स्थानीय तहको निर्वाचनमा आफ्नो जनमत बलियो बनाउन हेभिवेट नेताहरु जिल्ला केन्द्रित बनेका छन्। कांग्रेस, माओवादी , एमालेका केन्द्रीय तहका नेताहरु अहिले चुनावी माहोल बनाउन जिल्ला झरिसकेका छन्। उनीहरुले गाउँ गाउामा पुगेर मतदातालाई आफ्नो पक्षमा पार्न कसरत थालिसकेका छन्।
जिल्लामा आफ्नो बिरासत जोगाउन माओवादीका प्रवक्ता कृष्णबहादुर महरा र एमाले महासचिव शंकर पोखरेल चुनावी अभियानमा खटिएका छन्। यी दुबै हेभिवेटको चुनावी जिल्ला दाङ हो। अघिल्लो पटकको प्रदेश तथा प्रतिनिधिसभाबाट तालमेल गरेर प्रतिनिधिसभा र प्रदेशसभामा आफ्नो स्थान सुरक्षित पारेका महरा र पोख्रेल अहिले एक अर्काको कट्टर प्रतिष्पर्धीकारुपमा उभिएका छन्। अघिल्लो पटकको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनबाट महरा प्रतिनिधिसभामा र पोख्रेल प्रदेशसभामा पुगेका थिए।
अहिले भने एकले अर्काको शक्तिलाई कमजोर पारेर आफ्नो बिरासत जोगाउने चुनौतीमा यी दुई हेभिवेट छन्। फलतःस्थानीय तहको निर्वाचनमा आफ्नो जीत खोजिरहेका छन्। दाङ क्षेत्र नम्बर २ मा रहेको घोराही उपमहानगरपालिकामा यी दुई नेताको जोडबल बढि छ। यी दुबै नेताको चुनावी क्षेत्र यही क्षेत्र नम्बर २ नै हो। फलतः आफ्नो चुनावी क्षेत्रमा आफ्नो पार्टीलाई जिताउनै पर्ने दवाब उनीहरुलाई छ।
यो उपमहानगरमा गठबन्धनका तर्फबाट माओवादीका हेमराज शर्मा र उपमेयरमा कांग्रेसका तर्फबाट भुपबहादुर डाँगी उम्मेदवार बनेका छन्। मेयरका उम्मेदवार शर्मा उनै महराका अति निकटस्थ नेता हुन्। यसर्थ पनि महरालाई यो उपमहानगरको जीत थप अपरिहार्य बनिदिएको छ। गठबन्धनलाई जिताउनका लागि जिल्ला झरिसकेका महरा अहिले उम्मेदवारहरुसंगै घरदैलामा सकृय भैसकेका छन्।
तीन दिनअघि जिल्ला झरेका उनी मतदाताको घरदैलोमा पुगेर मतदाता फकाउने कसरत थालेका छन्। ‘उहाँ (महरा) तीन दिनदेखि गठबन्धनका उम्मेदवारहरुसंगै हुनुहुन्छ,’ एक माओवादी नेताले भने, ‘उम्मेदवारहरुसंगै उहाँ मतदाताको घरदैलोमा पुगिरहनु भएको छ।’
आफ्नो चुनावी क्षेत्रमा रहेको घोराही उपमहानगरको नेतृत्व खोजिरहेका महरा आगामी निर्वाचनसम्मै जिल्लामा रहेर चुनावी रणनीति बनाउन लागि पर्ने ती नेताले बताए। महराले शुक्रबार गठबन्धनको साझा चुनावी घोषणा पत्र समेत सार्वजनिक गरेका छन्। महरासंगै पूर्वमन्त्री तथा माओवादी नेतृ रेखा शर्मा पनि अहिले चुनावी अभियानका क्रममा जिल्लामै सकृय छिन्।
उता जिल्लाको बहुमत आफ्नो पार्टीलाई दिलाएर पुनः आफ्नो बर्चश्व कायम गर्ने रणनीतिमा रहेका एमाले महासचिव पनि अहिले जिल्लामै सकृय छन्। महरालाई विस्थापन गर्न सके जिल्लाको एकल हेभिवेट नेता बन्ने सम्भावना देखिरहेका पोख्रेलले यो स्थानीय तहको निर्वाचनलाई त्यसैको अवसरका रुपमा हेरिरहेका छन्। फलतः उनले पनि आफ्नो शक्ति अहिले जिल्लामा खर्चिरहेका छन्। यो उपमहानगरमा एमालेका तर्फबाट नरुलाल चौधरी मेयर र हुमा डिसी उपमेयरको उम्मेदवार बनेका छन्। चौधरी गत स्थानीय तहको निर्वाचनबाट यही उपमहानगरमा निर्वाचित मेयर हुन्।
स्थानीय तहको निर्वाचनमा यो उपमहानगरमा पुनः नेतृत्व कायम राख्न सके आफूलाई थप शक्तिशाली नेताका रुपमा उभ्याउन सकिने योजनामा शंकर छन्। फलतः उनले मतदाताहरुलाई रिझाउनका लागि अहिले जिल्लामै मेहनत गरिरहेका छन्। कार्यकर्ता प्रवेश गराउने देखि चुनावी रणनीतिमा सकृय पोख्रेलको अहिलेको कसरत बारे एमालेका एक नेताले भने ‘कार्यकर्तालाई पार्टीमा प्रवेश गराउने देखि मतदाताहरुलाई बिश्वस्त पार्नका लागि कसरत गरिरहनु भएको छ।’ पोख्रेल घोराही उपमहानगर सहित जिल्लाका १० वटै पालिकामा भएका चुनावी सभामा पुगेका छन्।
यस्तै गत स्थानीय तहको निर्वाचनमा जिल्लाका दुई ठूला स्थानीय तहमा नेतृत्व गुमाएको कांग्रेसका लागि अहिले नेतृत्व प्राप्ती अपरिहार्य देखिएको छ। गठबन्धनका तर्फबाट तुलसीपुर उपमहानगरमा कांग्रेसका गेहेन्द्र गिरी र घोराही उपमहानगरमा कांग्रेसका भुपबहादुर डाँगी उपमेयरमा भिडेका छन्। कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री दीपक गिरी अहिले स्थानीय तहको निर्वाचनका लागि जिल्ला केन्द्रीत भैसकेका छन्। उनलाई आफ्नो चुनावी क्षेत्रमा रहेको तुलसीपुर उपमहानगरपालिकाको नेतृत्व पाटीृलाई दिलाउनै पर्ने चुनौती छ।
त्यसो त, मेयरमा उम्मेदवार बनेका गेहेन्द्र गिरी हेभिवेट नेता भएका कारण पनि उनलाई जसरी पनि निर्वाचित गराउनै पर्ने दबाबमा दीपक छन्। मेयरका उम्मेदवार बनेका गेहेन्द्र कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद हुन्। यो उपमहानगर सहित कांग्रेस नेता दीपकले जिल्लाका सबै पालिकाहरुमा चुनावी माहोल खडा गर्न कसरत गरेका छन्।
यस्तै कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरी पनि अहिले जिल्लामा चुनावी माहोल बनाउन काठमाडौँबाट झरिसकेका छन्। मुलतः देउखुरीका चार पालिकालाई प्राथमिकतामा राखेर केन्द्रीय सदस्य चौधरीले कांग्रेसको पक्षमा जनमत तयार पार्ने कामलाई तिब्र पारेका छन्। यस्तै केन्द्रयि सदस्य कृष्णकिशोर घिमिरे तथा कांग्रेसका राष्ट्रियसभा प्रमुख सचेतक अनिता देवकोटा पनि अहिले चुनावी घरदैलोमा सकृय छन्।
उदयपुर। गाईघाट दिक्तेल सगरमाथा लोकमार्गअन्तर्गतफोक्सिन्टारमा लगाइने बेलिब्रीज एक महिनाभित्र पुन: जडान हुने भएको छ। गाईघाट दिक्तेल सडक योजना कार्यालय उदयपुरले बेलिब्रीज पुन: जडानका लागि ठेक्का लगाउने काम अन्तिम चरणमा पुगिसकेको जनाएको छ।
फोक्सिन्टारमाबेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो। जसमा इच्छुक प्रतिस्पर्धी निर्माण व्यवसायीहरूमध्ये नियमानुसार अन्तिम छनोट गर्न बाँकी रहेको कार्यालयका सूचना अधिकारी इन्जिनियर सुमन गोलेले बताए।
गोलेका अनुसार केही दिनभित्र निर्माण व्यवसायीको टुंगो लगाएर बेलिब्रीज पुन: जडानको जिम्मा लगाउने तयारी भइरहेको छ। कार्यालय प्रमुख (डीई) परिवर्तन भएका कारण ठेक्का प्रक्रिया टुंग्याउन केही समय लागेको उनले बताए। यसअघिका डीई विवेक पाण्डेलाई कटारी घुर्मी सडक योजना कार्यालयमा मात्र खटाउँदै सरकारले गाईघाट दिक्तेल योजना कार्यालय प्रमुखमा अच्युतशविलाश पन्तलाई पठाएको छ।
नयाँ डीई पन्त सातादिनअघि मात्र कार्यालयमा हाजिर भएर केही दिनका लागि सुत्केरी बिदामा बसेका छन्। मंसिर दोस्रो साता उनी फर्केलगत्तै बेलिब्रीज पुन: जडानको जिम्मा लिने ठेकेदार टुंग्याएर काम अघि बढाउने तयारीमा कार्यालय रहेको छ।
इन्जिनियर गोलेका अनुसार बेलिब्रीज पुन: जडानका लागि डेढ करोड खर्च गर्ने गरी कार्यालयले टेन्डर आह्वान गरेको छ। ठेक्का सम्झौता भएमा पुस दोस्रो साताभित्र बेलिब्रीज निर्माण भइसक्ने अपेक्षा योजना कार्यालयले गरेको छ। गतवर्ष पनि पुस अन्तिमदेखि बेलिब्रीज सुचारु भएको थियो। यसवर्ष केही चाँडो सुचारु गर्न खोजे पनि परिस्थितिले उही समय पुर्याउने देखिएको कार्यालयले जनाएको छ।
उदयपुर र खोटाङलाई सोझो यातायात मार्गले जोड्ने फोक्सिन्टारस्थित सुन नदीमा दशक बढी समय लगाएर निर्माण भएको पक्की मोटरेबल पुल बाढीले बगाएदेखि २ वर्षयता वर्षमा मुस्किलले ६ महिना बेलिब्रीजको माध्यमबाट यातायात आउजाउ गर्ने गरिएको छ भने बाँकी समय फोक्सिन्टारदेखि ३ किलोमिटर टाढा रसुवाघाटस्थितझोलुंगे पुल तरेर दुई जिल्ला आउजाउ गर्नुपर्ने बाध्यता छ।
उदयपुरतर्फ रौतामाई गाउँपालिका ५ पोखरी र खोटाङतर्फखोटेहाङ गाउँपालिका ९ चिच्कीराम्चेबीचमा पर्ने फोक्सिन्टारमा १३ वर्ष लगाएर १ सय ५ मिटर लामो पक्की मोटरेबल पुल निर्माण भएको थियो। पुल बनेर गाडी वारपार गर्न थाले पनि एप्रोच सडक निर्माण नभइसकेकाले उद्घाटन गर्ने तयारी हुँदै गर्दा ०८१ असोज १२ गते राति आएको भीषण वर्षापछिको बाढीले पुल बगाएको थियो।
डेढ दशक लामो प्रतीक्षापछि बल्ल निर्माण सम्पन्न भएको पुल बाढीले बगाएपछि भर्खर सुचारु भएको लोकमार्गको सोझो यातायात सम्बन्ध पुनः विच्छेद हुन पुगेको हो। बाढीले पुल बगाएपछि पुनर्निर्माण गर्ने या मर्मत भन्ने विषयको टुंगो सरकारले लगाउन नसक्दा सोही वर्ष हिउँददेखि कामचलाउ अस्थायी बेलिब्रीज जडान गरेर यातायात सुचारु गर्न थालिएको हो।
पुल बन्नुअघि पनि डेढ दशक बेलिब्रीजकै माध्यमबाट यातायात सुचारु गर्ने गरिएको फोक्सिन्टारकोबेलिब्रीज पुल बनेपछि अन्यत्र लगिएको थियो। तर, पुल बगाएपछि फेरि बेलिब्रीजकै भर पर्नुपर्दा अर्को खरिद गर्दा दोहोरो आर्थिक भार राज्यलाई परेको स्थानीय बताउँछन्।
त्यहाँ अर्को पुल लगाउने भन्दै तत्कालीन सरकारले प्राविधिक खटाएर विस्तृत परियोजना प्रतिवेदन बनाउन लगाएको थियो। रौतामाई ५ का वडाध्यक्ष पाण्डव राईका अनुसार घटनास्थल पुगेको प्राविधिक टोलीले भत्केको पुरानो पुल मर्मत गर्नुभन्दा नयाँ पुल बनाउनु उपयुक्त हुने सुझाव दिँदै ३४ करोड लागतको नयाँ इस्टिमेटसमेत तयार गरेको थियो।
तर, पुल बगेको २६ महिना बितिसक्दासम्म त्यहाँ पुल बनाउने सुरसार सरकारले गरेको छैन न त मर्मतकै प्रक्रिया अघि बढाएको छ। बाढीले पुल बगाएर दुई जिल्लालाई यातायात सम्पर्क विच्छेद गराएको अढाई वर्ष पुग्नै लाग्दासम्म राज्यले नयाँ पुल बनाउने कि मर्मत गर्ने भन्ने नै टुंगो गर्न नसक्दा सगरमाथा लोकमार्ग भएर सञ्चालन हुने सयौँ सवारीसाधन र दुई जिल्लाबासी यात्रु मारमा परेको वडाध्यक्ष राई बताउँछन्।
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...