कीर्तिपुर नगरपालिकाको सातौं नगरसभा सम्पन्न
०१ साउन २०७७
•
२ मिनेट पाठ
कीर्तिपुर नगरपालिकाको सातौं नगरसभा सम्पन्न
आर्थिक वर्षको अन्तिम दिन आसर ३१ गते कीर्तिपुर नगरपालकाको सातौं नगर सभा सम्पन्न भएको छ । गत असार १० गते कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जन र उप–प्रमुख सरस्वती खड्काले संयुक्त रुपमा पानसमा दीप प्रज्वलन गरी सुरु भएको यस नगरसभाको पहिलो चरणमा नीति तथा कार्यक्रम र अनुमानित बजेट प्रस्तुत गरिएको थियो ।




प्रस्तुत नीति तथा कार्यक्रम र अनुमानित बजेटउपर असार १७ गते दोस्रो चरणको सभामा छलफल गरी नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरिएको थियो । असार २५ गतेभित्र बजेटसहित सम्पन्न गर्नुपर्ने भए पनि स्थगित भई बुधबार अन्तिम दिन सम्पन्न गरेको छ ।

आज अन्तिम चरणको सभा नगर प्रमुख रमेश महर्जनको सभाअध्यक्षतामा भएको थियो । आजको सभामा उप–प्रमुख सरस्वती खड्काले आव ०७७/७८ को बजेटसमेत प्रस्तुत गरेकी थिइन् । चालुतर्फ ४८ करोड २५ लाख १५ हजार र पुँजीगत तर्फ नगरपालिकाले ५५ करोड १९ लाख ९९ हजार र १० वटै वडामार्फत ११ करोड गरी जम्मा एक अर्ब १४ करोड ४५ लाख १४ हजारको बजेट प्रस्तुत गरिएको छ ।  

प्रस्तुत बजेटमाथि १० वटै वडाका अध्यक्षले छलफलमा भाग लिएका थिए । प्रत्येक वडाध्यक्षले प्रस्तुत बजेटबारे धारणा राख्दै आफ्नो वडाको बजेटसमेत प्रस्तुत गरिएको थियो । यसपालि प्रत्येक वडामा साविक ९० लाखबाट बढाई एक करोड बजेट विनियोजन गरिएको छ भने भौगोलिक रुपमा ठूला दुईवटा वडा ९ वडा नं‍‍ ४ र ६० लाई प्रत्येकलाई एक करोड ५० लाख विनियोजन गरिएको छ ।

उप–प्रमुखले प्रस्तुत गरेकाे उक्त बजेटलाई छलफलपछि सर्वसम्मतले पारित भएको सभाअध्यक्ष तथा नगर प्रमुख महर्जनले घोषणा गरे ।

कीर्तिपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज आचार्यले सञ्चालन गरेका कार्यक्रममा विभिन्न प्रस्तावहरू पनि पारित गरिएको छ । पहिले नै नगरसभाबाटै पारित गरिसकेको कर्मचारीहरूको तहमिलान बारे अधिकांश वडाअध्यक्षहरूले कार्यान्वयन नभएकोमा असन्तुष्ट व्यक्त गर्दै तुरुन्त कार्यान्वयन गर्न माग गरे । यसबारे सम्बोधन गर्नुहुँदै उपप्रमुख खड्काले ५ वर्ष सेवा गरिसकेका प्रत्येक कर्मचारीलाई एक तह मिलान गर्ने घोषणा गरे । 

सभाअध्यक्ष तथा प्रमुख महर्जनले यस कर्मचारीको तह मिलान सम्बन्धी पहिले नगरसभाले निर्णय गरेको भए तापनि त्यसबेला प्रदेश सरकारले कानुन बनाउने भन्ने आएकोले आफूहरू केही पछि परिरहेको अवस्थामा अहिले तुरुन्तै प्रदेश सरकारले त्यस्तो कुनै कानुन नबन्ने भएकोले उपप्रमुखले घोषणा गरे बमोजिम पाँच वर्ष सेवा गरिसकेका कर्मचारीलाई १ तह मिलान गर्ने बताए ।
अर्को समाचार
उदयपुरका २९ वर्षीय खत्रीको हत्यामा संलग्न दुई पक्राउ
१८ जेष्ठ २०७९
•
१ मिनेट पाठ
उदयपुरका २९ वर्षीय खत्रीको हत्यामा संलग्न दुई पक्राउ
नेपाल प्रहरीले उदयपुर तामिल्छा नगरपालिका–८ घर भइ चन्द्रागिरि नगरपालिका–१० बोसीगाउँ बस्ने उदयपुरका २९ वर्षीय अरुण खत्रीको हत्यामा संलग्न दुई जनालाई पक्राउ गरेको छ।




प्रहरीले खत्रीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा कीर्तिपुर नगरपालिका–३ बाघभैरव बस्ने २६ वर्षीय अजय नापित र २२ वर्षीय सन्तोष महर्जनलाई मंगलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो।

कीर्तिपुर नगरपालिका–३ ढाल्पास्थित सडकमा कुटपिट गर्दा गम्भीर घाइते भएका खत्रीको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरीले मृतक खत्रीको झोलाबाट नियन्त्रित लागुऔषध डाइजेपाम ३१ एम्पुल, फेनार्गन ६४ एम्पुल र नुर्फिन ७२ एम्पुल बरामद गरेको गरेको छ। घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस