मेयरका कारण वडा विभाजन हुन नसकेको आरोप
३१ असार २०७८
•
३ मिनेट पाठ
मेयरका कारण वडा विभाजन हुन नसकेको आरोप
टीकापुर नगरपालिकाको नवौं नगरसभा वडा विभाजनको प्रस्ताव पेश नगरेरै सम्पन्न भएको छ। कार्यपालिका बैठकमा व्यापक छलफल भए पनि वडा विभाजनका बारेमा नगरसभामा प्रस्ताव पेश हुन सकेन।  




असार ६ गते सुरु भएको नगरसभा वडा विभाजनको प्रस्तावमा सहमति जुटाउने भन्दै पटकपटक स्थगित हुँदै आएको थियो। यसअघि पुसमा सम्पन्न आठौं नगरसभामा भने वडा विभाजनको प्रस्ताव पेश भएको थियो। त्यतिबेला नगरसभा सदस्यहरुबीच वडा विभाजनको प्रस्तावमा मत बाझिएको थियो। कुनै पक्षले दुईतिहाइ जुटाउन नसक्ने देखिएपछि वडा विभाजनको प्रस्तावलाई नवौं नगरसभामार्फत् टुङ्गोमा पुर्याउने सहमति गरेर प्रस्ताव स्थगित गरिएको थियो।  

नवौं नगरसभाको पूर्वाद्र्धमा वडा विभाजनको मुद्दा जोडदार उठ्यो। वडा विभाजनमा फेरि पनि विवाद हुने देखिएपछि नगरपालिकाले राजनीतिक स्तरबाट सहमतिको प्रयास खोजेको थियो।  

राजनीतिक दलहरुले पहिलोपटक हालको वडा नं. १ लाई ५ र वडा नं. २ लाई २ वडामा विभाजन गर्न सुझाव दिएका थिए। हाल नगरपालिकामा ९ वटा वडा छन्। वडा नं. १ लाई ५ वडामा विभाजित गर्दा आफूहरुलाई अल्पमतमा पार्ने षडयन्त्र भएको भन्दै वनगाउँका बासिन्दाले विरोध जनाएका थिए। उनीहरुले नगरपालिका कार्यालयमा तालाबन्दी समेत गरे। वनगाउँमा थारु समुदायको बसोबास रहेको छ।  

वनगाउँका बासिन्दाले विरोध जनाउँदै तालाबन्दी गरेपछि नगरपालिकाले पुनः राजनीतिक दलहरुलाई गुहारेको थियो। राजनीतिक दलहरुले दोस्रोपटक वडा नं. १ लाई ६ वडामा विभाजन गर्न सुझाव दिएका थिए।

राजनीतिक दलहरुको दोस्रो सुझावलाई लिएर ब्लक नं. बी, सी र ब्लक नं. २४ र २५ का बासिन्दाले विरोध जनाए।  

वडा विभाजनको विषयमा एकपछि अर्को पक्षले विरोध जनाउन थालेपछि नगरपालिका अफ्ठ्यारोमा परेको थियो। कार्यपालिका बैठकमा पटकपटक छलफल गर्दा पनि सहमति जुट्न सकेको थिएन। स्रोतका अनुसार कार्यपालिका बैठकमा वडा नं. १ लाई ६ वडामा विभाजन गर्ने पक्षको बहुमत थियो।  

वडा विभाजनको पक्षमा रहेका वडाध्यक्ष रामलाल डगौरा थारुले असहमत पक्षसँग छलफल नै नगरी नगरसभामा वडा विभाजनको प्रस्ताव नलिनुलाई मेयर तपेन्द्रबहादुर रावलको बदमासी भएको आरोप लगाए।

उनले मेयरले नै वडा विभाजन गर्न नचाहेको बताए। ‘सबै विकल्प राखेर नगरसभामा प्रस्ताव लैजान आग्रह गर्दा पनि मान्नु भएन’ उनले भने, ‘वडा विभाजन मेयरले नै नचाहेको देखियो।’

वडा विभाजनको पक्षमा रहेका अर्का नगरसभा सदस्य रमेश विकले मेयरले आफू अनुकुल हुने नदेखेपछि वडा विभाजनको प्रस्ताव नगरसभामा पेश नगरेको बताए। उनले समेत मेयरकै कारण वडा विभाजन हुन नसकेको बताए। ‘आफू अनुकुल नभएपछि प्रस्ताव अघि बढाइएन’ उनले भने, फेरि पनि जनतालाई दुःख दिने काम भयो।’

मेयर रावलले वडा विभाजन रोकेको आरोप अस्विकार गरेका छन्। उनले नगरपालिकाको आन्तरिक आयले धेरै वडा कार्यालय बनाउन नसक्ने भएपछि कम वडा कार्यालय बनाउने कुरामा सहमति जुट्न नसकेको जानकारी दिए। ‘मैले २ वा ३ वडा थपौं भनेर सहमति खोजेको हुँ’ उनले भने, ‘कसैले त्यसमा सहमति जनाएनन्।’

