जोखिम मोलेर यात्रा
०८ साउन २०७७
•
३ मिनेट पाठ
जोखिम मोलेर यात्रा
जिल्लाको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीस्थित नागढुङ्गामा कालिगण्डकी नदीको कटानले सडक अवरुद्ध भएपछि भिरबाट यात्रा गर्ने क्रममा विदेशबाट फर्किएका एक यूवाको मंगलबार दिउँसो पहिरोले पुरिएर घटनास्थलमै मृत्यु भयो । बैदेशिक रोजगारको सिलसिलामा खाडी मुलुकबाट फर्किएका अन्नपूर्ण–३,दाना काभ्रेका ३२ वर्षीय झलक पुनलाई पहिरो छल्ने क्रममा माथिबाट ढुंगा खसेर गम्भीर चोट लागेपछि अचेत अवस्थामा भेटिएका थिए । १४ दिन बेनीको क्वारेन्टिनमा बसेर फर्किएका पुनसँगै रहेका अर्का यूवा घाइते भएपनि उम्किन सफल भए । पिसिआर बिधिबाट परीक्षणा गर्दा कोरोना नभएको पुष्टि भएपछि घर पठाइएको अवस्थामा बाटोमै मृत्यु भयो ।  




सोमबार दिउँसो अचानक माथिल्लो क्षेत्रमा अधिक वर्षासँगै उर्लिएको कालिगण्डकी नदीले ठाउँठाउँमा सडक अवरुद्ध भएसँगै जोखिम मोलेर भिरबाट यात्रा गर्दा दुई जना समान्य घाइते भएको सीमा प्रहरी चौकी भुरुङ तातोपानीले जनाएको छ । सडकखण्ड पहिरो र नदी कटानले अवरुद्ध भएपछि उत्तरी म्याग्दीका विभिन्न बस्तीका साथै छिमेकी जिल्ला मुस्ताङ जानेले भिरमा डोरीको सहायताले यात्रा गर्नुपर्ने बाध्यता रहेको दानाका पर्यटन ब्यवसायी इन्द्रसिंङ शेरचनले बताए । ‘घाँस समातेर यात्रा गर्नुपर्छ, धेरै ठाउँमा यात्रुले ज्यानकै बाजी राख्नुपर्छ’ शेरचनले भने । उनले नागढुङ्गा, रुप्से झरना, काभ्रेभीर लगायतका स्थानमा पैदलमार्गबाट समेत आवतजावत गर्न नसकिने गरी सडक अवरुद्ध भएको बताए ।

निरन्तर खस्ने ढुंगाले चोट लाग्ने गरेको बताउँदै गन्तब्यमा पुग्नु ठूलो यूद्ध जितेजस्तै भएको अन्नपूर्ण–४, नारच्याङका स्थानीय श्याम पूर्जाले बताए । ‘बर्खामा यात्रुले सधै ज्यान गुमाउनुपर्छ,‘जोखिममा पैदल आवतजावत पनि रोक्नुपर्छ’ पूर्जाले भने । उनले सडक कच्ची र साँघुरो भएकाले कटानबाट समेत छियाछिया भएको अवस्थामा जोखिपूर्ण यात्रा गर्नुपर्ने बताए । कलिला बालबालिकालाई काखमा च्यापेर महिला समेत भीरको बाटो यात्रा गर्नुपर्ने बाध्यता रहेको छ भने बिरामीलाई आवतजावतमा निकै समस्या हुने गरेको छ । पैदलयात्रीको ज्यान गएपछि प्रहरीले जोखिमपूर्ण स्थानमा आवतजावतमा कडाई गर्न थालेको छ। ‘यात्रुलाई गन्तब्यमा पुग्न हतार छ, जोखिमपूर्ण स्थानमा प्रहरीले नै कडाई नगरे अर्को दुर्घटना हुन्छ’ प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरले भने । उत्तरी क्षेत्रमा रहेका प्रहरी चौकीलाई जोखिम मानिएका क्षेत्रमा यात्रुलाई प्रवेशमा रोक लगाउन समेत निर्देशन दिएको बताए ।

लगातारको वर्षा, भिरालो जमिन, भूमिगत पानी, कमजोर भूबनावटले छिनछिनमा पहिरो जाने समस्याले पैदल यात्री जोगिएर हिड्न मुस्किल छ । गत साता अन्नपूर्ण–३ दानाको गुईठेभीरमा सडक भाँसिदा निर्माण सामग्री बोकेको टिपरसँगै चालक २७ वर्ष ज्ञानबहादुर पुनको मृत्यु भएको थियो । ७९ किलोमिटरको बेनी–जोमसोम सडकको थप आधा दर्जन स्थानका कटान गरेपछि साउन महिनामा नियमित सञ्चालनको सम्भावना न्यून रहेको अन्नपूर्ण गाउँपालिका अध्यक्ष डमबहादुर पुनले बताए । ‘मर्मत सुरु भएको थियो,‘बाढीले भयानक क्षति पुर्‍यायो’ उनले भने ।  

यसैबीच जिल्लाको पश्चिम म्याग्दी जोड्ने बेनी–दरबाङ सडकखण्ड अन्तरगत विभिन्न स्थानमा पहिरोले सडक बगाएपछि यात्रुलाई निकै सकस भएको छ । बेनपा–४ तातोपानी र मंगला गाउँपालिका–२ जोड्ने घुमाउने तालको सडक बगाएपछि यात्रुलाई आवतजावतमा कठिनाई भएको स्थानीय यूवा पुनम खड्काले बताए । उनका अनुसार सडकमा किसानले दूध समेत डोरीको सहायताबाट ढुवानी गर्नुपर्ने बाध्यता रहेको छ । त्यस्तै बाढीपहिरोले अवरुद्ध भएको मालिका र धवलागिरी गाउँपालिकाको सडक समेत सञ्चालनमा नआउँदा पहिरो प्रभावितलाई आवश्यक सामग्री ढुवानीमा समेत खच्चडको प्रयोग गर्नुपर्ने अवस्था रहेको स्थानीयले बताएका छन् ।
अर्को समाचार
लेक लागेर ज्यान गुमाउनेमा भारतीय पर्यटक धेरै
०४ भदौ २०८२
•
५ मिनेट पाठ
लेक लागेर ज्यान गुमाउनेमा भारतीय पर्यटक धेरै
उच्च हिमाली क्षेत्रमा पर्यटकको सुरक्षाबारे पोखरामा बुधबार आयोजित छलफल। तस्बिरः नागरिक
गत आर्थिक वर्ष (२०८१/८२) अन्नपूर्ण क्षेत्रमा लेक लागेर १८ जना पर्यटकले ज्यान गुमाए। आर्थिक वर्ष (२०८०/८१) मा लेक लागेर अन्नपूर्ण क्षेत्रमा ज्यान गुमाउने पर्यटकको संख्या २० थियो। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार आर्थिक वर्ष २०८०/८१ मा लेक लागेर ज्यान गुमाएका २० जना मध्ये नेपाली ५, भारतीय ११, बेलायत र युक्रेनका १–१ तथा मलेशियाका २ जना पर्यटक थिए। त्यसैगरि आर्थिक वर्ष (२०८१/८२) मा लेक लागेर ज्यान गुमाएका १८ मध्ये नेपाली ६, भारतीय ८, अमेरिका, कोरिया, जर्मन र स्वीजरल्याण्डका १–१ जना ले ज्यान गुमाएका थिए।  




उच्च हिमाली भेगमा लेक लागेर पर्यटकको ज्यान जाने क्रम बढेपछि पर्यटन क्षेत्रले चिन्ता जनाएको छ। ज्यान गुमाउने पर्यटकमध्ये पनि अधिकांश भारतीय र नेपाली छन। दुइवर्षको अवधिमा ३८ जना पर्यटकको ज्यान जाँदा आधा संख्या (१९ जना) भारतीय पर्यटक रहेको एक्यापको भनाई छ। भारतीयपछि ११ जना नेपाली पाहुनाले पनि दुईवर्ष अवधिमा अन्नपूर्ण क्षेत्रमा लेक लागेर ज्यान फालेका छन।  

