युक्रेनमाथि रुसले हमला गरेको सोमबार तीन वर्ष पूरा भएको छ। रुसले २४ फेब्रुअरी २०२२ मा युक्रेनमाथि हमला सुरु गरेको थियो। केही दिनभित्रै युक्रेन कब्जा गर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको लक्ष्य थियो। तर, अमेरिका, क्यानडा र युरोपेली संघको सहयोगमा युक्रेन हालसम्म रुससँग जुझिरहेको छ।
यसै वर्ष डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएर आएपछि भने अमेरिकाको रणनीति फेरिएको देखिएको छ। ट्रम्पको झुकाव रुस र पुटिनसँग देखिएको चर्चा भइरहेको छ।
यसैबीचमा रुसले युक्रेनमाथि हमला गरेको तीन वर्ष पुगेका अवसरमा दर्जनौँ युरोपेली नेताहरूको ‘समर्थन यात्रा’ गर्दै युक्रेनको राजधानी किभ पुगेका छन्।
जसमा अमेरिकाको छिमेकी देश क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसहितका नेता पनि सामेल छन्। उनीहरूले युक्रेनप्रति आफ्नो दृढ समर्थन व्यक्त गरेका छन्।
प्रतिनिधिमण्डलमा युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेन, युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टा, स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज, डेनमार्कका प्रधानमन्त्री मेटे फ्रेडरिकसेन, एस्टोनियाका प्रधानमन्त्री क्रिस्टेन मिसाल, फिनल्यान्डका राष्ट्रपति अलेक्जान्डर स्टब, आइसल्यान्डकी प्रधानमन्त्री
क्रिस्ट्रुन म्योल फ्रस्टाडोत्तिर, लात्भियाका राष्ट्रपति एड्गार्स रिन्केभिक्स, लिथुआनियाका राष्ट्रपति गिटानास नाउसिडा, नर्वेका प्रधानमन्त्री गाहर स्टोरे, स्विडेनका प्रधानमन्त्री उल्फ क्रिस्टेरसन सामेल छन्। जारी युद्ध र अमेरिका र रसियाबीच भइरहेका विवादास्पद शान्ति वार्ताबीच जोखिम मोलेर उनीहरुले किभ भ्रमण गरेका हुन्।
भ्रमण टोलीलाई किभमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अन्य उच्च अधिकारीहरूले स्वागत गरे।
भ्रमण टोलीले यो युद्ध युक्रेनको मात्र नभइ सिंगो युरोपको अस्तित्वको लडाइँ भएको बताएका छन्। युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले भनिन्, ‘यो अस्तित्वको लडाइँ हो। यसमा केवल युक्रेनको भविष्य मात्र होइन, युरोपकै भविष्य पनि दाउमा छ।’
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले टोलीको समर्थनप्रति आभार व्यक्त गर्दै विगत तीन वर्षमा युक्रेनी जनताको साहस र प्रतिरोधमा सहयोग गरेकामा धन्यवाद दिए।
यस्तै युरोपेली संघले रसियाविरुद्ध १६औं प्रतिबन्ध प्याकेज समेत ल्याएको छ। जसमा युक्रेनको सुरक्षालाई अझ मजबुत बनाउन थप सैन्य र आर्थिक सहायता उपलब्ध गराउने विषयमा छलफल भएको छ।
–अन्तर्राष्ट्रिय सञ्चारमाध्यमकाे सहयाेगमा