‘२०५६ साल असोज (दसैंका बेला) को एक झिसमिसे बिहानीमा विद्रोही माओवादी खोज्दै गाउँ पसेका प्रहरीले हामी आमा–छोरीलाई लछारपछार गर्दै घरबाट लिएर गए। डोरीले हात र आँखामा पट्टी बाँधेर दिनभर जंगलमा हिँडाए। करिब १२ घण्टा शारीरिक र मानसिक यातना दिनुसम्म दिए,’ रोल्पाकी रमिता (नाम परिवर्तन) ले १० वर्षे माओवादी सशस्त्र द्वन्द्वताका आफूमाथि भएको ज्यादती सुनाइन्।
रमिताले त्यस बेला ४० वर्षकी आमा र २० वर्षकी आफूलाई प्रहरीले नियन्त्रणमा लिएपछि विभिन्न यातना दिँदै चौकीमा पुर्याएर अलगअलग कोठामा राखेको बताइन्। उनले भनिन्, ‘बेलुका रक्सीले मातेर आएका अधिकारी थरका सई र थापा थरका असईले मेरो शरीरका सबै कपडा फुकालिदिए। हात–खुट्टा बाँधेर मुखमा टालो कोचिसकेपछि मेरो योनीमा प्रहरीको लाठी कोचिदिए।’ रमिताले त्यो कहालीलाग्दो रात सम्झिँदै थपिन्, ‘अर्को बिहान अलिअलि होस आउँदा शरीरले चिसो अनुभूति गर्यो। आँखाबाहेक शरीरका अन्य अंग चलेनन्। योनीबाट रगत बगिरह्यो। पूरै होस खुलेपछि फेरि यातनाले निरन्तरता पायो। बुट लगाएका खुट्टाले छातीमा टेक्ने, लाठीले पैतालामा हिर्काउने क्रम बढ्दै गयो। अर्को कोठाबाट आमाको चित्कार आइरहन्थ्यो।’ रमिताका अनुसार उनकी आमामाथि पनि प्रहरी चौकीमा बलात्कार भएको थियो।
नवौं दिनका दिन त आमाकै अगाडि आफूलाई प्रहरीले बलात्कार गरेको रमिता बताउँछिन्। ‘१९ दिनसम्म पालैपालो, पटकपटक हामी आमा–छोरीलाई प्रहरीले लुटिरहे। यो सबै परिणाम बाबा माओवादी हुनुको थियो,’ रमिताले पीडा पोखिन्।
रमिताका आमा–छोरीको जस्तै पीडा अर्की एक महिलाको पनि छ। ‘२३ महिनासम्म पोखरा ब्यारेकमा नजरबन्दसहित बलात्कृत हुँदा जिउँदै मरेजस्तो भइयो,’ रोल्पा घर भएकी माओवादी पूर्वलडाकुले भनिन्, ‘त्यति बेलाको यातना र दुव्र्यवहारले अहिले हामी शारीरिक र मानसिक दुवै समस्याको सिकार भएका छौं। सरकारले घाइते हो भने घाउ देखाऊ भन्छ। हामीले बलात्कारको घाउ कसरी देखाउने?’ द्वन्द्वका बेला यौन हिंसामा परेकाको तथ्यांक संकलन गरी उनीहरूलाई राहत दिनुपर्ने माग उनको छ।
१४ वर्षको कलिलै उमेरमा परिवर्तनका लागि भन्दै तत्कालीन विद्रोही माओवादीमा लागेर बन्दुक बोकेको बताउने दाङकी एक महिलाले आफू पनि दर्जनौं पटक सुरक्षाकर्मीबाट बलात्कृत भएको बताइन्। माओवादी लडाकु भएकै कारण आफूले राज्यपक्षबाट पाएको पीडा सुनाउँदै ती महिलाले न्यायका लागि सहयोग गर्न सरोकारवाला निकायलाई अनुरोध गरेकी छिन्।
कैलालीकी दुर्गा बमले बाबा बेपत्ता भएको उजुरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा दिएको भए पनि सुनुवाइ नभएको बताइन्। बर्दियाकी एक महिलाले द्वन्द्वका बेला आफूमाथि भएका हिंसाबारे उजुरी दिए पनि आयोग मौन भएको गुनासो गरिन्। दाङकी सन्ध्या वलीले द्वन्द्वकालमा बेपत्ता पारिएका पति आउने आशा अझै मारेकी छैनन्।
‘श्रीमान् बेपत्ता हुँदा गर्भमा रहेको छोरा जन्मेर ठूलो भयो। श्रीमान् बेपत्ता भएपछि हामीले आर्थिक, मानसिक र शारीरिक समस्या झेल्यौं। हाम्रो पीडा कसले बुझिदिने? हामीले न्याय पाउने कहिले? हाम्रा सन्तानसमेत डिप्रेसनको सिकार बन्ने अवस्था आएको छ।’
