मतदाता शिक्षाको अभावमा स्थानीय तहको निर्वाचनमा बदर मत बढ्न सक्ने देखिएको छ। हरेक निर्वाचनमा मतदाता शिक्षा अनिवार्य हुन्छ। बदर मत संख्या घटाउन मतदाता शिक्षाको आवश्यक पर्छ तर यस पटक मतदाता शिक्षाको कार्यक्रम नहुँदा बदर मत अझै बढन सक्ने अनुमान गरिएको हो।
मतदाता शिक्षामा खर्च घटाएको निर्वाचन आयोगले यो पटक सञ्चार माध्यम र प्रविधिको प्रयोगलाई भने जोडदिएको छ। रेडियो, टेलिभिजन तथा अनलाइनमार्फत श्रव्य दृष्य सामाग्री प्रसारण र सामाजिक सञ्जाललाई प्रयोग गर्ने आयोगको तयारी छ।
०७४ को स्थानीय तहको निर्वाचनमा बैतडीमा १० वटै पालिकामा २ हजार १ सय ११ बदर मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। जुन कुल खसेको मतको २ दशमलव ३५ प्रतिशत हो। त्यतिबेला जिल्लामा १ लाख २५ हजार २ सय ८३ मध्ये ७१ दशमलव ६६ प्रतिशत मत मात्रै खसेको थियो। यस पटक मतदाता संख्या बढेको छ। जिल्लाका सबै पालिकामा मतदाता संख्या १ लाख ४० हजार २ सय १ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। जसमा महिला ७० हजार ९ सय ६९, पुरुष ६९ हजार २ सय ३० तथा तेस्रो लिंगी २ जना रहेका छन्।
यो पटक अन्य निर्वाचनभन्दा बदर मतको संख्या बढन सक्ने जगन्नाथ क्याम्पसका प्रमुख पृथ्वीराज अवस्थीले बताए। ‘मतदाता शिक्षा पनि छैन,’ उनले भने, ‘दलहरुको गठबन्धन र एउटै पार्टीको चुनाव चिन्हबाट अरु दलका उम्मेदवार मैदानमा होमिएकोले यो पटक मत बदर हुने जोखिम झन बढी देखिँदैछ।’ निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय चुनावमा करिव २२ करोड रुपैयाँ मतदाता शिक्षाका लागि खर्च गर्दैछ। अघिल्लो स्थानीय चुनावमा भने झण्डै ८० करोड रुपैयाँ मतदाता शिक्षामा खर्च भएको थियो। २०७४ को निर्वाचनमा घरदैलोका लागि २० हजार स्वयंसेवक खटाइएको थियो। अहिले चुनावको अघिल्लो र त्यही दिन बुथ वरिपरि मात्रै स्वयंसेवक परिचालन गरिने निर्वाचन कार्यालयले जनाएको छ।
विगतमा निर्वाचनमा स्वास्थ्य स्वयंसेविका र बालविकासका सहजकर्ताहरुलाई मतदाता शिक्षामा परिचालन गरिन्थ्यो। उनीहरु नमुना मतपत्र बोकेर घर घरै पुगेर मतदातालाई मतदान गर्ने तरिका सिकाउँथे। तर पनि बदर मतको संख्यामा कमी आउन सकेको थिएन। ‘यसपटक एफएम र पत्रपत्रिकाबाट मात्रै मतदाता शिक्षा दिने भन्ने छ, बजेट धेरै छैन,’ जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फु्यालले भने। उनका अनुसार कार्यक्रम र बजेट नआएका कारण विगत जस्तो मतदाता शिक्षा दिन नसकिएको हो।
विगतको स्थानीय तहको निर्वाचनमा ग्रामीण भेगका पालिकाहरुमा बढी मत बदर भएका छन्। निर्वाचन कार्यालयका अनुसार डिलासैनी गाउँपालिकामा ३ दशमलव ९४ प्रतिशत पुर्चौडी नगरपालिकामा ३ दशमलव ८८ प्रतिशत पञ्चेश्वर गाउँपालिकामा २ दशमलव ६६ प्रतिशत मत बदर भएको थियो।
स्थानीय तहको निर्वाचनमा मात्रै होइन, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा जिल्लामा बदर मतको प्रतिशत अझ बढी छ। यस पटक मतदाता शिक्षाको अभावसँगै राजनीतिक दलहरुबीचको गठबन्धनले समेत बदर मत बढन सक्ने अवस्था छ। ‘बदर मत घटाउन हामीले सक्दो प्रयास गर्नेछौं, तर यस पटक मतदाता शिक्षाको अभावको कारण बढन सक्छ,’ जिल्ला निर्वाचन अधिकृत फु्यालले भने। मतदाता शिक्षाको अभावमा कसरी मतदान गर्ने भन्ने विषयमा मतदाताहरु अलमलमा परेका छन्। जिल्लामा मतदाता शिक्षा सञ्चालन नहुँदा धेरै मतदाता अन्यौलमा परेका छन्। स्थानीय तहको चुनावमा मतदान गर्नका लागि ठूलो मतपत्र भएकाले पनि मतदातालाई अन्यौल हुन सक्ने जानकारहरुले बताएका छन्।
बदर मतको संख्या कम गराउन राजनीतिक दलहरुले पनि अग्रसर हुनुपर्ने निर्वाचन कार्यालयका प्रमुख फुयालले जोड दिए। उनले भने ‘मतदाताहरुलाई मतदाता शिक्षाका विषयमा जानकारी दिनु राजनीतिक दलहरुको पनि कर्तव्य हुन आउँछ। उनीहरुका नेता कार्यकर्ताहरुले मतदान गर्ने तरीका बारेमा सिकाउन सक्छन्।’ जिल्ला निर्वाचन कार्यालयमा १५ ओटा दल दर्ता भएपनि निर्वाचनमा भने ५ वटा दलले मात्रै भाग लिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।