रगतको लागि सेना प्रहरीकै भर
१५ फागुन २०७८
•
३ मिनेट पाठ
रगतको लागि सेना प्रहरीकै भर
सुत्केरीको लागि रगत दिँदै नेपाली सेनाका जवान। तस्बिरः नागरिक
जिल्ला अस्पताल बैतडीमा प्रसूति गराउन आउने हरेकले अप्रेसन नगर्नु परोस् भन्ने कामना गर्छन्। अप्रेसन गराएर बच्चा जन्माउँदा रगत आवश्यक परे सास्ती हुन्छ भनेर हरेक सेवाग्राहीले यही कामना गर्ने गरेका हुन्। जिल्लामा ब्लड बैंक नहुँदा रगत खोज्न समस्या हुने गरेको छ। सितिमिति रक्तदाता भेटाउनै गाह्रो हुन्छ, भेट्टाएमा ग्रुप नमिल्ने चिन्ता हुने गरेको सेवाग्राही बताउँछन्। रगतकै लागि ग्रामीण क्षेत्रबाट प्रसूति गराउन जिल्ला अस्पताल पुग्दा स्थानीयले सास्ती भोग्ने गरेका छन्। रगत आवश्यक परे सेना प्रहरी गुहार्नु पर्ने अवस्था छ।




सुत्केरी व्यथाले च्यापेपछि बुधबार सुर्नया गाउँपालिका– २ की २० वर्षीया सरस्वती पाण्डेयको अपरेशन गरि सुत्केरी गराउनुपर्ने बाध्यता बन्यो, तर रगतको जोहो कतैबाट भएन्। सुत्केरी व्यथाले च्यापेर जीवन र मरणको अवस्थामा पुगेकी पाण्डेयलाई नेपाली सेनाको हनुमानध्वज गुल्मका सैनिक बालकृष्ण बिष्ट र टिकाराम बिकले रगत दिएर ज्यान बचाए।

जिल्लामा जटिलतायुक्त प्रसूति सेवा सुरु भएपछि रगतको आवश्यकता पर्न थालेको हो। जिल्ला अस्पतालमा शल्यक्रियाबाट सुत्केरी गराउने सेवा सुरू भएयता रगत खोज्न समस्या हुँदै आएको हो। रक्तसञ्चार केन्द्र र रक्तदाताको अभावमा बिरामीका आफन्त र स्वास्थ्यकर्मीले समस्या भोग्दै आएका छन्। रगतको व्यवस्था गर्न नसक्दा जिल्ला अस्पताल आएका बिरामीलाई रिफर गर्नुपर्ने बाध्यता रहेको जिल्ला अस्पतालले जनाएको छ।

रक्त संकलन केन्द्र नहुँदा दुर्गम गाउँबाट आएका सर्वसाधारणलाई समस्या हुँदै आएको छ। चिनेजानेका भरमा बिरामीका आफन्तले रक्तदाता खोज्नुपर्छ। विकल्पमा सेना र प्रहरी कार्यालय जान्छन्। त्यहाँ नपाए अन्य उपाय नै छैन। ‘अस्पताल पुग्ने बित्तिकै रगत आवश्यक हुने बिरामीका आफन्तलाई खोज्न लगाउँछाैं,’ जिल्ला अस्पताल प्रमुख डा.वशन्तराज जोशीले भने।

पछिल्लो समय अस्पतालको सेवामा सुधार आएपछि छिमेकी जिल्ला दार्चुला, बझाङबाट समेत उपचारका लागि बैतडी आउने गरेका छन्। आकस्मिक रक्तसञ्चार केन्द्र भए पनि रक्तदाताको अभावले उपचारमा समस्या हुँदै आएको हो। जिल्ला अस्पतालमा जटिलतायुक्त प्रसूति सेवा सुरू भएपछि रगतको आवश्यकता बढेको हो।

गत वर्ष १२ जनाले जटिलतायुक्त प्रसूति गराइएका थिए भने यो वर्षको माघसम्म ८ जनाले यो सेवा लिएका छन्। समान्य सुत्केरी हुन नसक्ने अवस्था आएपछि चिरफार गरेर बच्चा जन्माउने गरिएको छ। जटिलतायुक्त प्रसूति (चिरफार) गराउँदा रगत आवश्यक पर्दा समस्या हुने गरेको छ। जिल्लामा रगत अभाव र बढी समस्या भएको केश भने अन्यत्र रिफर गर्ने गरिएको छ।अप्रेसन गर्नुअघि नै रक्तदाता तयार गर्नुपर्ने हुन्छ। रगत आवश्यक परे तुरुन्तै रगत दिन यस्तो गरिएको हो। तर रक्तदाता पाउनै समस्या हुने गरेको जिल्ला अस्पतालले जनाएको छ।

पटकपटक रक्तसञ्चार केन्द्र बनाउन छलफल गरे पनि अन्य सरोकारवालाले चासो नदेखाउने गरेको जिल्ला अस्पतालको आरोप छ। स्वास्थ्य कार्यालयले रगतको व्यवस्था गर्न पटकपटक जिल्लास्थित सरोकारवालासँग आग्रह गरेको बताएको छ। राजनीतिक दल, कर्मचारी र अगुवाले आफ्नो संस्थाका तर्फबाट रक्तदान गर्न चाहनेहरूको विवरण  तयार गर्ने प्रतिबद्धता व्यक्त गरे पनि कार्यान्वयन गरेका छैनन्। रगत नपाउँदा चिकित्सक आफैले रगत दिएर उपचार गर्ने गरेका छन्। जिल्ला अस्पतालकै चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मीले धेरैपटक रगत दिएर बिरामीको उपचार गरेको  अस्पताल प्रमुख डा.जोशीले बताए।

रगत आवश्यक परे सैनिक ब्यारेक, प्रहरीलाई गुहार्दै आएको अस्पताल प्रमुख डा. जोशीले बताए। नेपाली सेनाले चाहिएको बेला रगत दिँदै आएका छन्। सुत्केरी आमा र बच्चाको ज्यान बचाउन म आफै अग्रसर हुने हनुमानध्वज गुल्मका गुल्मपति खिलबहादुर रानाले बताए। जवानहरुलाई रगत दिन प्रोत्साहन गर्दै आएको उनले जानकारी दिए। 

रगत दान गर्ने सैनिकलाई हौंसला स्वरुप पुरस्कृत गर्दै आएको गुल्मपति रानाले बताए। साउन यता मात्र जिल्लामा २० जनाले रगत दिएका छन्। जसमा  ८ जना नेपाली सेना, ७ जना प्रहरी, दुई जना स्वास्थ्यकर्मी र ८ सर्वसाधारणले रगत दिएका हुन्। ‘जिल्लामा ब्लडबैंक छैन,’ ल्याव प्रमुख चन्द्रसिंह डोबालले भने, ‘ब्लड बैंक नहुँदा रक्तदाताको गुुर्प छुट्याएर सम्पर्क नम्बरसहित नामावली तयार गरेको छ।’ तर रगत चाहेको बेलामा ति व्यक्ति सम्पर्कमा नआउदाँ रगत खोज्न समस्या हुने गरेको छ। नजिक उपलब्ध भएका व्यक्तिको रगत समूह नमिल्दा सास्ती हुने गरेको हो।
अर्को समाचार
सुदूरपश्चिममा सेना, प्रहरीकै रगतले जोगिन्छ स्थानीयवासीको ज्यान
१९ पौष २०७७
•
४ मिनेट पाठ
सुदूरपश्चिममा सेना, प्रहरीकै रगतले जोगिन्छ स्थानीयवासीको ज्यान
सुदूरपश्चिम प्रदेशमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीकै रगतले अधिकांश स्थानीयवासीको ज्यान जोगिँदै आएको छ। यहाँका कैलाली, कञ्चनपुरबाहेकका अन्य सात पहाडी जिल्ला, बझाङ, बैतडी, अछाम, बाजुरा, डडेल्धुरा, दार्चुला तथा डोटीमा ब्लड बैंक नभएका कारण रगतको आवश्यक परेमा स्थानीयवासीले सेना तथा प्रहरीका ब्यारेकमा धाउनुपर्ने हुन्छ। रगत आवश्यक परेका बिरामीलाई यहाँका सुरक्षाकर्मीले भनेकै समयमा रगत दान गर्ने भएका कारण अधिकांश स्थानीयवासीको सेना, प्रहरीले अकालमै ज्यान जोगाइदिने गरेका छन्। सेना तथा सशस्त्र प्रहरीले यहाँका सयौँ नागरिकलाई आफ्नो रगत दिएर ज्यान जोगाउन सफल भएका छन्।




यसै सिलसिलामा नेपाली सेनाले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा रगतदान गरेर ११० स्थानीयवासीको ज्यान बचाएका छन् भने सशस्त्र प्रहरीले ८५ को ज्यान जोगाएको बताइएको छ। सुदूरपश्चिम पृतना हेडक्वार्टरले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७६/७७ मा पृतना मातहत रहेका विभिन्न युनिटका ९२ अधिकृत तथा अन्य सैनिकले आफ्नो रगत दिएर यहाँका ११० स्थानीयवासीको ज्यान जोगाउन सफल भएको छ। सुदूरपश्चिम प्रदेशमा भएका स्वास्थ्य संस्थामा रगत नपाउने हुँदा यहाँका सैनिकले रगतको आवश्यकता परेका महिला तथा पुरुषलाई निःशुल्क रगतदान गरेका कारण उनीहरुको ज्यान जोगिने गरेको छ। सेनाले सुदूरपश्चिममा रक्तदान कार्यलाई निकै अग्रता दिएपछि स्थानीयवासीमा खुसी छाएको छ। कसैलाई रगत आवश्यक परे यहाँ कार्यरत सैनिकले जुनसुकै अस्पतालमा गएर भए पनि रगत दान गर्दै आएको सुदूरपश्चिम पृतना मुख्यालयले जनाएको छ।

समयमै रगत नपाउँदा विगतका वर्षमा यहाँका अधिकांश महिला तथा पुरुषको अकालमै ज्यान जाने गरेको भए पनि पछिल्लो सयम सेना तथा सशस्त्रले भनेकै समयमा सहजै रगत दिन थालेपछि स्थानीयवासीले राहत पाउनुका साथै उनीहरुको ज्यान जोगिन थालेको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका हर्कबहादुर बोहराले बताए। उनले भने,“बिरामीलाई चाहिएको बेला रगत नपाउँदा अधिकांशले ज्यान गुमाएका थुप्रै उदाहरुण छन्, अहिले सेना र सशस्त्रले रगत दिन थालेपछि ज्यान जोगिन थालेको छ, बिरामीलाई सहज भएको छ।”

दुई नगरपालिका तथा सात गाउँपालिकासहित नौ स्थानीय तह रहेको डोटीमा स्थानीय तहको पहलमा एक ब्लड बैंक तत्कालै स्थापना गर्नुपर्ने दिपायल सिलगढी नगरपालिकाका पूर्व नगरउपप्रमुख प्रेमबहादुर शाहले जानकारी दिए। सेना तथा सशस्त्र प्रहरीले प्रायः यहाँका अछाम, बझाङ, बाजुरा, बैतडी, दार्चुला, डडेल्धुरा तथा डोटीका सुत्केरी तथा विभिन्न घटनामा परी घाइते भएकालाई रगतदान गरेर ज्यान बचाएको सशस्त्र प्रहरीको दिपायलमा तैनाथ रहेको ३६ नम्बर गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाले बताए। उनले भने,“हामीले सुदूरपश्चिम प्रदेशका नौ जिल्लामा आवश्यक परेका बेला आफ्नो रगतदान गर्ने गरेका छौँ, हाम्रो रगतले कसैको ज्यान जोगिन्छ भने हामी जतिबेला पनि रगत दिन तयार छौँ।”

यहाँका सुरक्षाकर्मीले आफू मातहत रहेका सम्पूर्ण सुरक्षाकर्मीको रगत समूह पहिले नै छुट्याएर राख्ने तथा भनेको बेलामा जुनसुकै समयमा पनि रगत दिन तयार हुने भएकाले यहाँका स्थानीयवासी सेना तथा सशस्त्र प्रहरीका ब्यारेक तथा युनिटमा रगत माग्न धाउने गरेको दिपायल पिपल्लास्थित शैलेश्वरी अस्पतालका निर्देशक आइजङ्ग कुँवरले बताए। उनले भने,“रगतको अभावमा बिरामीको ज्यान नै खतरामा परिसकेको हुन्छ, नयाँ मान्छे बोलाएर रगत समूह पत्ता लगाउँदासम्म ढिलो भइहाल्छ, सेनाले पहिले नै रगत समूह छुट्याएर राख्ने भएकाले हामी पहिलो खबर ब्यारेकमै गर्छौँ र सहजै रगत पाइन्छ।” यहाँका पहाडी जिल्लामा रगत अभावका कारण कयौँ स्थानीयवासीको अकालमै ज्यान गइसकेको छ।

जिल्लामा रहेका स्थानीयवासीमा रगत दान गर्नुपर्छ भन्ने बानीको विकास भइनसकेकाले जिल्लामा रगत सहजै पाउन समस्या हुने गरेको चोपडा अस्पताल दिपायल पिपल्लाका निर्देशक हिक्मतसिंह चोपडाले बताए। उनले भने,“रगतदान गर्दा कमजोर भइन्छ भन्ने अन्धविश्वासले यहाँका स्थानीयवासी रगतदान गर्न अघि सर्दैनन्, रगत नपाउँदा बिरामीको ज्यान नै खतरामा पर्ने गर्छ, रगतदान गर्दा कुनै असर हुँदैन, रगतदान गर्ने बानीको विकास गर्नु जरुरी भएको छ।” जिल्लामा रगत सङ्कलन गर्नका लागि नेपाल रेडक्रस सोसाइटीले खोलेको ब्लड बैंकमा रगत नपाउँदा वर्षौँदेखि बन्द अवस्थामा रहेको छ। 

त्यस्तै यहाँको निजी क्षेत्रको अस्पातल शैलेश्वरीले पनि रगत सङ्कलन गर्न अभियानको शुरुआत गरे पनि रगतदान गर्ने व्यक्ति नपाउँदा बन्द अवस्थामा रहेको अस्पतालका चिकित्सक बताउँछन्। रगतदान गर्नुपर्छ, आफूले दिएको रगतले कुनै एक व्यक्तिको ज्यान जोगिन सक्छ भन्ने बानीको विकास नभएसम्म जिल्लामा रगतदान गर्ने पाउन मुस्किल पर्ने शैलेश्वरी अस्पतालका स्वास्थ्यकर्मी लोकेन्द्र बोहराले बताए। रासस
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस