नेपाल छन्त्याल संघको महाधिवेशन बेनीमा हुने
२१ फागुन २०७८
•
२ मिनेट पाठ
नेपाल छन्त्याल संघको महाधिवेशन बेनीमा हुने
नेपाल छन्त्याल संघको ७ औँ राष्ट्रिय महाधिवेशन म्याग्दी सदरमुकाम बेनीमा हुने भएको छ। आगामी चैत २५ र २६ गते बेनीमा हुने महाधिवेशनको तयारीलाई तीव्रता दिइएको संघका केन्द्रिय अध्यक्ष मोहन छन्त्यालले बताए।




‘कोरोनाको कारण महाधिवेशन रोकिएको थियो,‘यसपटक बेनीमा छन्त्यालको पहिचान झल्किने गरी कार्यक्रम गछौं’ अध्यक्ष छन्त्यालले भने। उनले म्याग्दीको कला र संस्कृतिको जर्गेनामा छन्त्याल जातिको भूमिका समेत महत्वपूर्ण रहेको बताए।

छन्त्याल जातिको आफ्नो छुट्टै मौलिक संस्कृति, भाषा, धर्म, परम्परा, चालचलन, रीतिरिवाज, जीवनपद्धति र प्रथा रहेकाले प्राचिनकालको महत्वका बारेमा नयाँ पुस्तालाई जानकारी गराउन आवश्यक रहेको बताए।

छन्त्याल जातिमा १२ थरहरू रहेका छन्ः खड्का, घर्ती, घरब्जा, घ्याप्चन, झिङ्राजा, डाँडामारे, तथप्जा, पुराने, पोत्लाङ्गे, बुढाथोकी, भलञ्जा र सिङ्ग रहेका छन्। महाधिवेशनको अवसरमा विभिन्न ११ जिल्लाबाट आउने ३५० बढी प्रतिनिधिले नयाँ नेतृत्व चयनमा सहभागी हुने जनाइएको छ।

संघ मातहतका सबै समितिको अधिवेशन सकिएको र फागुन २८ गते भित्र प्रतिनिधि चयनको काम सक्न निर्देशन दिइएको छन्त्याल विद्यार्थी संघका केन्द्रिय सदस्य अमर छन्त्यालले बताए। संघका केन्द्रिय अध्यक्ष छन्त्याल, महासचिव बलमान छन्त्याल, कोषाध्यक्ष शिव प्रसाद छन्त्याल, म्याग्दीका जिल्ला अध्यक्ष रेशम छन्त्याल, सचिव मनबहादुर छन्त्याल, लगायतको टोलीले शनिबार बेनीमा कार्यक्रम गर्ने स्थलको छनौट समेत गरिसकेको छ।

विभिन्न स्थानको स्थलगत निरिक्षण पश्चात जिल्ला समन्वय समितिको सभाहलमा उद्घाटन र बन्द सत्रको कार्यक्रम गर्ने तय भएको महासचिव छन्त्यालले बताए। अध्यक्ष छन्त्यालको अध्यक्षतामा महाधिवेशन मुल आयोजक समिति र ८ वटा विभिन्न उपसमिति गठन गरि तयारीलाई तीव्रता दिइएको संघले जनाएको छ।

उद्घाटन कार्यक्रममा छन्त्याल समुदायका संघ संस्थाका प्रतिनिधि लगायतको समेत सहभागीतामा बेनीमा झाँकी सहितको बृहत्  र्‍याली निकालिने जनाइएको छ। ‘अस्थित्व, मौलिक पहिचान र अधिकारको लागि हाम्रो आन्दोलन।' ऐतिहासिक छन्त्याल स्वायत्त क्षेत्रको पक्षमा सातौ राष्ट्रिय महाधिवेशन  भन्ने मुल नाराका साथ आयोजित महाधिवेशन सफलताका लागि आर्थिक, भौतिक र नैतिक सहयोगका लागि समेत अपिल गरिएको छ।

छन्त्याल भाषा भोट–बर्मेली परिवारमा पर्दछ। बागलुङ र म्याग्दी जिल्लाका क्षेत्र/इलाकाहरू मूल थातथलो भएता पनि सन् २०११ को जनगणनाअनुसार छन्त्यालहरू ४३ जिल्लाहरूमा रहेको देखिन्छ।
अर्को समाचार
छन्त्याल संघको ७ औं राष्ट्रिय महाधिवेशन बेनीमा सुरु
२५ चैत्र २०७८
•
२ मिनेट पाठ
छन्त्याल संघको ७ औं राष्ट्रिय महाधिवेशन बेनीमा सुरु
म्याग्दी सदरमुकाम बेनीमा शुक्रबार नेपाल छन्त्याल संघको ७ औं राष्ट्रिय महाधिवेशन सुरु भएको छ। देशभर छरिएका छन्त्यालबासीको उपस्थितीमा भएको महाधिवेशनमा गृहमन्त्री बालकृष्ण खाँणले आदिवासी जनजातिहरुले मुलुकमा सीमा सुरक्षाको काम गरेको बताए।




नेपालको दुर्गम र बिशिष्ट भूभागमा उल्लेख्य बसोबास रहेको छन्त्याल समुदायको अधिकारको रक्षा र कला संस्कृतिको सरक्षणमा सरकार प्रतिबद्ध रहेको जनाए। उनले नेपालका आदीबासीले तराईदेखि हिमालसम्मको सिमानामा आदिवासी जनजातिले सीमा सुरक्षाको रुपमा भूमि निभाएको बताए।

छन्त्याल समुदायको पुर्ख्याैंली पेशा खानी उत्खनन रहेको उल्लेख गर्दै उनले खानी उत्खनन गर्दा स्थानीयबासीको मर्म र भावना बुझेर मात्रै अघि बढ्नु उचित हुने बताए। नेपाल भूगोलको रुपमा सानो रहेपनि संस्कृति, धर्म, भाषा, भूगोल र जातिय विविधता रहेको उल्लेख गर्दै विविधताको संयोजनले नै राष्ट्रियताको संवर्द्धन गर्ने धारणा राखे। उनले हिमालको फेदीसम्म बसोबास रहेको छन्त्याल समुदायको पहिचानको रक्षा र संवर्द्धनको लागि सरकार प्रतिबद्ध रहेको समेत बताए। 

मौलिक पर्वहरुमा सरकारले विदा दिएको उल्लेख गर्दै उक्त विदालाई आफ्नो भाषा, संस्कृति, परम्पराको संरक्षण र संवर्द्धनका लागि राष्ट्रिय पर्वको रूपमा मनाउन आह्वान गरेका थिए। सोही अवसरमा आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले आदीवासीको हकहितको संरक्षणमा ध्यान दिन अनुरोध गरे। बेनीमा दुई दिनसम्म सञ्चालन हुने महाधिवेशनको अवसरमा बेनीमा छन्त्याल समुदायको पहिचान र संस्कृति झल्कने झाँकीसहित बजार परिक्रममा गरिएको छ। 

महाधिवेशनबाट आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन हुनेछ। उद्घाटन कार्यक्रममा भाग लिन आएका छन्त्याल समुदायका सयौंको संख्यामा बेनीमा झाँकी प्रदर्शन गरिएको हो। ‘अस्थित्व, मौलिक पहिचान र अधिकारको लागि हाम्रो आन्दोलन,’ ऐतिहासिक छन्त्याल स्वायत्त क्षेत्रको पक्षमा सातौ राष्ट्रिय महाधिवेशन भन्ने मुल नाराका साथ आयोजित महाधिवेशनको बन्द सत्रमा विभिन्न ११ जिल्लाबाट आएका ३५० बढी प्रतिनिधिले नयाँ नेतृत्व चयनमा सहभागी संघका अध्यक्ष मोहन छन्त्यालले बताए। 

बागलुङ र म्याग्दी जिल्लाका क्षेत्र/इलाकाहरू मूल थातथलो भएता पनि सन् २०११ को जनगणनाअनुसार छन्त्यालहरू ४३ जिल्लाहरूमा रहेको देखिन्छ। छन्त्याल जातिको आफ्नो छुट्टै मौलिक संस्कृति, भाषा, धर्म, परम्परा, चालचलन, रीतिरिवाज, जीवनपद्धति र प्रथा रहेकाले प्राचिनकालको महत्वका बारेमा नयाँ पुस्तालाई जानकारी गराउने गरी थप नयाँ योजना बनाउने समेत संघले जनाएको छ। छन्त्याल जातिमा १२ थरहरू रहेका छन्ःखड्का, घर्ती, घरब्जा, घ्याप्चन, झिङ्राजा, डाँडामारे, तथप्जा, पुराने, पोत्लाङ्गे, बुढाथोकी, भलञ्जा र सिङ्ग रहेका छन्। छन्त्याल भाषा भोट–बर्मेली परिवारमा पर्दछ।
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस