म्याग्दीको रघुगंगा गाउँपालिका–६,स्थित रायखोर आधारभुत विद्यालयमा कक्षा १ मा अध्ययनरत सुजिना शेरपुञ्जा दैनिक दुई घण्टा हिँडेर विद्यालय पुग्छिन्।
सडक सञ्जालले समेत नछोएको ठाटी र मुलपानीकी सजिना, रजिना शेरपुञ्जा पनि अन्य साथीहरू जस्तै विहानै झोलाभरि कापी, किताब बोकेर पहिरो थिचोल्खै विद्यालयसम्म पुग्छन्। वडाकै सबैभन्दा विकट मानिने दुबै गाउँका बालबालिकालाई लक्षित गरी मुलपानीमा बालविकास केन्द्र सञ्चालन गरेपनि त्यसभन्दा माथिको पढाइका लागि २७ परिवारका विद्यार्थीले वर्षौंदेखि यस्तै पीडा झेल्दै आएका छन्।
विहान उठ्दा वित्तिकै खाना खाएर विद्यालय जानुपर्ने बाध्यताले धेरै विद्यार्थी नियमित विद्यालयमा पुग्दैनन्। कक्षा १–५ रायखोर र ६–१० का लागि पाखापानी र छिमेकी कुईनेमंगलेको रितुङ माविमा जानुपर्ने भएकाले कतिपय बीचमै विद्यालय छोड्न बाध्य भएको शितल बालविकास सहजकर्ताशुसिला शेरपुञ्जा पुनले बताईन्।
‘स्कुल पुग्न दुईघण्टा लाग्छ,फर्किन त्यति नै समय लाग्छ,‘बर्खाको समयमा तीन महिना नियमित विद्यालय जानै पाउँदैनन्,’पुनले भनिन्। उनले गाउँबाट विद्यालयसम्म पुग्ने पदैलमार्गमा चारवटा ठूलो पहिरो भएकाले असारदेखि भदौ महिनासम्म विद्यार्थीलाई समस्या हुने गरेको बताईन्।‘दैनिक चारघण्टाको यात्राले थकाइ लागेर पढ्नै सक्दैनन्,‘गाउँमै कक्षा ५ सम्म पढाइ हुने विद्यालयको आवश्यकता छ,’पुनले भनिन्।
कक्षा १–३ का विद्यार्थीको अवस्था देखेर निकै दुःख लाग्ने उनले बताईन्। बालविकाससहजकर्ता पुनकी छोरा युसन कक्षा १ मा पढ्न दैनिक गाउँका विद्यार्थीसँगै जाने गरेका छन्। रायखोर, हलुवाङ पहिरोका साथै जंगल, खोल्साखाल्सी र भीरको बाटो हुँदै विद्यालय जानुपर्ने भएकाले एक्लै पठाउन समेत समस्या रहेको मुलपानीकी धनकुमारी पुनले बताईन्।
‘बिहान उठ्नेबित्तिकै विद्यालय जाने हतारो हुन्छ,घर फर्किंदा झमक्क साँझ परिसकेको हुन्छ,’उनले भनिन्। थकानले गृहकार्य गर्न र पढ्न गाह्रो हुने भएकाले बालविकास भएको स्थानमा कक्षा १ सम्मको अनुमतिका लागि पहल भइरहेको रायखोरका वडा सदस्य लिलबहादुर पुनले बताए।‘ठूला मान्छेलाई समेत दैनिक आवतजावत गर्न समस्या हुने पहिरोमा बालबालिका हिड्नुपरेको छ,’विद्यार्थीको संख्या थोरै भएकाले मापदण्ड पुगेको छैन’ पुनले भने।
मुलपानी गाउँमा रहेको शितल बालविकास केन्द्रमा अभिभावसँगै विद्यार्थीहरू। तस्बिर: हरिकृष्ण/नागरिक उनले असार–भदौ महिना बाढीपहिरो र मंसिर–फागुनको छोटो दिनमा विद्यार्थीलाई समस्या हुने गरेको बताए। यता रघुगंगा गाउँपाकिलाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले भौगोलिक रुपमा विकट बस्तीहरूका बालबालिकालाई पठनपाठनमा समस्या रहेको बताए।
‘जनप्रतिनिधिले समेत अनुमतिका लागि पहल गरिरहनुभएको छ,‘बस्ती छरिएकाले सबै ठाउँमा स्कुलको अनुमति दिन सम्भव पनि छैन’ सुबेदीले भने। उनले घण्टौ यात्रा गर्दा थकानले गृहकार्य गर्न र पढ्न गाह्रो हुने गरेकाले शैक्षिक गुणस्तरमा समेत कमी आउने जोखिमलाई मध्यनजर गरी स्थलगत रुपमा अनुगमनबाट समस्या समाधानको पहल गरिने बताए।
वडा कार्यालय पाखापानी हुदै कोटगाउँ, रायखोरसम्म सडक सञ्जाल पुगेपछि अवको एकदुई बर्षभित्र बस्तीसम्म सडक सञ्जाल पुग्नेमा केही राहत हुने भएपनि अहिले नै बालबालिकाको पढाइ सहज हुने अन्य उपायका बारेमा प्रयास भइरहेको वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले बताए।
उनले वडा भित्रको दुर्गम बस्ती भएकाले विद्यार्थीको पठनपाठनलाई सहज बनाउन घुम्ती शिक्षाको योजना रहेको बताए। जिल्लाका अति विकट बस्तीमा नियमित सवारीसाधन सञ्चालन हुने भएपनि विद्यार्थीलाई सहुलियतको ब्यवस्था नहुदाँ दैनिक विद्यालयसम्म पुग्न घण्टौंको यात्रा गर्न बाध्य छन्। आर्थिक रुपमा विपन्न बालबालिकाले कोठा भाडामा लिएर बस्न नसक्ने अवस्थाका कारण ज्यानको बाजी राखेर घरबाटै विद्यालयसम्म पुग्नुपरेको छ।
उदयपुर। गाईघाट दिक्तेल सगरमाथा लोकमार्गअन्तर्गतफोक्सिन्टारमा लगाइने बेलिब्रीज एक महिनाभित्र पुन: जडान हुने भएको छ। गाईघाट दिक्तेल सडक योजना कार्यालय उदयपुरले बेलिब्रीज पुन: जडानका लागि ठेक्का लगाउने काम अन्तिम चरणमा पुगिसकेको जनाएको छ।
फोक्सिन्टारमाबेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो। जसमा इच्छुक प्रतिस्पर्धी निर्माण व्यवसायीहरूमध्ये नियमानुसार अन्तिम छनोट गर्न बाँकी रहेको कार्यालयका सूचना अधिकारी इन्जिनियर सुमन गोलेले बताए।
गोलेका अनुसार केही दिनभित्र निर्माण व्यवसायीको टुंगो लगाएर बेलिब्रीज पुन: जडानको जिम्मा लगाउने तयारी भइरहेको छ। कार्यालय प्रमुख (डीई) परिवर्तन भएका कारण ठेक्का प्रक्रिया टुंग्याउन केही समय लागेको उनले बताए। यसअघिका डीई विवेक पाण्डेलाई कटारी घुर्मी सडक योजना कार्यालयमा मात्र खटाउँदै सरकारले गाईघाट दिक्तेल योजना कार्यालय प्रमुखमा अच्युतशविलाश पन्तलाई पठाएको छ।
नयाँ डीई पन्त सातादिनअघि मात्र कार्यालयमा हाजिर भएर केही दिनका लागि सुत्केरी बिदामा बसेका छन्। मंसिर दोस्रो साता उनी फर्केलगत्तै बेलिब्रीज पुन: जडानको जिम्मा लिने ठेकेदार टुंग्याएर काम अघि बढाउने तयारीमा कार्यालय रहेको छ।
इन्जिनियर गोलेका अनुसार बेलिब्रीज पुन: जडानका लागि डेढ करोड खर्च गर्ने गरी कार्यालयले टेन्डर आह्वान गरेको छ। ठेक्का सम्झौता भएमा पुस दोस्रो साताभित्र बेलिब्रीज निर्माण भइसक्ने अपेक्षा योजना कार्यालयले गरेको छ। गतवर्ष पनि पुस अन्तिमदेखि बेलिब्रीज सुचारु भएको थियो। यसवर्ष केही चाँडो सुचारु गर्न खोजे पनि परिस्थितिले उही समय पुर्याउने देखिएको कार्यालयले जनाएको छ।
उदयपुर र खोटाङलाई सोझो यातायात मार्गले जोड्ने फोक्सिन्टारस्थित सुन नदीमा दशक बढी समय लगाएर निर्माण भएको पक्की मोटरेबल पुल बाढीले बगाएदेखि २ वर्षयता वर्षमा मुस्किलले ६ महिना बेलिब्रीजको माध्यमबाट यातायात आउजाउ गर्ने गरिएको छ भने बाँकी समय फोक्सिन्टारदेखि ३ किलोमिटर टाढा रसुवाघाटस्थितझोलुंगे पुल तरेर दुई जिल्ला आउजाउ गर्नुपर्ने बाध्यता छ।
उदयपुरतर्फ रौतामाई गाउँपालिका ५ पोखरी र खोटाङतर्फखोटेहाङ गाउँपालिका ९ चिच्कीराम्चेबीचमा पर्ने फोक्सिन्टारमा १३ वर्ष लगाएर १ सय ५ मिटर लामो पक्की मोटरेबल पुल निर्माण भएको थियो। पुल बनेर गाडी वारपार गर्न थाले पनि एप्रोच सडक निर्माण नभइसकेकाले उद्घाटन गर्ने तयारी हुँदै गर्दा ०८१ असोज १२ गते राति आएको भीषण वर्षापछिको बाढीले पुल बगाएको थियो।
डेढ दशक लामो प्रतीक्षापछि बल्ल निर्माण सम्पन्न भएको पुल बाढीले बगाएपछि भर्खर सुचारु भएको लोकमार्गको सोझो यातायात सम्बन्ध पुनः विच्छेद हुन पुगेको हो। बाढीले पुल बगाएपछि पुनर्निर्माण गर्ने या मर्मत भन्ने विषयको टुंगो सरकारले लगाउन नसक्दा सोही वर्ष हिउँददेखि कामचलाउ अस्थायी बेलिब्रीज जडान गरेर यातायात सुचारु गर्न थालिएको हो।
पुल बन्नुअघि पनि डेढ दशक बेलिब्रीजकै माध्यमबाट यातायात सुचारु गर्ने गरिएको फोक्सिन्टारकोबेलिब्रीज पुल बनेपछि अन्यत्र लगिएको थियो। तर, पुल बगाएपछि फेरि बेलिब्रीजकै भर पर्नुपर्दा अर्को खरिद गर्दा दोहोरो आर्थिक भार राज्यलाई परेको स्थानीय बताउँछन्।
त्यहाँ अर्को पुल लगाउने भन्दै तत्कालीन सरकारले प्राविधिक खटाएर विस्तृत परियोजना प्रतिवेदन बनाउन लगाएको थियो। रौतामाई ५ का वडाध्यक्ष पाण्डव राईका अनुसार घटनास्थल पुगेको प्राविधिक टोलीले भत्केको पुरानो पुल मर्मत गर्नुभन्दा नयाँ पुल बनाउनु उपयुक्त हुने सुझाव दिँदै ३४ करोड लागतको नयाँ इस्टिमेटसमेत तयार गरेको थियो।
तर, पुल बगेको २६ महिना बितिसक्दासम्म त्यहाँ पुल बनाउने सुरसार सरकारले गरेको छैन न त मर्मतकै प्रक्रिया अघि बढाएको छ। बाढीले पुल बगाएर दुई जिल्लालाई यातायात सम्पर्क विच्छेद गराएको अढाई वर्ष पुग्नै लाग्दासम्म राज्यले नयाँ पुल बनाउने कि मर्मत गर्ने भन्ने नै टुंगो गर्न नसक्दा सगरमाथा लोकमार्ग भएर सञ्चालन हुने सयौँ सवारीसाधन र दुई जिल्लाबासी यात्रु मारमा परेको वडाध्यक्ष राई बताउँछन्।
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...