कैलालीमा ‘हाम्रा प्रहरीसँग हामी’ अभियान
०४ साउन २०७८
•
४ मिनेट पाठ
कैलालीमा ‘हाम्रा प्रहरीसँग हामी’ अभियान
जिल्ला प्रहरी कार्यालय कैलालीमा भर्खरै सरुवा भएर आएका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले आइतबार पत्रकारसँग भेटघाट र छलफल कार्यक्रम गरे। जिल्लामा शान्ति सुरक्षा परिणाममुखी ल्याउने तरिकाले काम गरेर ‘हाम्रा प्रहरीसँग हामी’अभियान कैलालीमा सुरु भएको छ।




जिल्लामा सरुवा भएर आउने बित्तिकै नयाँ प्रहरी प्रमुखले आफू अरुभन्दा फरक र राम्रो काम गर्ने सन्देश दिन पत्रकारसँग परिचयात्मक कार्यक्रम गरिने पहिलेदेखिको परम्परा हो। तर, विगतका अधिकांश प्रहरी प्रमुखले जिल्लामा आउने बित्तिकै पत्रकारसँगको भेटमा भनेजस्तो कार्यशैली र फरकपन पछि कार्यसम्पदानमा पाइएन। तर पनि प्रत्येक प्रहरी प्रमुखले यही परम्परालाई निरन्तरता दिइरहेका छन्। कोभिड १९ को संक्रमणपछि भने प्रहरी प्रमुखसँगको पत्रकारको सुझावसहितको भेटघाट यो पहिलो हो। 

कैलालीको टीकापुरमै जन्मेर टीकापुरमै पढेर प्रहरी संगठनभित्रका जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेको चर्चा गर्दै प्रहरी उपरीक्षक अधिकारीले आफ्नो गृह जिल्लामा राम्रो र नमुना काम गरेर देखाउनकै लागि कैलालीको प्रहरी प्रमुखको जिम्मेवारी लिएर आएको बताए। ‘म अपराध नियन्त्रण, शान्ति सुरक्षा लगायतका काम डाटामा देखिनेगरी गर्न चाहन्छु,’ उनले भने,‘म सुदूरपश्चिमको सम्पत्ती हुँ, मलाई जगेर्ना गर्ने काम यहाँहरुको पनि हो।’ ‘लागूऔषध नियन्त्रण गर्न भविष्य बचाऊ’ अभियान सुरु गर्ने, सेवाग्राहीका लागि प्रहरीको सेवा कस्तो भयो? भनेर बुझ्न सुझावसहितको फारम तयार पारेको उनले बताए।  

परिचयात्मक कार्यक्रममा सुदूरपश्चिम प्रदेशको राजधानीसमेत रहेको कैलालीका प्रहरीसँग जोडिएका दर्जनौ समस्याका बारेमा पत्रकारहरुले सुझाव दिएका थिए। राजनीतिक संरक्षण र प्रहरीको सेटिङमा तस्करीलगायतका अपराधिक क्रियाकलाप हुने गरेको बताउँदै पत्रकारहरुले प्रहरीकै संलग्नता र राजनीतिक संरक्षणमा भइरहेका अपराधिक क्रियाकलाप र दण्डहीनता रोक्नु कैलालीमा मुख्य चुनौती रहेको सरुवा भई आएका प्रहरी प्रमुखलाई सुझाए। कैलाली र कञ्चनपुर लागूऔषधको ‘हटस्पट’ हो। पछिल्लो समयमा किशोरकिशोरी र युवायुवतीहरु लागूऔषधको दुर्व्यसनमा फस्ने क्रम बढ्दो छ। लागूऔषधको कारोबार गर्ने ठूलो सञ्जाल कैलालीमा छ। प्रहरीले लागूऔषध कारोबारीको सञ्जाललाई तोड्न सकेको छैन।  

प्रहरीका हाकिमले राखेका घुमुवाले अपराधिक गतिविधि नियन्त्रण गर्नतिर नभई महिनावारी उठाएर त्यस्ता क्रियाकलापमा सहयोग गर्ने गरेको सरोकारवालाले आवाज उठाउँदै आएका छन्। कोभिड १९ को महामारी नियन्त्रण गर्न निषेधाज्ञा लगाएका बेला पनि प्रहरीको सेटिङमा तस्करी हुँदै आएको उनीहरु बताउँछन्। निषेधाज्ञामा समेत धनगढीको चौराह र भन्सार रोड क्षेत्रका केही होटेलमा युवती राखेर अवैध यौनधन्दा सञ्चालन भैरहेपनि प्रहरीले चाल नपाएझैँ गर्ने गरेको गुनासो गर्दा स्थानीय थाकिसकेका छन्। प्रहरीले महिनावारी बुझेर यस्ता क्रियाकलाप गर्न छुट दिने गरेको स्थानीयको प्रहरीलाई आरोप छ। सर्वसधारण हिँड्डुल गर्न नपाउने र पसल व्यवसाय बन्द रहेका बेला ठूला मल तथा मार्टहरु दिनभर प्रहरीकै संरक्षणमा खुलिरहेका थिए।  

कैलालीमा रहेका गिरोहले भारतका विभिन्न सहरमा मान्छे पठाएर करोडौंको सुन, गरगहना चोरी गरेर ल्याउने गरेको छ। भारतबाट चोरेर बर्सेनि दसौं करोडको नगद र गहना  कैलाली भित्रिने गरेको छ। भारतबाट चोरेर ल्याएका नगद तथा गरगहनाहरु भागबन्डा गरेर धेरैले हात पार्छन्। त्यसमा यहाँका केही पेसेवर अपराधिक कृयापलापमा संलग्नहरु र प्रहरीको संरक्षण हुने गरेको स्थानीय बताउँदै आएका छन्।

बाह्रै महिना कैलालीमा दसौँ लाखको जुवातास हुने गर्छ। प्रहरीकहाँ मुद्दा दर्ता हुँदा बिचौलियाको चलखेल हुने गरेको छ। प्रहरी प्रमुखले प्रत्येक प्रहरी युनिट, प्रहरी ईकाई कार्यालयमा आफ्नो नजिक र महिनावारी बढी रकम बुझाउनेलाई पठाइएको आरोप छ।

पहुँच भएका व्यक्तिका मुद्दा दर्ता नहुने, राजनीतिक संरक्षण भएका व्यक्तिले उन्मुक्ति पाउने, सर्वसाधारणलाई मात्र सानो गल्तीमा पनि थुनुवा राखेर दुःख दिने समस्या कैलालीमा विगतदेखि छ। अपराध नियन्त्रणका लागि भन्दै बजारका विभिन्न ठाउँमा लगाइएका सिसी क्यामेराहरु बिग्रेका छन्। अपराध नियन्त्रणका लागि  बजेट भएर पनि बनाउन तिर ध्यान छैन।  

कैलालीमा हुने अपराधिक कृयाकलापलाई न्यूनीकरण गर्न वर्षौदेखि प्रहरीले नसकेका यस्तो दर्जनौ समस्या आईतबारको छलफलमा पत्रकारले प्रहरी उपरीक्षक अधिकारीसामु राखे।

‘पहिलेका प्रहरी प्रमुख जस्तै चर्चा र प्रचारका लागि नभएर साँच्चिकै काम गरेर देखाउन सकेमात्र तपाई सफल हुनुहुने छ,’ कैलाली पत्रकार महासंघका अध्यक्ष हिमाल जोशीले भने।  

प्रहरी मेरो साथी, मुस्कानसहितको प्रहरी लगायतका आकर्षक नारा यसअघि समेत सारेपनि प्रहरी कार्यशैलीका कारण आलोचनामुक्त भने रहन सकेको थिएन।  

कैलाली धेरै चुनौतीपूर्ण र संवेदनशील जिल्ला भएकाले कैलाली अग्नि परीक्षा हुने र पत्रकारले दिएका सुझाव जस्तै समस्याका चाङको चुनौतीलाई चिर्न सके सफलताको यात्रा कसैले रोक्न नसक्ने गरि अघि बढ्ने नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावलले बताए।

नयाँ प्रहरी प्रमुख अधिकारीले भनेजस्तै ‘हाम्रो प्रहरीसँग हामी’ भन्ने अभियान लिएर जनताको भावनाअनुसार अपराधिक गतिविधि, महिनावारी असुल्ने, तस्करी, लागूऔषध रोक्ने सके प्रहरी प्रमुख अधिकारी मात्र सफल हुने छैनन्, कैलालीको शान्ति सुरक्षाको अवस्था पनि बदलिने छ।
अर्को समाचार
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
५१ सेकेन्ड अघि
•
१ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
उदयपुर। गाईघाट दिक्तेल सगरमाथा लोकमार्गअन्तर्गत फोक्सिन्टारमा लगाइने बेलिब्रीज एक महिनाभित्र पुनर्जडान हुने भएको छ। गाईघाट दिक्तेल सडक योजना कार्यालय उदयपुरले बेलिब्रीज पुनर्जडानका लागि ठेक्का लगाउने काम अन्तिम चरणमा पुगिसकेको जनाएको छ।




फोक्सिन्टारमा बेलिब्रीज पुनर्जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो। जसमा इच्छुक प्रतिस्पर्धी निर्माण व्यवसायीहरूमध्ये नियमानुसार अन्तिम छनोट गर्न बाँकी रहेको कार्यालयका सूचना अधिकारी इन्जिनियर सुमन गोलेले बताए।

गोलेका अनुसार केही दिनभित्र निर्माण व्यवसायीको टुंगो लगाएर बेलिब्रीज पुनर्जडानको जिम्मा लगाउने तयारी भइरहेको छ। कार्यालय प्रमुख (डीई) परिवर्तन भएका कारण ठेक्का प्रक्रिया टुंग्याउन केही समय लागेको उनले बताए। यसअघिका डीई विवेक पाण्डेलाई कटारी घुर्मी सडक योजना कार्यालयमा मात्र खटाउँदै सरकारले गाईघाट दिक्तेल योजना कार्यालय प्रमुखमा अच्युतशविलाश पन्तलाई पठाएको छ।

नयाँ डीई पन्त सातादिनअघि मात्र कार्यालयमा हाजिर भएर केही दिनका लागि सुत्केरी बिदामा बसेका छन्। मंसिर दोस्रो साता उनी फर्केलगत्तै बेलिब्रीज पुनर्जडानको जिम्मा लिने ठेकेदार टुंग्याएर काम अघि बढाउने तयारीमा कार्यालय रहेको छ।

इन्जिनियर गोलेका अनुसार बेलिब्रीज पुनर्जडानका लागि डेढ करोड खर्च गर्ने गरी कार्यालयले टेन्डर आह्वान गरेको छ। ठेक्का सम्झौता भएमा पुस दोस्रो साताभित्र बेलिब्रीज निर्माण भइसक्ने अपेक्षा योजना कार्यालयले गरेको छ। गतवर्ष पनि पुस अन्तिमदेखि बेलिब्रीज सुचारु भएको थियो। यसवर्ष केही चाँडो सुचारु गर्न खोजे पनि परिस्थितिले उही समय पुर्‍याउने देखिएको कार्यालयले जनाएको छ।

उदयपुर र खोटाङलाई सोझो यातायात मार्गले जोड्ने फोक्सिन्टारस्थित सुन नदीमा दशक बढी समय लगाएर निर्माण भएको पक्की मोटरेबल पुल बाढीले बगाएदेखि २ वर्षयता वर्षमा मुस्किलले ६ महिना बेलिब्रीजको माध्यमबाट यातायात आउजाउ गर्ने गरिएको छ भने बाँकी समय फोक्सिन्टारदेखि ३ किलोमिटर टाढा रसुवाघाटस्थित झोलुंगे पुल तरेर दुई जिल्ला आउजाउ गर्नुपर्ने बाध्यता छ।

उदयपुरतर्फ रौतामाई गाउँपालिका ५ पोखरी र खोटाङतर्फ खोटेहाङ गाउँपालिका ९ चिच्कीराम्चेबीचमा पर्ने फोक्सिन्टारमा १३ वर्ष लगाएर १ सय ५ मिटर लामो पक्की मोटरेबल पुल निर्माण भएको थियो। पुल बनेर गाडी वारपार गर्न थाले पनि एप्रोच सडक निर्माण नभइसकेकाले उद्घाटन गर्ने तयारी हुँदै गर्दा ०८१ असोज १२ गते राति आएको भीषण वर्षापछिको बाढीले पुल बगाएको थियो।

डेढ दशक लामो प्रतीक्षापछि बल्ल निर्माण सम्पन्न भएको पुल बाढीले बगाएपछि भर्खर सुचारु भएको लोकमार्गको सोझो यातायात सम्बन्ध पुनः विच्छेद हुन पुगेको हो। बाढीले पुल बगाएपछि पुनर्निर्माण गर्ने या मर्मत भन्ने विषयको टुंगो सरकारले लगाउन नसक्दा सोही वर्ष हिउँददेखि कामचलाउ अस्थायी बेलिब्रीज जडान गरेर यातायात सुचारु गर्न थालिएको हो।

पुल बन्नुअघि पनि डेढ दशक बेलिब्रीजकै माध्यमबाट यातायात सुचारु गर्ने गरिएको फोक्सिन्टारको बेलिब्रीज पुल बनेपछि अन्यत्र लगिएको थियो। तर, पुल बगाएपछि फेरि बेलिब्रीजकै भर पर्नुपर्दा अर्को खरिद गर्दा दोहोरो आर्थिक भार राज्यलाई परेको स्थानीय बताउँछन्।

त्यहाँ अर्को पुल लगाउने भन्दै तत्कालीन सरकारले प्राविधिक खटाएर विस्तृत परियोजना प्रतिवेदन बनाउन लगाएको थियो। रौतामाई ५ का वडाध्यक्ष पाण्डव राईका अनुसार घटनास्थल पुगेको प्राविधिक टोलीले भत्केको पुरानो पुल मर्मत गर्नुभन्दा नयाँ पुल बनाउनु उपयुक्त हुने सुझाव दिँदै ३४ करोड लागतको नयाँ इस्टिमेटसमेत तयार गरेको थियो।

तर, पुल बगेको २६ महिना बितिसक्दासम्म त्यहाँ पुल बनाउने सुरसार सरकारले गरेको छैन न त मर्मतकै प्रक्रिया अघि बढाएको छ। बाढीले पुल बगाएर दुई जिल्लालाई यातायात सम्पर्क विच्छेद गराएको अढाई वर्ष पुग्नै लाग्दासम्म राज्यले नयाँ पुल बनाउने कि मर्मत गर्ने भन्ने नै टुंगो गर्न नसक्दा सगरमाथा लोकमार्ग भएर सञ्चालन हुने सयौँ सवारीसाधन र दुई जिल्लाबासी यात्रु मारमा परेको वडाध्यक्ष राई बताउँछन्।
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ५१ सेकेन्ड अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
गाईघाट दिक्तेल सडक योजना कार्यालय उदयपुरले बेलिब्रीज पुनर्जडानका लागि ठेक्का लगाउने काम अन्तिम चरणमा पुगिसकेको जनाएको छ।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
यो पनि पढौँ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस