गोरखाको अजिरकोट गाउँपालिका वडा नम्बर ५ का ४९ वर्षीय एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
कोरोना संक्रमण पुष्टि भएपछि जेठ १ गते चितवनबाट उनी गोरखा आएका थिए। होम आइसोलेसनमा रहेका उनको गएराती मृत्यु भएको स्वास्थ्य शाखा प्रमुख शुरेस दवाडीले बताए।
अहिले उक्त गाउँपालिकामा २२ जना सक्रिय संक्रमित छन्।
गोरखामा शनिवार बिहान ५ बजे पहिलो कोरोना संक्रमितको मृत्यु भयो । असार १६ गते कतारबाटफर्किएका पालुङटार नगरपालिका ७ का ४४ वर्षिय पुरुषको मृत्यु्र भएपछि शव व्यवस्थापनको काम स्थानीय प्रशासनलाई चुनौती बन्यो । कारणः शव गाडेको ठाउँबाट कोरोना समुदायमा फैलन्छ भन्ने स्थानीयको बुझाई र प्रशासनको कमजोर तयारीले दिनभर गोरखा तनाबग्रस्त बन्यो ।
शव गाड्न ठिक्क पारिएको गोरखा नगरपालिका १२ र शहिदलखन गाउँपालिका १ को सिमाना लुदी खोलाको दोभानमा भेला भएर स्थानीय दिनभर अवरोध गरे । प्रशासनले शसस्त्र र नेपाल प्रहरी परिचालन गर्यो । सात राउण्ड अश्रुग्यासँ र समान्य बल प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भएको प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले बताए । अश्रुग्याँस प्रहार गर्दा समेत स्थानीयले अवरोध गर्न नछाडेपछि शनिवार दिनभर लुदी दोभान र अबुवा क्षेत्र तनाग्रस्त बन्यो । शव गाडिएको ठाउँबाट कोरोना संक्रमण फैलन्छ भन्दै स्थानीय वृद्धवृद्धा र महिला समेत अवरोधमा उत्रिए । प्रहरीको लाठीचार्जबाट केही स्थानीय घाईते भएका छन् भने अवरोधमा उत्रिएका स्थानीयले ढुङ्गा प्रहार गर्दा एक प्रहरी पनि घाईते भएका छन् ।
शनिवार मृत्यु भएका पुरुषलाई क्वारेन्टिनमा बस्दा स्वास्थ्य समस्या देखिएपछि शुक्रवार राती गोरखा अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिएको अस्पतालका डाक्टर नबिन थापाले बताए । उनी बिदेशबाट आएलगत्तै क्वारेन्टिनमा एक्लै बसेकाले समुदायमा र अन्य ब्यक्रीमा सर्ने संभावना कम रहेको च्याङ्ली स्वास्थ्य चौकीका प्रमुख भरतराज पाण्डेले बताए ।
जिल्ला सुरक्षा समितिको आकस्मिक बैठक बसेर शव व्यवस्थापन लुदी दोभानमा गर्ने निर्णय भएपछि तयारी गर्न जेसिभी लिएर प्रहरी त्यसतर्फ पुग्यो । प्रहरी पुग्दा नपुग्दै सुचना पाएका स्थानीय भेला भएर अवरोध गर्न थाले । स्थानीयको अवरोध हटाउन जनप्रनिनिधीको पनि कुनै उपाए लागेन । कोरोनाको त्रास सुरु भएदेखि नै गोरखामा नेपाल प्रहरी र नेपाली सेनाले शव व्यवस्थापन कसरी गर्न सकिन्छ भन्ने बारे नमुना अभ्यास गरेका थिए । कसरी गाड्ने भन्ने मात्रैको अभ्यासले समुदायबाट हुन सक्ने अवरोधको कुनै परिकल्पना गरेन । जसको परिणाम स्थानीय र प्रशासकले दिनभर तनाब खेप्नुप¥यो । ‘परम्परागत घाटमा शव व्यवस्थापन गर्ने भन्ने तयारी पहिल्यै थियो’ प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले भने ‘स्थानीयको गलत बुझाइले शव व्यवस्थापनमा समस्या भयो ।’
सुरक्षा समितिले कोरोनाबाट मृत्यु हुन सक्ने संभावना बारे तयारी नगर्दा बिहान ५ बजे मृत्यु भएका पुरुषको शव व्यवस्थापन गर्दा साँझ ७ बजेको थियो । शव के मा लैजाने भन्नेमा पनि निकै बेर अन्यौल भयो । शव लैजानुपर्ने भएपछि सदरमुकाममा भएका एम्बुलेन्स बाहना बनाएर जिल्ला बाहिर भागेका थिए । एम्बुलेन्स खोज्न प्रहरी र सेना प्रयोग गर्नुपर्ने अवस्था आयो । ‘योजना र पूर्व तयारी खासै देखिएन’ पालुङटार नगरपालिकाका प्रमुख दिपकबाबु कंडेलले भने ‘कसले के गर्ने भन्ने समन्वय नै देखिएन ।
पालुङटारको ७ र ८ वडा सिल
शनिवार गोरखा अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएपछि र थप तीन जनामा कोरोना पुष्टि भएपछि पालुङटारको दूईवटा वडा सिल गरिएको छ । वडा नम्बर ७ को जिबनज्योती माविको क्वारेन्टिनमा बसेका तीन जनामा कोरोनाको संक्रमण पुष्टि भएसँगै वडा सिल गर्ने निर्णय गरिएको नगरप्रमुख दिपकबाबु कंडेलले बताए । ‘थप जोखिम न्यूनिकरण गर्न असार २६ गते सम्म वडा कार्यालय सिल गर्ने निर्णय भएको छ’ उनले भने । शनिवार चार जनामा कोरोना संक्रमण पुष्टि भएसँगै गोरखामा कोरोना संक्रमितको संख्या ९३ पुगेको छ । शनिवार पालुङटार नगरपालिकाका ३ र शहिदलखन गाउँपालिकाका एक गरी चार जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । ३० जना उपचारपछि निको भएर फर्किएका छन् भने बाँकी आइसोलेसनमा उपचाररत छन् ।
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...