मंसिर ८ गते मा ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नं ६ घुन्सामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वागत गरेर फर्किएका दुई जनप्रतिनिधिसहित तीनजनामा कोरोना संक्रमण देखिएको छ।
जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन, फुङ्लिङ नगर उपप्रमुख बमबहादुर भट्टराई(तारा) र नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रदेश कमिटी सदस्य खेलप्रसाद बुढाक्षेत्री(पराग)लाई कोरोना संक्रमण देखिएको हो। तीनैजनाले आफूलाई कोरोना संक्रमण पुष्टि भएको भन्दै आफूहरुसंग नजिकको सम्पर्कमा रहेका व्यक्तिहरुलाई सावधानी अपनाउन र कम्तिमा १० दिन होम आइसोलेसनमा बसिदिन आग्रह गरेका छन्।
तीनैजना घुन्सा आएका प्रधानमन्त्री ओलीको स्वागतका लागि सदरमुकाम फुङ्लिङबाट घुन्सा पुगि पुनः सदरमुकाम फर्किएका थिए। सदरमुकाम आइपुग्दा समन्वय प्रमुख मादेन र बुढाक्षेत्रीलाई स्वास्थ्यमा केहि असहज महसुस भएपछि र नगरउपप्रमुख भट्टराईलाई उनीहरुसंगको निकटताका आधारमा स्वाब संकलन गरी पठाइएको थियो। स्वाब परीक्षणको नतिजामा तीनजनामा कोरोना संक्रमण पुष्टि भएको हो।
मंसिर ८ मा घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य इकाइको उद्घाटन तथा सीमा क्षेत्र अवलोकनका लागि प्रधानमन्त्री ओली, संबिधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङ, पर्यटन मन्त्री योगेशकुमार भट्टराई, १ नं प्रदेशका मुख्यमन्त्री शेरधन राइ, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल, प्रधानमन्त्रीका सूचना प्रविधि बिज्ञ अस्कर अली लगायत घुन्सा आएका थिए।