बाँकेको फत्तेपुरमा पाटेबाघले घेरा हालेपछि रुखमा चढेर जोगाए ज्यान
०३ पौष २०७८
•
२ मिनेट पाठ
बाँकेको फत्तेपुरमा पाटेबाघले घेरा हालेपछि रुखमा चढेर जोगाए ज्यान
बाँकेको फत्तेपुरस्थित जंगलमा दाउरा खोज्न गएका दुई जनालाई पाटेबाघले घेरा हालेपछि रुखमा चढेर ज्यान जोगाउन सफल भएका छन्।




राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुरस्थित राप्ती पीडित तथा गलुरी सामुदायिक वनभित्र दाउरा खोज्न गएका अशोककुमार थारु र राजाराम थारुलाई बाघले शनिबार दिउँसो घेरा हालेर आक्रमण गर्ने प्रयास गरेको थियो। अशोक राप्ती सोनारी ६ डाँडाटेपरी र राजाराम राप्ती सोनारी ६ गुलरी निवासी हुन्।

राप्ती पीडित तथा गुलरी सामुदायिक वन उपभोक्ता समिति अन्तर्गत रहेको चोरी सिकारी नियन्त्रण संयोजक सिताराम थारुले दिएको जानकारी अनुसार बाघले लखेटेर घेरा हालेपछि अशोक र राजारामले रुखमा चढेर ज्यान जोगाएका हुन्। उनका अनुसार सामुदायिक वन उपभोक्ता समुहले हरेक महिनाको दुई पटक शनिबारका दिन उपभोक्ताका लागि दाउरा खोल्ने गर्छ।

शनिबार(आज) प्रत्येक घरबाट दाउरा संकलनका लागि स्थानीय बासिन्दा सामुदायिक जंगलमा गएका थिए। स्थानीयका अनुसार पाटेबाघले सुरुमा पौने १२ बजेतिर राजारामलाई र सवा १२ बजेतिर अशोकलाई लखेटेको थियो। सामुदायिक वनको जलाला भन्ने स्थानमा उनीहरुलाई बाघले फेला पारेको थियो। दाउरा बोकेर हिँडिरहेका बेलामा बाघले फेला पारेपछि दाउरा फालेर उनीहरु रुखमा चढेका हुन्।

दुबै जना अलग–अलग स्थानमा करिव एक घण्टा जति रुखमा चढेर गुहार मागेका थिए। ‘राजारामको साथमा मोबाइल थिएन, उनी रुखबाट बेस्सरी चिच्याएर गुहार मागे, अशोकको साथमा मोबाइल भएकाले उनले रुखबाटै फोन गरेर सबैलाई बोलाए,’ सितारामले नागरिकसँग भने, ‘गाउँका धेरै जना मिलेर हो–हल्ला गर्दै रुखमा चढेको ठाउँमा गएर उद्धार गरी घरमा ल्यायौं।’ दुबै जना करिव १ घण्टा जति रुखमा चढेको उनले जानकारी दिए।

ज्यान जोगाउन रुखमा चढेपछि केही समयसम्म बाघ वरिपरी घुमेको थियो। ‘जंगलमा ठूलो र सानो बाघको पाइला भेटिएको थियो, तर मान्छेलाई लखेट्दा चाहिँ एउटा मात्र ठूलो बाघ थियो,’ राजारामको भनाइ उद्दृत गर्दै सितारामले भने। गाउँ नजिकैको जंगलमा बाघ फेला परेपछि त्रास फैलिएको स्थानीय बासिन्दा बताउँछन्।

शनिबार बिहान मात्र फत्तेपुरबाट बिनौनातर्फ जाने क्रममा हुलाकी राजमार्गको फत्तेपुर जंगलमै मोटरसाइकलमा सवार जनसिद्धेश्वर बहुमुखी क्याम्पसका प्रमुख लोकमणि बटालालाई पाटेबाघले झम्टिएको थियो। सावधानी अपनाएका कारण उनी बाघको आक्रमण हुनबाट जोगिएका थिए।
अर्को समाचार
चितवनमा पाटेबाघ मृत फेला
०४ मंसिर २०८०
•
१ मिनेट पाठ
चितवनमा पाटेबाघ मृत फेला
चितवनमा पाटेबाघ मृत फेला परेको छ। भरतपुर महानगरपालिका–२७ स्थित चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत हरियाली सामुदायिक वनमा आज बिहान बाघ मृत फेला परेको हो।




अन्दाजी छरसात वर्षको पोथी बाघ मृत अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। बाघ एक आपसमा जुँधेर मृत्यु भएको अनुमान गरिएको उनले बताए। निकुञ्जको प्राविधिक टोलीले बाघ कसरा ल्याएर पोष्टमाटमको तयारी गरेको छ।

सन् २०२२ मा भएको गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ वटा बाघ रहेका छन्।  
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस