मोटरसाइकल चोरेर भाग्दै गरेका एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ। रौतहटको चन्द्रपुर नगरपालिका ३ गैँडाटार कछाडिया टोलका जितु धामीको प्रदेश २-०३ -०१९ प २३६८ नम्बरको कालो रातो २२० सिसिको पल्सर मोटरसाइकल निजको आँगनबाटै बुधबार चोरी भएकोमा इलाका प्रहरी कार्यालय चन्द्रपुरको टोलीले भाग्दै गर्दा चोर र मोटरसाइकल दुवैलाई नियन्त्रणमा लिएका छ।
गैंडाटारबाट चन्द्रपुर बजारतर्फ भाग्दै गरेको अवस्थामा चन्द्रपुर ४ स्थित कृषि विकास बैंकनजिक प्रहरीलाई देखेर मोटरसाइकल छाडेर भाग्दै गर्दा सर्लाहीको बागमती नगरपालिका १ का २९ वर्षीय लालबहादुर घिसिगलाई प्रहरीले पक्राउ गरेको छ।
घिसिङलाई जिल्ला अदालत रौतहटमा पेश गरी पहिलो म्याद थप गराएर घटनाको विषयमा अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय चन्द्रपुरका प्रमुख डिएसपि सन्तुलाल जैस्बारले जानकारी गराएका छन्।