उनले नेपाल सरकारले वडा कार्यालयको सञ्चालन आन्तरिक आयबाटै गर्न परिपत्र गरेपछि धेरै वडा थप्ने कुरा असम्भव जस्तै बनेको बताए।  

उनले वडा विभाजनमा राजनीतिक दल, जाति र समुदायका आ–आफ्ना स्वार्थ जोडिएकाले पनि समस्या भएको बताए। ‘सबैले आफूलाई केन्द्रमा राखेर कुरा गरेपछि अन्य खालका संकेत पनि देखिन थाले’ उनले भने, ‘सबैका स्वार्थ पूरा हुने गरी सहमति जुटाउन सकिएन।’

टीकापुर नगरपालिकामा हाल नौवटा वडा रहेका छन्। जनसंख्याका हिसाबले वडा नं. १ नेपालको सबैभन्दा ठूलो वडा मानिन्छ। यहाँ ५० हजार भन्दा बढी जनसंख्या छ।  

जनसंख्या बढी भएपछि सेवाप्रवाहमा समस्या भएको भन्दै वडा नं. १ लाई विभाजन गर्नुपर्ने माग सुरुदेखि उठ्दै आएको छ। सीमित जनशक्तिका कारण वडाको दैनिक कामकाज निकै प्रभावित हुने गरेको छ।

नगरपालिकाले अहिलेसम्म वडा नं. १ मा जनसंख्याको अनुपातमा थप जनशक्तिको व्यवस्था गर्न सकेको छैन। वडा विभाजन नहुने भएपछि फेरी पनि वडा नं. १ का बासिन्दाले वडा कार्यालयबाट हुने दैनिक कामकाजमा ढिलासुस्ती भोग्नुपर्ने देखिन्छ।
अर्को समाचार
बजेट, नीति तथा कार्यक्रमविनै ठूलीभेरीको आठौँ नगरसभा
१२ भदौ २०७८
•
२ मिनेट पाठ
बजेट, नीति तथा कार्यक्रमविनै ठूलीभेरीको आठौँ नगरसभा
समयमा नगरसभा सम्पन्न गर्न नसकेर आलोचना खेपिरहेको ठूलीभेरी नगरपालिकाले आठौँ नगरसभा गरेको छ। कृषि, शिक्षा स्वास्थ्य, पर्यटन, रोजगारीको पूर्वाधार, समृद्ध ठूलीभेरी नगरपालिकाको मुल आधार, भन्ने मुल नाराका साथ आठौँ नगर सभाको भएको हो।




कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिँह बुढाले नगर सभाको उद्घाटन गरेका थिए। २०७८ असार १० गते भित्रमा सम्पन्न गर्नुपर्ने नगरसभा भदौमा गरिएको हो। नगरसभा उद्घाटन गर्दै कर्णाली प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्द सिँह बुढाले आगामी निर्वाचनसम्म ठूलीभेरी नगरपालिकाका ११ वटै वडामा मोटर बाटो पुर्याइने बताए।  

जनताको आर्थिक, सामाजिक, शैक्षिक जीवनस्तरमाथि उठाउन स्थानीय जनताको आवश्यकता र माग अनुरुपको बजेट समावेश हुने गरी नीति तथा कार्यक्रम ल्याउन नगरका जनप्रतिनिहरुलाई मन्त्री बुढाले सुझाए। कोरोना भाइरसको संक्रमणलगायत केही आन्तरिक समस्याले गर्दा समयमै नगरसभा सम्पन्न गर्न नसकिएकामा नगर उपप्रमुख योगेन्द्र बहादुर शाहीले दुःख व्यक्त गरे।

ढिलै भएता पनि आठौँ नगर सभा संचालन भएकोले विषेश गरी जनताको मागमा आधारित भएर निति तथा कर्यक्रम प्रस्तुत गरिने उपप्रमुख शाहीले बताए। नगरप्रमुख गणेशबहादुर शाहीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा वडा नं. १ का वडा अध्यक्ष बाग बहादुर महतारा र निमित्त प्रमुख प्रशासकीय अधिकृत डिल प्रसाद रोकायाले शुभकामना मन्तव्य दिए।  

नगरसभा उद्घाटन सत्रमा नगरका प्रस्तावित बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्ने  प्रचलन रहँदै आएको भएपनि दुई महिना ढिला भएको नगरसभाको उद्घाटन सत्रमा भने बजेट तथा नीति कार्यक्रम प्रस्तुत भएन। नगरसभा समयमै संचालन गर्न नसकेर सर्वत्र आचोलित बनेका ठूलिभेरीका जनप्रतिनिधिहरु प्रस्तावित बजेट नीति तथा कार्यक्रम प्रस्तुत नगरेकाले थप आलोचित बनेका छन् ।  

सदरमुकाम दुनैमा रहेको ठूलीभेरी नगरपालिकाको नगर केन्द्र जुफालमा मेयर शाहीले सारेपछि सदरमुकाम दुनैवासी र मेयर बीचको पानीबाराबार सम्बन्धमा खासै सुधार आएको छैन। केन्द्र जुफालमा सारेको विषयलाई लिएर सर्बोच्चमा परेको मुुद्धा अझै पनि विचाराधीन छ।
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock २० मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस