रौतहट प्रहरीले करिब दुई क्वीन्टल लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्ने दुवैजना मकवानपुरको थाहा नगरपालिकाका हुन्।
रौतहट प्रहरीले सदरमुकाम गौर नगरपालिका ४ स्थित शिवांगी पेट्रोल पम्प अगाडि चन्द्रपुर–गौर सडकमा रोकिराखेको अवस्थामा रहेको ना ६ ख ५९४३ नम्बरको ट्रकलाई चेकजाँच गर्दा भारी परिमाणमा गाँजा बरामद गरेको छ। उक्त ट्रकको चेचिसको भागमा फल्स बटम बनाई प्लास्टिकले बेरेको १२ पोका गाँजा प्रहरीले फेला पारेको छ। गाँजाको तौल १८६ किलो भएको प्रहरीको भनाइ छ।
गाँजा बरामद भएपछि ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यसैगरी ट्रक चालक मकवानपुरको थाहा नगरपालिका १२ का भीमबहादुर गोलेको २५ वर्षे छोरा सुरेन्द्र गोले र सोही ठाउँका इन्द्रमान तामाङका १९ वर्षे छोरा रित्तम तामाङलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
गाँजाबारे अन्य कोणबाट अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी गराएको छ।