नागरिक आवाज ललितपुरमार्फत नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङ र थारु उत्थान महिला केन्द्रको सहकार्यमा रोल्पा, दाङ, बर्दिया र कैलालीमा सञ्चालित महिला शान्ति र सुरक्षा कार्यक्रमअन्तर्गत द्वन्द्वपीडित महिलाको सहभागितामा हालै आयोजित ‘संक्रमणकालीन न्याय र मेरो जवाफदेहिता’ विषयक कार्यक्रममा द्वन्द्वपीडित महिलाले सत्यनिरूपण तथा मेलमिलाप आयोग, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र मानव अधिकार आयोगलगायतका पदाधिकारीसामु यसरी आफ्ना समस्या पोखेका हुन्।
कार्यक्रममा द्वन्द्वपीडित ६ दर्जनभन्दा बढी महिलाको गुनासो र आक्रोश सुनेका आयोगका सदस्यहरू पनि गम्भीर भए। ‘विषय जटिल र गम्भीर छ। हामी आयोगमा आउँदा बनिनसकेको बाटोमा थियौं। अहिले बाटो खोलेका छौं। सरकारी असहयोगले काम सकाउन गाह्रो भएको हो’, सत्यनिरूपण तथा मेलमिलाप आयोगकी सदस्य विष्णु पोख्रेलले भनिन्।
पोख्रेलले पीडित महिलाको जिज्ञासा सम्बोधन गर्ने प्रयास गर्दै भनिन्, ‘बलात्कारमा परेकालाई क्षतिपूर्तिका लागि नियमावलीले रोकेको छ। आयोगमा बलात्कारका ३ सय १४ वटा उजुरी दर्ता भएका छन्। थप उजुरी भए लिएर आउनुस्, हामी सम्बोधन गर्न तयार छौं। सरकारले निर्देशिका तयार नगरेका कारण पनि कार्यसम्पादनमा समस्या परेको छ।’ पोख्रेलले द्वन्द्व प्रभावित महिलाको समस्या जटिल रहेको बताउँदै आयोगले पीडितमैत्री भएर काम गर्ने आश्वासन दिइन्। ‘हामीले कल्पनासम्म पनि गर्न नसक्ने पीडा तपाइँहरूसँग छ।
चाहेजति काम आयोगले गर्न सकेको छैन’, कार्यक्रममा बेपत्ता पारिएका व्यक्ति छानबिन आयोगका सदस्य डा. गंगाधर अधिकारीले भने, ‘आयोगमा परेका तीन हजार २ सय ६२ वटा उजुरीमध्ये २ हजार ४ सय ९७ मा अनुसन्धान सुरु भएको छ।’ २१ सयभन्दा बढी परिवारलाई द्वन्द्वपीडित परिचयपत्र वितरण गरेको बताउँदै डा. अधिकारीले भने, ‘अब पीडक पहिचानको काम सुरु गर्छांँ। नेपाल सरकारले नीतिगत निर्णय नगरिदिएका कारण कार्यसम्पादनमा कठिन भएको छ। २० जना कर्मचारी र ५ जना आयुक्तले मात्र काम गर्न गाह्रो भएको छ।’
मानव अधिकार आयोगका कामु सचिव मुरारिप्रसाद खरेलले द्वन्द्वपीडितका समस्यालाई आयोगले गम्भीर रूपमा लिएको बताए। उनले उजुरी अध्ययनपछि सरकारलाई कार्यविधिका लागि सिफारिस गरेको बताए। ‘पीडितका उजुरी आयोगमा सुरक्षित छन्। हामी अन्य आयोगसँग सहकार्यमा काम गर्न तयार छौं।’ दोषीलाई कारबाही र पीडितलाई परिपूरण प्रक्रिया अगाडि बढाउँदा उपयुक्त हुने बताउँदै खरेलले भने, ‘पीडक खुलेआम घुमेको देख्दा पीडितलाई थप पीडा हुन्छ। पीडितलाई न्याय दिने कुरामा हामी क्रियाशील छौं।’
कार्यक्रममा गृह मन्त्रालयका प्रतिनिधि तुलसी भट्टराई, बेपत्ता पारिएका व्यक्ति छानबिन आयोगका सहसचिव कृष्णप्रसाद पुडासैनी, नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङकी सचिव शिवा योगी, नागरिक आवाजका डा.सुसन रिसाललगायतले बोलेका थिए।