बैदेशिक रोजगारीको खोजीमा जान लागेका दार्चुला व्यास गाउँपालिका वडा नं २ का ३३ बर्षिय जय सिंह धामी तुईन तर्ने क्रममा एस एस वी ले पारी पट्टी टुडीको रुखमा वाँधेको तुईन फुकालिदिदाँ साउन १५ गते महाकाली नदीमा बगेर वेपत्ता भएका थिए । उनी अझै पनि फेला परेका छैनन् ।
एस एस वी ले तुईन फुकालेर महकाली नदीमा बगेर बेपत्ता भएका जयसिंहको खोजी गर्न प्रहरी प्रधान कार्यालय नक्साल वाट प्राविधिकद्वय प्रहरी नायव निरिक्षक प्रेम गन्धर्व र गोविन्द परियारको टोली ड्रोन सहित घटनास्थल पुगेको छ । मंगलवार कुन कुन ठाउँवाट ड्रोन चलाउने भनेर सर्भे गरेको टोलीले बुधवार ड्रोन वाट खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता चन्दले बताएका छन । जिल्ला प्रशासन कार्यालय दार्चुलाले ड्रोन चलाउन सहमती माग्दा भारतिय डिएम प्रशासनले नदिएको उनले बताए । ‘भारतिय पक्षले ड्रोन चलाउन सहमती नदिएकाले उचाईमा उडाउन सकिएको छैन, तल तल नदीको छेउमा नेपाल तर्फ ड्रोन उडाएर खोजी गर्ने कार्य भैरहेको छ’उनले भने ।
भारत पक्षले तुईन फुकालेर जय सिंह बगाउने एस एस वी लाई कारवाही गरेर पिडितलाई न्याय दिनुको सट्टा एस एस वीले तुईन नफुकालेको जिकिर गर्दै आएको स्थानियको गुनासो छ ।
पिडितलाई क्षतीपुर्ति दिनुपर्नेमा जय सिंहको खोजी गर्न भारतिय पक्षले ड्रोन समेत उडाउन नदिएर असहयोग गरेको स्थानिय बताउछन ।उनी फेला नपरेपछि आफन्तले कुशको शव बनाएर हिन्दू संस्कार अनुसार अन्तेष्टी गरिसकेका छन । साउन २९ गते शुक्रवार उनका आफन्तले हिन्दूसंस्कार अनुसार उनको पन्ध्रौ पुण्यतिथी मनाउने तयारी गरेका छन ।
नेपाल सरकारले अहिले सम्म एस एस वी ले तुईन फुकालेको घटनाको वारेमा केहि नवोलेको स्थानियको गुनासो छ । छानबिन समितीको टोली सँग प्रत्यक्षदशीले एस एस वी ले रुखमा वाँधेको तुईन फुकाल्दा जयसिंह बगेको बयान दिएको बताएका छन । साउन १७ गते १० दिनको म्याद दिएर गठन गरिएको छानबिन समितीको ७ दिन म्याद थप गरिएको छ ।