उच्च हिमाली क्षेत्रमा जाने पर्यटकमध्ये भारतीय र नेपाली पाहुनाले बढी जोखिम मोल्नुपरेको एक्यापको तथ्यांकले देखाएको छ। व्यावसायीका अनुसार भारतीय र आन्तरिक पाहुनाले अरु विदेशीको तुलनामा बढी जोखिम मोलेर यात्रा गर्ने गरेका छन। जसको कारण ज्यानै जाने जोखिम बढेको उनीहरुको भनाई छ। यही क्रममा उच्च हिमाली क्षेत्रको घुमघाममा पुग्ने पर्यटलाई खासगरी लेक लाग्ने समस्याबाट कसरी सुरक्षा प्रदान गर्न सकिन्छ भन्ने विषयमा बुधबार पोखरामा भएको छलफलमा स्थानीय र पर्यटन व्यावसायीले हतारको यात्राले पर्यटकको ज्यान जाने गरेको बताए। हिमाली क्षेत्रसम्मको हतारको यात्रामा ब्रेक लगाउन पनि उत्तिकै चूनौती रहेको उनीहरुको भनाई छ।

पछिल्ला वर्ष नेपालको तराई र सिमावर्ती भारतीय शहरबाट पर्यटकबाट आएका भारतीय पर्यटक एकैदिनमा सिधै मुक्तिनाथको दर्शन गर्न जाने क्रम बढेपछि जोखिम थपिएको उनीहरुको भनाई छ। समुन्द्र सतहबाट एकसय मिटर हाराहारी उचाईमा रहेको तराई क्षेत्रबाट एकै दिन ३ हजार ७ सय १० मिटर उचाईको मुक्तिनाथ क्षेत्र पुग्नु मानव स्वास्थ्यको लागि निकै नै जोखिमपूर्ण रहेको उनीहरुले बताए।

गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले अन्नपूर्ण क्षेत्रको मूल आधार भनेकै पर्यटन भएकोले पर्यटन क्षेत्र सुरक्षित हुनुपर्ने बताए। उनले पुगेका पाहुना सुरक्षित तरिकाले फर्किने गरि व्यवस्थापन गर्नुपर्ने पनि बताए। ‘अन्नपूर्ण क्षेत्रभित्र गएका पर्यटकले देख्ने र बुझ्ने गरी सूचना र सचेतनामुलक सामग्रीको व्यवस्था हुनुपर्छ,’ उनले भने, ‘त्यसो हुँदा पाहुना सुरक्षित हुन्छन।’  

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले नेपालले पर्यटकको संख्यालाई भन्दा पनि गुणस्तरलाई ध्यान दिनुपर्ने बताए। भारतीय पर्यटक रातारात मुक्तिनाथ पुगेर फर्किने गरेको उनले बताए।

 ‘मुस्ताङ र पोखरा दुवै ठाउँमा रातै नकाटि फर्कने परिपाटीले उनीहरुमा सुरक्षा जोखिम बढेको हो,’ अध्यक्ष सुवेदीले भने, ‘पाहुनाको बसाई अवधि पनि छोटिएको छ।’ हतारमा यात्रा पुरा गर्नेगरि जोखिम मोल्दा लेक लागेर कतिपय भारतीय पर्यटकको ज्यान समेत गएको अध्यक्ष सुवेदीले बताए। ‘हतारको यात्राले नै भारतीय र नेपाली पाहुनाले धेरै संख्यामा ज्यान फालेको हुन्,’ उनले भने।  
होटल संघ नेपालका केन्द्रीय सदस्य एवं होटल संघ पोखरा नेपाल सल्लाहकार परिषद्का संयोजक भरतराज पराजुलीले पर्यटकलाई सहीसूचना प्रदान गरेर उनीहरुको बसाई अवधि लम्ब्याउन सकिने सुझाव राखे। यसका लागि पोखरामा एउटा पूर्वाधारयुक्त सूचनाकेन्द्रको आवश्यकता समेत रहेको उनले औंल्याए। पर्यटकको सुरक्षा, वातावरण संरक्षण र पर्यटकको बसाई अवधि लम्ब्याउने जस्ता विषय पर्यटनमा महत्वपूर्ण हुने उनले बताए।  

होटल संघ नेपाल गण्डकीका अध्यक्ष हरिप्रसाद शर्मा गैह्रेले पर्यटकलाई हतारमा उचाईमा पुर्याएर जोखिममा पार्ने प्रवृत्ति बढेको बताए। ‘हतारका यात्रा गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न जरुरी छ,’ उनले भने, ‘यसमा व्यावसायी पनि इमान्दार बन्नुपर्छ। हतारको यात्रा प्रवृत्तितालाई रोक्नै पर्छ। भारतीय र नेपालीले यात्रामा बढी हतार गर्छन। तर, तेश्रो मुलुकका पाहुनाले यात्रामा अलि सचेतना अपनाउँछन।’

हतारको यात्राले आन्तरिक र भारतीय पर्यटकले ज्यान गुमाउने यस्ता घटनाक्रबाट सिंगो पर्यटन क्षेत्र प्रभावित हुने पनि उनले बताए। ‘आउन चाहेका पर्यटक पनि तर्सिएर नआउन सक्छन वा अन्यत्र मोडिन सक्छन। गन्तव्य सुरक्षित नभएको सन्देश प्रवाहित हुन सक्छ,’ उनले भने। बोर्डरबाटै भित्रिएदेखि भारतीय पर्यटकलाई मुक्तिनाथसम्म पुर्याएर फर्काउने गरि व्यवासायीले नै मनलाग्दी गरिरहेको उनले बताए।  

घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले छोटो समयमा एकैपटक होचो भूभागबाट झन्डै २८ सय मिटर माथिको उचाईमा पुग्नु जोखिमपूर्ण हुने बताए। ‘हतारको यात्राले निम्त्याउने जोखिमबारे धेरै पर्यटकले थाहा नपाएको हुन सक्ने भएकोले पनि पाहुनालाई बेलैमा सूचना दिनुपर्छ,’ उनले भने, ‘पर्यटकलाई आराम गर्दै, समय लिएर न्यानो कपडाका साथ उच्च भूभागमा जानुपर्ने विषय जानकारी गराउनुपर्छ। तराइको समथर ठाउँबाट आउने कतिपय पर्यटकले उचाईमा पनि उस्तै त होला भन्ने खालको सोच राख्ने गरेको उनले सुनाए।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रमुख डा. रविन कडरियाले पर्यटकको सुरक्षाका लागि एक्याप सचेत रहेको बताए। एक्याप क्षेत्रमा २ हजार ४ सय ५० होटल रहेको तथ्यांक दिंदै उनले त्यस क्षेत्रका व्यवस्थापन समितिसँग मिलेर एक्यापले काम गरिरहेको भनाई राखे। अन्नपूर्ण क्षेत्र साहासिक पर्यटकीय क्षेत्र भएकोले पर्यटकलाई त्यही अनुसारको तयारी गरेर आउने वातावरणका लागि सरोकारवाला मिलेर काम गर्नुपर्ने उनले बताए।  

पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले पर्यटकको सुरक्षाका लागि सचेनामूलक पुस्तिका वितरण गर्ने र आवश्यक ठाउँमा सूचनामूलक बोर्डहरु राख्दा उपयुक्त हुने सुझाव दिए। पदयात्रा व्यवासायीको छता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीका पूर्व अध्यक्ष धर्मराज पन्थीले सरकारले नै नीति ल्याएर पर्यटकको सुरक्षालाई निश्चित गरिनुपर्ने सुझाव राखे।  
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock १० मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ४५ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस