मन्दिर क्षेत्रको जोखिम टरेपनि पाथीभरा क्षेत्रको जंगलमा सुरु भएको डढेलो तत्काल नियन्त्रण हुने सम्भावना कम भएको छ।
फुङ्लिङ नगरपालिका वडा नं ११ को सिम्बु सामुदायिक वन क्षेत्रबाट सुरु भएको डढेलो सिरिजङ्घाको सिकैचास्थित सुनपाति सामुदायिक वनबाट फक्ताङ्लुङ गाउँपालिकाको तापेथोकस्थित लुकुम्बा–फुलवारी सामुदायिक वनतर्फ अघि बढेको छ। ‘आगो दन्किएर लगातार अघि बढ्दै गएको छ’ पाथीभरा मन्दिरका कर्मचारी राजेन्द्र महतले भने। उनले फावाखोलाबाट फुरुम्बुस्थित मयाम पातल सामुदायिक वनक्षेत्रतर्फ आगो जान नदिन अहिले अग्नि रेखा बनाउने लगायतका कार्य भइरहेको बताए। मयाम पातल सामुदायिक वनक्षेत्रतर्फ आगो जान पाथीभरा मन्दिर जाने बाटो पार गर्नुपर्छ। ‘अवस्था के छ भनेर हामी निलो निरीक्षण गर्दै हामी निलो चौतारा नजिक पुगेका छौं’ महतले भने। उनले मन्दिर क्षेत्रको जोखिम टरेपनि डढेलो नियन्त्रणको सम्भावना कम भएको जानकारी दिए।
कञ्चनजंघा संरक्षण क्षेत्र कार्यालयका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले फक्ताङ्लुङ गाउँपालिकाको तापेथोकस्थित लुकुम्बा–फुलवारी सामुदायिक वन क्षेत्रमै डढेलो पुगेको तर सामुदायिक वन उपभोक्ता समूहको टोलीले डढेलो नियन्त्रणको प्रयास गरिरहेको जानकारी दिए। ‘डढेलो आउँदा–आउँदै तत्कालै वन उपभोक्ता समूहको सक्रियतामा नियन्त्रणमा लिन सकिएको छ‘ तिवारीले भने ’थप बढ्न नदिन त्यो समूहले हर प्रयास गर्ने छ।’ लुकुम्बा–फुलवारी सामुदायिक वन कञ्चनजंघा संरक्षण क्षेत्रमा पछ ।‘वन क्षेत्रमा डढेलो प्रबेश गर्न नदिने उपायका लागि १४ जनाको टोली समभावित डढेलो क्षेत्रमा गएको छ’संरक्षण अधिकृत तिवारीले भने।
पश्चिम दक्षिणतर्फबमाट ढडेलो अघि बढीरहेकोले जोखिम कम हुने भएपनि हिमाली क्षेत्रका हरिया रुखहरु समेत बल्ने भएकोले अवस्था पूर्व अनुमान अनुसारको नहुने तिवारीले बताए। डढेलो वन क्षेत्रमा प्रबेश हुन नदिने प्रयास स्वरुप फक्ताङ्लुङ गाउँपालिकाको तापेथोकस्थित बिहानी सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी तथा सदस्य समेत आफ्नो वन क्षेत्रको सम्भावित जोखिम स्थानमा पुगि सकेको तिवारीले बताए।
उनका अनुसार तलबाट माथि बढ्दै गएको आगो भन्दा माथिबाट तल झर्दै गएको आगो नियन्त्रणका लागि सहज हुन्छ। ‘यहि आधारमा भरसक डढेलोको फैलावट नियन्त्रण गर्ने प्रयास गरिने छ’तिवारीले भने। पाथीभरा मन्दिर क्षेत्रलाइ डढेलोको जोखिमबाट टार्ने प्रयासमा आएको सिम्रिक एअरको हेलिकोप्टर अहिले पनि सुकेटार विमानस्थलमा तयारी अवस्थामा रहेको छ।