ग्रामिण क्षेत्रमा रहेका मानवअधिकार रक्षकको सक्रियतामा महिला हिंसा न्यूनिकरणसहित मानवअधिकार उंलघनका घटना न्यूनिकरणमा सघाएको बताइएको छ। आमा समूहसहित हिंसामा परेकाहरुलाई सघाउने समूह ग्रामिण क्षेत्रमा सक्रिय हुदाँ पीडितको पहिचान र पीडकलाई कानुनी दायरामा ल्याउन सहज भएको राष्ट्रिय मानव अधिकार आयोगको प्रतिनिधिको भनाई छ।
हिंसामा परेकालाई थप याचना दिनेहरु बिरुद्ध महिला समुहको सक्रियताले न्यूनिकरणको यात्रामा सहज भएकाले अब ग्रामिण क्षेत्रमा रहेका मानवअधिकारकर्मीको समेत अभिलेखिकरण र सुचिकरण गरिने आयोगको प्रर्वद्धन तथा वकालत महाशाखाका प्रमुख दिपेन्द्रबहादुर सिंहले बताए।
‘मानवअधिकारको क्षेत्रमा स्वतन्त्र रुपमा काम गरिरहेका अभियन्ताहरुको अभिलेखिकरण र सुचिकरण गर्न लागिएको छ,‘दुर्गम क्षेत्रका अधिकारकर्मीहरुलाई समेत पहिचन हुने गरी काम गर्नेछौ’सिंहले भने। आयोगले म्याग्दीको सदरमुकाम बेनीमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा मानवअधिकार रक्षकहरुको अभिलेखिकरणका लागि सात वटै प्रदेशमा सम्मेलन गर्न लागिएको जानकारी समेत गराइएको थियो।
पिडितको पक्षमा आवाज उठाउने, सार्वजनिक र वकालतमा भूमिका खेल्नेहरुको पहिचान र सुरक्षा प्रमुख चुनौती भएकाले नियमित सम्पर्क र सहकार्यमा रहने गरी अभिलेखिकरण गर्न लागिएको आयोगका गण्डकी प्रदेश कार्यालय प्रमुख चन्द्रकान्त चापागाईले बताए।
फागुनको २० र २१ ग्ते पोखरामा प्रदेशभरका मानवअधिकार रक्षकहरुको सम्मेलन गर्न लागिएको बताए। सम्मेलनमा मानवअधिकारको अवस्था, रक्षकहरुको चुनौति र सुरक्षाका बिषयमा छलफल हुने उनको भनाई छ। नेपाल पत्रकार महासंघ, गैरसरकारी संस्था महासंघ लगायतका संघ संस्थाहरुसँग समन्वय गरेर सम्मेलन गरिने आयोगले जनाएको छ।
कानुन ब्यवसायी चिरञ्जिबी शर्माले नागरिक समाजका अगुवा, पत्रकार, कानुन ब्यवसायी, बाल क्लव, आमा समूह, गैरसरकारी संस्थाकर्मी, मनवअधिकार रक्षकको रुपमा क्रियाशिल रहेकाले संरक्षणमा अव ढिलाई गर्न नहुने बताए। नागरिकमा कानुनी ज्ञानको कमीले न्यायको लागि पहल गर्ने भन्दा पनि पिडा र अन्याय सहेर बस्ने दुःखद अवस्था रहेको अधिबक्ता शर्माको भनाई छ।
नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष प्रकाश पौडेलले जिम्मेवार पदमा रहेकाहरुमा जवाफदेहिताको कमी मानवअधिकारको चुनौति भएको बताए। उनले जिल्लामा मानवअधिकारको उलंघनका घटनाहरुलाई निर्मल पार्न सञ्चार क्षेत्रको निरन्तर सक्रियता र भूमिका रहेको बताए। नेपाल मानवअधिकार संगठन म्याग्दीका अध्यक्ष कोमलप्रसाद उपाध्यायले जिल्लाभित्रका रक्षकको विवरण जुटाउने बताए।
उनले सहरबजार देखि ग्रामिण क्षेत्रसम्म सक्रिय अधिकारकर्मीसँग निरन्तर सक्रिय हुन अभिलेखिकरणले सघाउने बताए। ग्रामिण क्षेत्रमा रहेका रक्षकलाई कानुनी रुपमा समेत पोख्त बनाउन सकेमा पारदर्शीता, सूचनाको हक र समावेशिताको अवधारणालाई कार्यान्वयनमा सहज हुने कार्यक्रमका सहभागीको भनाई थियो।