जन्मजात अपाङ्गताको समस्याबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७,हिस्तान औल गाउँका सुकलाल गर्बुजा हिँड्डुल गर्न सक्दैनन्। ओछ्यानमा गर्बुजाले दिशापिसाव समेत ओछ्यानमा गर्दछन्। कसैको सहायतामै घिस्रिँदै र लर्खराउँदै याताउता गर्न नसक्ने गर्बुजाले ४९ वर्षको उमेरमा बल्ल नागरिकता पाएका छन्।
विसं २०२९ सालमा जन्मिएका गर्बुजालाई पटक–पटक नागरिकताका लागि लैजाने प्रयास असफल भएर निराश भएको अवस्थामा प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले घरमै पुगेर नागरिकताको प्रमाणपत्र दिएका थिए। घरभित्रको अँध्यारो कोठामा पल्टिरहेका गर्बुजा जिल्ला प्रशासन कार्यालयसम्म आउन नसक्ने भएकाले घरमै पुगेर नागरिकता वितरण गरिएको प्रजिअ रानाले बताए।
‘ओछ्यानमै पल्टिएको करिब पाँच दशक पुग्न लागेको रहेछ, घरमै पुगेर नागरिकता दिँदा परिवारनै उत्साहित हुनुभयो’, प्रजिअ रानाले भने। उनले नागरिकका समस्यालाई मध्यनजर गरी घरदैलोमा पुगेर समेत सेवा दिन सकिने बताए। पूर्णरुपमा अशक्त भएका नागरिकलाई घरदैलोमा पुगेर नागरिकता दिने आफ्नो योजना रहेको समेत प्रजिअ रानाले बताए।
नागरिकताको प्रमाणपत्र नहुँदा सामाजिक सुरक्षा भत्ताबाट समेत बन्चित भएपछि अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष केशमायाँ मगरले पहल गरेकी थिईन्। ‘घरमै गएर नागरिकता बनाउन सहयोग गर्ने प्रतिबद्धता गरेकोमा आज पूरा हुँदा खुशी लागेको छ, पूर्ण अपाङ्गता गर्बुजाको हातमै नागरिकता परेपछि परिवारमै खुसीयाली छाएको छ’, उपाध्यक्ष मगरले भनिन्। ‘क’ वर्गको अपाङ्गता परिचयपत्र बनाए पनि जिल्ला प्रशासनसम्म पुर्याउन नसक्दा छोराको नागरिकता बनाउन नसकिएकोमा घरमै नागरिकता पाउँदा बुबाको जिम्मेवारी पनि पूरा भएको महसुस भएको जगबहादुर पुनले बताए।
‘छोरा ५० वर्ष पुग्नै लाग्दा पनि अहिले सम्म नागरिकता बनेको थिएन, स्ट्रेचरमा हालेर लैजाने प्रयास गर्दा पनि सफल भईन्, मेरो ठूलो चाहना पूरा भएको छ’, पुनले भावुक हुँदै भने। गाउँपालिका उपाध्यक्ष मगर, वडा अध्यक्ष गमबहादुर फगामी, वडा सदस्य टिका घतानेसहित प्रजिअ राना सोमबार विहान साढे ९ बजे घरमै पुगेपछि वृद्ध पुन परिवार दंग परेका थिए। यता जिल्ला प्रशासन कार्यालयले अपाङ्ग असहाय अशक्त लगायतका नागरिकले नागरिकता दिन विगतमा स्थानीय तहमा आयोजना गरिने घुम्ती शिविर यस वर्ष नभएकाले जिल्लाका सबै स्थानीय तहका जनप्रतिनिधिलाई शारीरिक रुपमा अशक्तलाई घरमै पुगेर नागरिकता दिन सकिने जनाएको छ।
स्थानीय तहबाट कारणसहित जानकारी आएमा टोलीलाई खटाएर घरमै नागरिकता दिने गरी कर्मचारी परिचालन गर्न सकिने प्रजिअ रानाको भनाइ छ। जिल्लाका ग्रामीण क्षेत्रमा अझै पनि विभिन्न समस्यामा परेकाहरु नागरिकता लिनबाट बन्चित भएको भेट्ने गरिन्छ।