मोटरसाइकल चोरी गर्ने गिरोहका तीन पक्राउ
२८ पौष २०७७
•
१ मिनेट पाठ
मोटरसाइकल चोरी गर्ने गिरोहका तीन पक्राउ
मोटरसाइकल चोरीमा पटकपटक संलग्न हुँदै आएका गिरोहलाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी प्रभाग सिरुटारको टोलीले दुईवटा चोरीको मोटरसाइकलसहित नुवाकोट स्थायी घर भएका २९ वर्षीय सुनिल तामाङ, वीरगञ्ज स्थायी घर भएका २० वर्षीय पप्पु पटेल र धादिङ स्थायी घर भएका २५ वर्षीय राजन लामालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।  




प्रहरीले राजन लामाले चलाउँदै आएको बा.९५प. ६४०५ नंको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त मोटरसाइकल चोरीको भएको खुलेपछि थप अनुसन्धानका क्रममा अर्को चोरीको मोटरसाइकल सूर्यविनायक नगरपालिका–१ बिरुवामा सञ्चालित बिन्ध्यबासिनी बर्कसपबाट बा.७२प. ७९४९ नंको मोटरसाइकल बरामद गरेको उनले जानकारी दिए। अनुसन्धानका क्रममा व्यावसायिकरुपमा पटकपटक मोटरसाइकल चोरी तथा किनबेच गर्दै आएको गिरोह रहेको खुलासा भएको प्रहरीको भनाइ छ। 
अर्को समाचार
बुटवलमा मोटरसाइकल चोरीमा संलग्न गिरोहका १२ जना पक्राउ
२५ असार २०८०
•
२ मिनेट पाठ
बुटवलमा मोटरसाइकल चोरीमा संलग्न गिरोहका १२ जना  पक्राउ
रुपन्देहीमा प्रहरीले मोटरसाइकल चोरी गर्ने गिरोहका सदस्यहरुलाइ पक्राउ गरी सार्वजनिक गरेको छ।




इलाका प्रहरी कार्यालय बुटवलले मोटरसाइकल चोरीमा संलग्न १२ जनालाइ पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो।

बुटवल लगायत जिल्लाका विभिन्न स्थानमा समूह बनाइ मोटरसाइकल चोरी गर्दै आएका १२ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडी बढाइएको इलाका प्रहरी कार्यालय  बुटवलका प्रहरी नायव उपरीक्षक दानबहादुर थापाले बताए। प्रहरीले चोरी भएका १४ वटा  मोटरसाइकल पनि बरामद गरेको छ।

पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका ३ ज्योतीनगरका १९ वर्षीय तरुन राना, तिलोत्तमा नगरपालिका ६ का २५ वर्षीय हितेश राना,२४ वर्षका दिपेश थापा, तिलोत्तमा ४ का १८ वर्षका आकाश नेपाली, नवलपरासीको रामग्राम नगरपालिकाका ४३ वर्षका सुनिल  कुमार चौधरी, रामग्रामकै २० वर्षका करन थारु पक्राउ परेका छन्। त्यस्तै गुल्मी घर भइ हाल तिलोत्तमा बस्ने २६ वर्षका सरोज थापा, गुल्मीकै  २६ वर्षका दिपक रेगामी, बाग्लुङ  बरेङ  ५ का दाजुभाइ १९ वर्षका आशिष सामत र २० वर्षका दिपक सामत, बाग्लुङकै बरेङ गाँउपालिका ५ का २९ वर्षका प्रमोद  पुर्जा(गारे) र २२ वर्षका मिलन खत्रीलाई प्रहरीले  विभिन्न स्थानबाट प्रक्राउ गरी थप कारबाही अगाडी बढाएको छ।

पक्राउ परेकाहरु मध्य अधिकाँश यातायात मजदुर रहेको पाइएको छ। सार्वजानिक सवारीहरुमा  सहचालक तथा मजदुरीको काम गरेकाहरुले सजिलोगरी पैसा आर्जन गर्ने लोभमा चोरीलाई  नै धन्दा बनाएको देखिएको प्रहरी नायव उपरीक्षक थापाले बताए।

पछिल्लो केही महिनामा बुटवल लगायत जिल्लाका विभिन्न स्थानमा मोटरसाइकल चोरीका घटना अत्याधिक बढेपछि प्रहरीको विशेष अनुसन्धान टोली  खटिएको थियो।  विशेष अनुसन्धान टोलीले  अभियुक्तहरुलाइ  विभिन्न जिल्लामा  पुगेर  पक्राउ गरी बुटवल ल्याएको डिएसपी  थापाले बताए।

अभियुक्तहरुले   छुट्टा छुट्टै समूहमा बाडिएर मोटरसाइकल चोरी  गरी बिक्रि  गर्ने गरेको  वयान  दिएको  डिएसपी  थापाले बताए। पक्राउ परेका मध्ये केहीले मोटरसाइल चोरी गर्ने, कोही चोरीका मोटरसाइकल  तथा तीनका पार्टपुर्जा खोलखाल गरी बिक्रि  गर्ने, कोही ग्राहक खोज्ने काममा संलग्न  भएको  प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले  चोरीका मोटरसाइकल तथा तीनका पार्टपुर्जा बेचबिखन गर्नेलाइ समेत पक्राउ गरी अनुसन्धान थालेको छ। चोरीमा  थप  गिरोह पनि सक्रिय रहेको  र तीनलाइ  पनि  छिट्टै  पक्राउ  गरीने  इलाका प्रहरी कार्यालय बुटवलका  प्रहरी नायव  उपरीक्षक थापाले  बताए। प्रहरीले  चोरी  भएका  १४ वटा  मोटरसाइकल  पनि  बरामद गरेको छ। ती मध्ये  ७ वटा मोटरसाइकलका धनी पत्ता लागीसकेको  र  अन्यको समेत सवारी धनी पत्ता लगाएर बुझाउने तयारी गरीरहेको उनले बताए।  
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १० मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock २९ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस