रुसले लगातार तेस्रो रात मस्कोमाथि युक्रेनी ड्रोन आक्रमण गरिएको दाबी गरेको छ।
रुसको उड्डयन नियामक संस्था रोसाभियाट्सियाले टेलिग्राममा जनाएअनुसार सुरक्षाका लागि मस्कोका चारवटै प्रमुख विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ।
मस्कोका मेयर सर्गेई सोब्यानिनले सामाजिक सञ्जालमा कम्तिमा २२ वटा युक्रेनी ड्रोनहरू ‘विभिन्न दिशाबाट’ आउँदै गर्दा नष्ट गरिएको जानकारी दिएका छन्।
उनका अनुसार नष्ट गरिएका ड्रोनका भग्नावशेष मस्को जोड्ने एक प्रमुख राजमार्गमा खसे पनि कुनै मानवीय क्षति भएको छैन।
युक्रेनले यसबारे कुनै आधिकारिक टिप्पणी गरेको छैन। तर, खार्किभका मेयरले रुसले रातभर खार्किभ र कीभ क्षेत्रमा ड्रोन आक्रमण भएकाे उल्लेख गरेका छन्। एजेन्सी