सुजिता भण्डारी मृत्यु प्रकरणः पूर्वी चितवनमा बुधबार बेलुकासम्म कर्फ्यू जारी
२२ असार २०७८
•
२ मिनेट पाठ
सुजिता भण्डारी मृत्यु प्रकरणः पूर्वी चितवनमा बुधबार बेलुकासम्म कर्फ्यू जारी
पूर्वी चितवनमा बुधबार बेलुकीसम्मका लागि कर्फ्यू जारी गरिएको छ। सुजिता भण्डारीको हत्यारालाई पक्राउ गरी कारबाही गर्न माग गर्दै पूर्वी चितवनमा गरिएको प्रदर्शन उग्र बनेपछि कर्फ्यू लगाइएको हो। जिल्ला प्रशासन कार्यालय चितवनले २४ घण्टाका लागि निश्चित ठाउँ तोकेर कर्फ्यू आदेश जारी गरेको हो।




पूर्वी चितवनको राप्ती नगरपालिका–१ लोथर पुलदेखि राप्ती–४ डडुवासम्मको राजमार्गको दायाँ-बायाँ ५ सय मिटरभित्र पर्ने क्षेत्रमा कर्फ्यू लगाइएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए। कर्फ्यू मंगलबार बेलुका ७ः३० बजेदेखि बुधबार बेलुका ७ः३० सम्मका लागि जारी गरिएको हो। आदेशको अवज्ञा गरे गराएमा त्यस्ता व्यक्तिलाई तत्काल गिरफ्तार गरी एक महिनासम्म कैद वा जरिवाना वा दुवै सजाय हुने बताइएको छ।  

चितवनको राप्ती नगरपालिका वडा नं३ बस्ने २३ वर्षीया सुजिता भण्डारीको मृत्युको विषयलाई लिएर केही व्यक्तिहरले पूर्व पश्चिम राजमार्ग अवरुद्ध, बीच सडकमा भिड जम्मा गरी हुलहुज्जत, ढुङगामुडा, सरकारी तथा निजी सम्पति र संरचना तोडफोड, आगजनी तथा हुलदंगा गरी सार्वजनिक शान्ति भंग गर्न सक्ने अवस्था देखिएकोले कर्फ्यू जारी गरिएको प्रशासनले बताएको छ।  

भण्डारीको गृहक्षेत्र राप्ती नगरपालिकामा पर्ने पूर्व–पश्चिम राजमार्गमा मंगलबार स्थानीयले टायर बालेर प्रदर्शन गरेका थिए। सोही क्रममा केहीबेर झडप समेत भएको थियो। सो क्रममा ७ जना प्रहरी घाइते भएका छन्। प्रहरीले केही राउण्ड अश्रुग्यास समेत प्रहार गरेको थियो।

आइतबार साँझ स्थानीय ब्रम्हस्थानी सामुदायिक वनमा भण्डारीको शव फेला परेको थियो। उनी यही असार ११ गतेदेखि हराइरहेकी थिइन्। बिहान ६ः०० बजे घरबाट हिँडेकी भण्डारी सोही दिनदेखि बेपत्ता भएकी थिइन्। उनले सोही दिन १२ः०० बजे दिदीलाई फोन गरेर अपहरणमा परेको बताएको परिवारका सदस्यले बताउँदै आएका छन्।

जंगलमा च्याउ टिप्न गएका स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव गलेको अवस्थामा फेला परेकोे छ। वनको बीचमा एउटा झाङमा अड्किएको अवस्थामा शव फेला परेको थियो।
अर्को समाचार
पूर्वी चितवनबाट आउने सवारीलाई नारायणगढसम्म जान दिन माग
२६ साउन २०८०
•
२ मिनेट पाठ
पूर्वी चितवनबाट आउने सवारीलाई नारायणगढसम्म जान दिन माग
पूर्वी चितवनबाट नारायणगढसम्म सञ्चालन हुने सार्वजनिक यातयातका साधन विगत आठ महिनादेखि भरतपुरको केन्द्रीय बसपार्कमा रोकिन थालेपछि पूर्वी चितवनवासीले असहज महसुस गरेका छन्। नारायणगढसम्म पुग्नुपर्ने सवारी बीचमै झरेर अर्को सवारीसाधन खोज्नुपर्दा पूर्वी चितवनबासीले असहज महसुस गरेका हुन्।




पूर्वी चितवनको लोथरदेखि नारायणगढसम्मको यात्रा गर्ने यात्रीहरूलाई भरतपुरमा ओर्लेर अर्को सवारीसाधन लिनुपर्ने बाध्यता भएको छ। पटकपटक सवारीसाधन परिवर्तन गर्नुपर्दा बढी भाडा तिर्नुपरेको, समय बढी लाग्ने गरेको लगायतका समस्या पूर्वी चितवनवासीले भोग्नुुपरेपछि यसको विरोध भएको हो।

विरोधस्वरूप पूर्वी चितवनबाट चल्ने सावारीसाधनमा स्थानीयवासीसहित प्रतिनिधिसभा सदस्यले पनि विरोध जनाएका छन। चितवन–१ का  प्रतिनिधिसभा सदस्य हरि ढकालसहितको टोलीले शुक्रबार २०–३० वटा सार्वजनिक सवारीसाधन लिएर पूर्वी चितवनबाट भरतपुर आई विरोध प्रदर्शन गरे। 

शुक्रबार दिउँसो प्रतिनिधिसभा सदस्य ढकालसहितको टोलीले सार्वजनिक सवारीलाई नारायणगढको पुल्चोकसम्म लैजान खोजेपछि भरतपुरको चौबिस कोठीमा ट्राफिक प्रहरीले रोकेको थियो। ट्राफिक प्रहरीले उक्त सवारीसाधनलाई रोकेर पुनःकेन्द्रीय बस ट्रमिनल भरतपुरमै फर्काएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजकुमार तामाङले बताए।

ट्राफिकले रोक लगाएसँगै सवारीसाधनमा आएका स्थानीय यात्रुहरूले केन्द्रीय बस टर्मिनलमा कोणसभा आयोजना गरी विरोध जनाएका थिए। विरोध कार्यक्रममा सहभागी भएका  प्रतिनिधिसभा सदस्य ढकालले पूर्वी चितवनवासीलाई न्याय दिनका लागि आफू तयार रहेको बताए। अस्पताल जान, अध्ययनका लागि क्याम्पस जानलगायत काममा परेको पीडालाई प्रशासनले तत्काल अन्त्य गर्नुपर्ने उनको भनाइ थियो।

उनले भने, ‘एउटै जिल्लाका बासिन्दालाई सदरमुकाम आउन र जान कठिन हुनुहुँदैन। यसमा स्थानीय तह र स्थानीय प्रशासनबीच समन्वय  हुनु जरुरी छ।’ जिल्लाभित्रै एउटा पालिकाबाट अर्को पालिकामा जान यस्ता समस्या आउन नहुने भन्दै उनले तत्काल यो कार्य रोकिनुपर्ने बताए।

जिल्लाका स्थानीय प्रशासन, भरतपुर महानगरपालिका, यातायात व्यवसायी, जिल्ला प्रहरी कार्यालयबीच गत मङ्सिरमा भएको सहमति कार्यान्वयनमा आएसँगै पूर्वी चितवनवासीले सदरमुकाम आउँदा केन्द्रीय बस टर्मिनलबाट अर्को बस फेर्नुपर्ने बाध्यता रहेको छ। यो बाध्यता हटाउनका लागि पूर्वी चितवनवासीले प्रशासनलाई ज्ञापनपत्र बुझाउनेलगायतका विरोधका कार्यक्रम गर्दै आएका छन्।

यसअघि नेकपा ९एमाले० चितवनको प्रतिनिधिमण्डलले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई भेट गरी ज्ञापनपत्र बुझाउँदै पूर्वी चितवनबाट आउने सवारीसाधनलाई नारायणगढ जान दिनु पर्ने बताएको थियो।
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock १० घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock १० घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस