित झोलुंगे पुल तरेर दुई जिल्ला आउजाउ गर्नुपर्ने बाध्यता छ।

उदयपुरतर्फ रौतामाई गाउँपालिका ५ पोखरी र खोटाङतर्फ खोटेहाङ गाउँपालिका ९ चिच्कीराम्चेबीचमा पर्ने फोक्सिन्टारमा १३ वर्ष लगाएर १ सय ५ मिटर लामो पक्की मोटरेबल पुल निर्माण भएको थियो। पुल बनेर गाडी वारपार गर्न थाले पनि एप्रोच सडक निर्माण नभइसकेकाले उद्घाटन गर्ने तयारी हुँदै गर्दा ०८१ असोज १२ गते राति आएको भीषण वर्षापछिको बाढीले पुल बगाएको थियो।

डेढ दशक लामो प्रतीक्षापछि बल्ल निर्माण सम्पन्न भएको पुल बाढीले बगाएपछि भर्खर सुचारु भएको लोकमार्गको सोझो यातायात सम्बन्ध पुनः विच्छेद हुन पुगेको हो। बाढीले पुल बगाएपछि पुनर्निर्माण गर्ने या मर्मत भन्ने विषयको टुंगो सरकारले लगाउन नसक्दा सोही वर्ष हिउँददेखि कामचलाउ अस्थायी बेलिब्रीज जडान गरेर यातायात सुचारु गर्न थालिएको हो।

पुल बन्नुअघि पनि डेढ दशक बेलिब्रीजकै माध्यमबाट यातायात सुचारु गर्ने गरिएको फोक्सिन्टारको बेलिब्रीज पुल बनेपछि अन्यत्र लगिएको थियो। तर, पुल बगाएपछि फेरि बेलिब्रीजकै भर पर्नुपर्दा अर्को खरिद गर्दा दोहोरो आर्थिक भार राज्यलाई परेको स्थानीय बताउँछन्।

त्यहाँ अर्को पुल लगाउने भन्दै तत्कालीन सरकारले प्राविधिक खटाएर विस्तृत परियोजना प्रतिवेदन बनाउन लगाएको थियो। रौतामाई ५ का वडाध्यक्ष पाण्डव राईका अनुसार घटनास्थल पुगेको प्राविधिक टोलीले भत्केको पुरानो पुल मर्मत गर्नुभन्दा नयाँ पुल बनाउनु उपयुक्त हुने सुझाव दिँदै ३४ करोड लागतको नयाँ इस्टिमेटसमेत तयार गरेको थियो।

तर, पुल बगेको २६ महिना बितिसक्दासम्म त्यहाँ पुल बनाउने सुरसार सरकारले गरेको छैन न त मर्मतकै प्रक्रिया अघि बढाएको छ। बाढीले पुल बगाएर दुई जिल्लालाई यातायात सम्पर्क विच्छेद गराएको अढाई वर्ष पुग्नै लाग्दासम्म राज्यले नयाँ पुल बनाउने कि मर्मत गर्ने भन्ने नै टुंगो गर्न नसक्दा सगरमाथा लोकमार्ग भएर सञ्चालन हुने सयौँ सवारीसाधन र दुई जिल्लाबासी यात्रु मारमा परेको वडाध्यक्ष राई बताउँछन्।
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ५२ सेकेन्ड अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
गाईघाट दिक्तेल सडक योजना कार्यालय उदयपुरले बेलिब्रीज पुनर्जडानका लागि ठेक्का लगाउने काम अन्तिम चरणमा पुगिसकेको जनाएको छ।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
यो पनि पढौँ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस