खहरे खोलामा पुल नहुँदा बाँकेको राप्ती सोनारी गाउँपालिकावासीले यात्रा गर्दा जोखिम मोल्नु परिरहेको छ। गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रमका सहभागीले खहरे खोलामा पुल नहुँदा बालबालिकालाई विद्यालय पठाउनसमेत समस्या भएको बताएका छन्।
राप्ती सोनारी– ९ खैरीटोलका लालबहादुर विकले स्थानीय डुडुवा खोलामा पुल नहुँदा काठको लप्कोबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको बताए। ‘हिउँदमा जसोतसो गरी खोला तरे पनि बर्खामा जोखिम मोल्नुपर्छ’, उनले भने। खैरीटोलबाट पढ्न गुरुवागाउँ जानुपर्ने भएकाले खोला तर्न बालबालिकालाई सकस हुन्छ।
राप्ती सोनारी– ९ को भक्तेखोला र चुके नालामा बर्खामा आउने बाढीले स्थानीय प्रभावित बन्दै आएका छन्। खहरे खोलामा पुल नबन्दा जोखिम मोल्नुपरेको स्थानीय माधव पौडेलले बताए। राप्ती सोनारी– ७ फत्तेपुर नयाँ बस्तीका शङ्कर यादवले विसम्मवरपुर र पदनाहा गाउँनजिकको खहरे खोलामा पुल नहुँदा बर्खामा आवागमन ठप्प हुने बताए। पुल नहुँदा राप्ती सोनारी– ६ र ७ वडाका सर्रा, भवानीयापुर, पहाडीपुर, वसन्तपुर, गेदवा, खल्ला झगडिया, देउपुर्वालगायत बस्तीका वासिन्दा समस्यामा छन्।
राप्ती सोनारी– ९ का वडाध्यक्ष सोहनलाल थारूले वडामा सडक, पुल तथा नदी नियन्त्रणका लागि तटबन्ध निर्माणलगायत काम गर्नुपर्ने भए पनि सीमित बजेटका कारण गर्न नसकिएको बताए। ‘वडाका धेरै टोलमा पुलको आवश्यकता छ, निर्माणका लागि पहल भइरहेको छ’, उनले भने।
राप्ती सोनारीका अध्यक्ष तप्तबहादुर पौडेलले राप्ती सोनारी– ९ खैरीटोलस्थित डुडुवाखोलामा पुल निर्माणका लागि पहल भइरहेको बताए। सीमित बजेटका कारण स्थानीयको माग पूरा गर्न नसकिएको उनको भनाइ छ। –रासस